Saturday 21st of October | २०७४ कार्तिक ४ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

नेताजीसँग भाग्न लागेकी योजनालाई ड्राइभरले भगाएपछी हङ्गामा मच्चियो (भिडियो सहित)

न्यूजअभियान | प्रकाशित मिति : २०७४ असोज ३ मंगलबार
newsabhiyan
newsabhiyan

न्यूज अभियान, काठमाण्डौ । गायिका एवम् सञ्चारकर्मी योजना पुरी पछिल्लो समय  निकै चर्चामा छिन् ।

यसका साथै योजनाको चिनारी दिनुपर्दा  मोडल भन्दा पनि फरक नपर्ला, किनकि उनले गायकी प्राय: गीतमा आफैले मोडलिङ पनि गरेकी छिन्  ।

नेपाली सांगीतिक आकाशमा एक पछी अर्को गीति एल्बम आमजनमानस, पाठक स्रोता सामु योजनाले पस्कदै आएकी छिन् ।

हालै योजना पुरीले लोक पप शैलीको नँया गीत बजारमा ल्याएकि छिन् । उनले “भगायो ड्राईभरले ” बोलको गीत युट्युब च्यानल मार्फत सार्वजनिक गरेकी छिन् ।

गीतमा नेता, डाक्टर, ड्राईभर, खाडीमा काम गर्ने आदी समसामयिक बिषयलाई उठान गरेको पाईएको छ ।

भिडियोमा एक सुन्दरी डाक्टरसँग भाग्ने योजना बनाएकी कथालाई प्रस्फुटन गरेको पाइन्छ । तर ती सपना पुरा हुन नपाउदै सुन्दरीलाई ड्राइभरले भगाउन सफल भएको भिडियोमा देखाईएको छ ।

भिडियोमा अभिनयमा सुन्दरी मोडल रोजी कुवरलाई सुमन सागरले साथ दिएका छन् । चर्चित ढुङ्गेलको शब्द र बिनय केटुको संगित संयोजनमा तयार भएको गीतमा गौरभ दपर्णको संगीत रहेको छ । 

सुमन सागर जङ्ग केशीले निर्देशन गरेको भिडियोलाई खेम थापाले छायाङ्कन गरेका हुन् । भने सुरेश राउतले सम्पादन गरेका हुन् । भिडियो रिलिज भए लगत्तै बजारमा राम्रो चर्चा सुरु भएको छ ।

योजनाको यस अघी 'म त बस्नै नसक्ने', 'भुडेवाला केटा नो नो नो', 'रुन्चे गित गाउँदिन’ लगाएत अन्य थुप्रै गीतले बजारमा चर्चा पाई सकेको छ  ।

हेर्नुहोस् तलको भिडियो :-

यो पनि हेर्नुहोला, पढ्नुहोला  : -  'म त बस्नै नसक्ने' भनेपछि योजनाको 'गोप्य योजना' बाहिरियो


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan