Saturday 21st of October | २०७४ कार्तिक ४ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

संविधान दिवसमा खेल प्रदर्शन

जावाखेल र हिमालयन सेमिफाइनलमा

न्यूजअभियान | प्रकाशित मिति : २०७४ असोज ३ मंगलबार
newsabhiyan
newsabhiyan

काठमाडौं । संविधान दिवसका अवसरमा आयोजित विशेष समारोहमा विभिन्न खेलका खेलाडीहरुले मंगलबार खेल कौशल प्रस्तुत गरे । टुंडिखेलस्थित सैनिक मञ्चमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख ओन्सरी घर्ती मगरलगायत विशिष्ट महानुभावहरुको उपस्थिति रहेका कार्यक्रममा तेक्वान्दो, मुवाँथाई र उसुका खेलाडीले आ–आफ्नो खेल कौशल प्रदर्शन गरेका थिए ।

तेक्वान्दो खेलाडीको अल नेपाल तेक्वान्दो एकेडेमीका अध्यक्ष समेत रहेका अन्तर्राष्ट्रिय रेफ्री अनुयाज गौतम, मुवाँथाईको राष्ट्रिय मुवाँथाई संघ नेपालका अध्यक्ष गणेशलाल कक्षपति तथा उसुको प्रमुख प्रशिक्षक अम्बरबहादुर थिङले नेतृत्व गरेका थिए ।

जावाखेल र हिमालयन सेमिफाइनलमा
जावलाखेल युथ क्लब र हिमालयन शेर्पा क्लब प्रथम किसुनजी स्मृति भेट्रान कप सिक्स ए साईड नकआउट फुटबल प्रतियोगितमा मंगलबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।

जावलाखेलले काठमाडौं महानगरपालिका ९ लाई ५–४ गोलअन्तरले पराजित ग¥यो । हिमालयनले आयोजक सदाबहार खेलकुद समाजलाई ७–० गोलअन्तरले हरायो । विजेताका विनोद डंगोलले ३, नवीन पाण्डेले २ तथा कुमार थापा र चक्र तामाङले १–१ गोल गरे । दुवै विजेताको भेट सेमिफाइनलमा हुनेछ ।

अन्तिम क्वाटरफाइनल बुधबार चावहिल स्पोर्ट्स क्लब ‘बी’ र सिन्धु स्पोर्ट्सबीच हुनेछ । उक्त खेलको विजेताले सामाखुशी फुटसल क्लबसंग सेमिफाइनलमा खेल्नेछ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan