Monday 11th of December | २०७४ मङ्सिर २५ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

श्रीलङ्काली मन्त्री अमेरिका जान पाउनुभएन

न्यूजअभियान | प्रकाशित मिति : २०७४ असोज ३ मंगलबार
newsabhiyan

कोलोम्बो, ३ असोज । श्रीलङ्काली पूर्वसैनिक प्रमुख एवम् हालका क्षेत्रीय विकाससम्बन्धी मन्त्री शरथ फोँसेकाले संयुक्त राष्ट्रसंघीय महासभामा सहभागी हुन अमेरिका जाने प्रवेशाज्ञा (भिसा) नपाउनुभएको समाचारमा जनाइएको छ ।

उहाँ संयुक्त राष्ट्रसंघको ७२ औँ महासभामा सहभागिताका लागि अमेरिका जान लाग्नुभएको थियो । श्रीलङ्काली प्रतिनिधिमण्डलमा उहाँ पनि एकजना सदस्य रहनुभएको थियो ।

तर सबैजना सदस्यले भिसा पाए भने उहाँले पाउनुभएन । सो जानकारी उहाँले मङ्गलबार राजधानी कोलोम्बोमा दिनुभएको समाचारमा जनाइएको छ ।

उहाँ सन् २००९ मा श्रीलङ्काली विद्रोही समूह, तामिल टाइगरविरुद्धको कारबाहीका समयमा उक्त देशका सैनिक प्रमुख हुनुहुन्थ्यो ।

उहाँमाथि तामिलहरुका विरुद्धमा युद्धअपराध गरेको अभियोग लागेको छ । सो अभियोगका कारण नै उहाँलाई अमेरिका जान भिसा प्राप्त नभएको हो ।

उहाँले सम्वाददाताहरुसँग भन्नुभयो, म पनि श्रीलङ्काली राष्ट्रपति मैत्रीपाला सिरिसेनाको प्रतिनिधिमण्डलमा राष्ट्रसंघीय महासभावमा जाने सदस्य थिएँ तर मैले भिसा पाइन ।

मैले सोही कारणले नै भिसा पाउन नसकेको हो, यो कुराको अनुसन्धान हुनुपर्छ यसले मलाई अन्याय भएको छ, उहाँले भन्नुभयो ।

राष्ट्रपति सिरिसेनाको नेतृत्वको प्रतिनिधिमण्डल भने गत आइतबार नै अमेरिका प्रस्थान गरिसकेको छ ।

सन् २००९ मा श्रीलङ्काली सरकारले तामिलका विरुद्धमा आक्रामक कारबाही गरेको थियो । सोही कारबाहीपछि उक्त विद्रोहको अन्त्य भएको थियो ।

त्यस समयमा उक्त जातीय विद्रोही समूहका कम्तीमा पनि ४० हजार विद्रोही मारिएका थिए । उक्त समयमा सैनिक प्रमुखका रुपमा रहेको नाताले उहाँमाथि पनि यस्तो अपराधको आरोप लागेको छ ।

तर उहाँले भने यस आरोपको खण्डन गर्दै आउनुभएको छ । त्यस समयमा आफूले ती विद्रोहीको सफाया गरेको नभई सरकारको आदेशको मात्र पालना गरेको अडान उहाँको छ । रासस/एएफपी


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan