Saturday 21st of October | २०७४ कार्तिक ४ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

उद्योगी दुगडको सेञ्चुरी महल चौधरीको हातमा जाने निश्चित

न्यूजअभियान | प्रकाशित मिति : २०७४ असोज ४ बुधबार
newsabhiyan
newsabhiyan

विराटनगर,४ असोज ।

विराटनगरको बहुचर्चित सेञ्चुरी महलको नामले परिचित दुगड ग्रुपको सेञ्चुरी सपिङ महल बिक्री भएको कुरा थाहा भएको छ । उद्योगपति मोती दुगडले निर्माण सुरु गरेको सेञ्चुरी महल हालसम्म पनि निर्माणाधीन अवस्थामा नै रहेको छ । उद्योगी दुगडको पारिवारिक अंशबण्डा भएपछि उनको भागमा आएको उक्त सेञ्चुरी महलको अत्यधिक ऋणका कारण आफैँ बैंकको कालोसूचीमा पर्नबाट जोगिन उद्योगी दुगडले सेञ्चुरी महल नै बिक्री गरेको व्यापारिक स्रोतले बताएको छ ।

अत्यन्त तामझामका साथ शिलान्यास गरेर चर्चा कमाएका दुगडलाई अहिले विराटनगरमा रहेका कुनै पनि बैंकले लगानी नगर्ने भएपछि बाध्य भएर उद्योगी दुगडले सीजी कम्पनीलाई सेञ्चुरी महल बिक्री गरेको थाहा भएको हो । सेञ्चुरी महलबाहेक उद्योगी दुगडकै पूर्ण स्वामित्वमा सञ्चालनमा रहेको हेरिसन होटललाई पनि बैंकले अन्तिमपटक आफ्नो लगानी चुक्ता गर्नका लागि पटक—पटक पत्राचार गरेको कुरा थाहा भएको छ । जसको कारण उक्त होटल पनि बिक्री हुने अवस्थामा पुगेको कुरा व्यापारी स्रोतले बताएको छ ।

व्यापारिक स्रोतले दिएको जानकारीअनुसार सीजी कम्पनीका अध्यक्ष एवं सञ्चालक विनोद चौधरी र सेञ्चुरी महलका सञ्चालक मोती दुगडका बीच सेञ्चुरी महल खरिद तथा बिक्री गर्ने सहमति भइसकेको बताइन्छ । तर केही दिनभित्रै दशैँ भएकाले दशैँको मुखमा सेञ्चुरी महल बिक्रीको हल्ला गराएर बैंकको तारो आफू नबन्ने मुडमा रहेका दुगडले दशैँपछि नामसारी गरी बिक्रीनामा गर्ने गरी दुवै उद्योगीका बीचमा सहमतीय हस्ताक्षर भएको दाबी पनि स्रोतले गरेको छ ।

अहिले विराटनगरमा रहेका कुनै पनि बैंक तथा वित्तीय संस्थाले उद्योगी दुगडलाई लगानी गर्न नसक्ने जवाफ दिनथालेको बताइएको छ । आर्थिक रुपमा अत्यन्तै जर्जर अवस्थामा पुगेका दुगडका लागि आफ्नो साख बचाउन समेत समस्या परेपछि बाध्य भएर सेञ्चुरी महलदेखि हेरिसन होटलसम्म बिक्री गर्ने मनस्थितिमा दुगड पुगेको दाबी गर्न थालिएको छ । सेञ्चुरी महल बिक्री र हेरिसन होटल बिक्रीका सम्बन्धमा उद्योगी दुगडलाई टेलिफोन सम्पर्क गर्नखोज्दा उनले टेलिफोन समेत नउठाएका कारण वास्तविकता थाहा हुनसकेन । आर्थिक दैनिबाट


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan