Saturday 21st of October | २०७४ कार्तिक ४ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

भन्सार छलेर ल्याएको सामानसहित दुई पक्राउ

न्यूजअभियान | प्रकाशित मिति : २०७४ असोज ३ मंगलबार
newsabhiyan

काठमाडौँ, ३ असोज (रासस) ः महानगरीय प्रहरी प्रभाग नागढुंगाले अवैध रुपमा भन्सार छली ल्याएको सामानसहित दुई जनालाई पक्राउ गरेको छ ।

भारतको नयाँदिल्लीबाट काठमाडौँ आउँदै गरेको ना ५ ख १०२ नं को बसमा प्रभागबाट खटिएको टोलीले आज जाँच गर्दा भन्सार छलेर ल्याएको सामानसहित चालक काभ्रेका रवीन्द्रप्रसाद महजु र सहचालक भक्तपुरका श्यामसुन्दर नकर्मीलाई पक्राउ गरेको हो ।

पक्राउ परेकासँग दुई हजार ३२६ थान सुटका कपडा र १० थान हाते झोला बरामद गरिएको प्रभागका प्रमुख एवं प्रहरी निरीक्षक ऋषिराम घर्तीमगरले जानकारी दिनुभयो ।

बरामद कपडासहित उनीहरुलाई आवश्यक अनुसन्धानका लागि राजश्व कार्यालय हरिहरभवन ललितपुर पठाएको प्रहरीले जनाएको छ । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan