Monday 11th of December | २०७४ मङ्सिर २५ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

मानव धर्मका गुुरु श्री सतपालजी महाराजको जन्मोत्सवमा एक हजार भन्दा बढीले गरे रक्तदान

न्यूजअभियान | प्रकाशित मिति : २०७४ असोज ५ बिहिबार
newsabhiyan
newsabhiyan

काठमाडौं, ५ असोज । मानव धर्मका प्रणेता सद्गूरुदेव सतपालजी महाराजको ६७ औं जन्मोत्सव समारोह देशका ६७ आश्रमका १८ शहरमा भव्य रुपमा सम्पन्न भएको छ । सोहि अवसरमा १०२८ जनाले रक्तदान गरेका छन ।

हरेक बर्ष संस्थाको मुख्य पर्वको रुपमा मनाइदै आएको समारोह यस बर्ष पनि ठुलै रौनकका साथ मनाइएको छ । साथै अन्तर्राष्ट्रिय विश्व शान्ति दिवसको अवसरमा विभिन्न झाँकी सहित काठमाडौंमा वृहत शोभायात्रा  पनि गरिएको छ । 

समारोेहको उद्घाटन गर्र्दै सिचाई मन्त्री संजय कुमार गौतमले  धर्म, संस्कृति हाम्रो धरोहर भएकोले यसको संरक्षण र सम्बर्दन गर्नुु हाम्रो कर्तव्य भएको बताउनु भयो ।

हिन्दु धर्म र हिन्दुु राष्ट्र फरक विषय भएको र हिन्दु राष्ट्र हाम्रो पहिचान  र गौरवको कुरा भएको र हिन्दु राष्ट्र भित्र सबै भाषा, धर्म र सस्कृतिको आस्था राख्ने समुदाय अनुकुल सबैको सम्मान र स्वतन्त्रता रहेको समेत बताउनुु भयो ।

नेपाल मानव धर्म सेवा समितिले स्थापनाको ५० औं बर्षको अवसरमा गत बर्ष हेटौडामा स्वर्ण जयन्ती मनाएको थियो ।

समितिले आत्मज्ञानको प्रचार, सत्संग प्रवचनका साथै  सामाजिक कार्यहरु रक्तदान, गरिब, असहाय र पिछडिएका विपन्न विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण, वृहत सरसफाई तथा सामाजिक तथा व्यक्तित्व विकास सम्बन्धि उत्प्रेरणा मुलक कार्यक्रम गर्दै आएको छ ।
 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan