Saturday 21st of October | २०७४ कार्तिक ४ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

अन्तरराष्ट्रिय निगरानी स्वीकार्य छ–सुकी

न्यूजअभियान | प्रकाशित मिति : २०७४ असोज ३ मंगलबार
newsabhiyan

नेपित, ३ असोज । म्यानमारका विदेशमन्त्री एवम् यहाँकी राज्य सल्लाहकार आङ सान सुुकीले म्यानमारका रोहिङ्गाको बारेमा विश्वव्यापी रुपमा गरिएको आलोचनाको बचाउ गर्नुभएको छ ।

साथै रोहिङ्गा सङ्कटलाई लिएर अन्तरराष्ट्रिय समुदायले कडारुपमा निगरानी गरिरहेका भन्ने भनाइको जवाफ दिँदै यसबाट आफूलाई कुनै आपत्ति नहुने पनि बताउनुभएको छ ।

अहिलेसम्म म्यानमारबाट उक्त देशका चार लाखभन्दा बढी मुस्लिम नागरिक भागेर बङ्गलादेश पुग्न बाध्य भएका छन् । उक्त हिंसाबारे पहिलो पटक उहाँले मङ्गलबार राष्ट्रका नाममा सम्बोधन गर्दै सो धारणा राख्नुभएको हो ।

उहाँले अधिकांश मुस्लिमहरुले देश नछाडेको र अगष्ट २५ देखि सुरु भएको हिंसा अहिले भने रोकिएको दाबी पनि सो सम्बोधनमा गर्नुभएको छ ।

उहाँले देश छाडेर भाग्नेहरुसँग उनीहरुले त्यसो गर्नुपर्नाको कारण खोजीगर्ने र त्यसका लागि सरकारले अब अनुसन्धानको प्रक्रिया थाल्ने पनि जानकारी सो सम्बोधनका क्रममा दिनुभएको म्यानमारबाट प्राप्त समाचारमा जनाइएको छ ।

म्यानमारको सेनाद्वारा उक्त समुदाय विरुद्ध भएका दमनबारे उहाँले केही उल्लेख गर्नुभएको छैन । तर उहाँले निर्दोष मानिसहरुलाई यसरी देश छोड्नुपर्ने गरी कारबाहीको प्रक्रिया अघि नबढाउन सेनालाई निर्देशन दिइएको जानकारी भने उहाँले दिनुभयो ।

म्यानमारको सेनाले गरेको रोहिङ्गमाथिको धर पकडको बारेमा जवाफ दिन विश्व समुदायबाट उहाँमाथि दवाव पर्दै आएको छ ।

संयुक्त राष्ट्रसंघ र विश्व समुदायले उक्त जातिमाथिको मानाअधिकार हनन्को अवस्था रोक्न र देश छोडेर भागेकाहरुलाई घर फर्किने वातावरण निर्माण गर्न म्यानमार सरकारलाई आग्रह गर्दै आएका छन् ।

उहाँले उक्त समुदायको बारेमा नबोलेको र बचाउ पनि नगरेको भन्दै उहाँको कडा आलोचना भएको छ । म्यानमार भित्र र बाहिरबाट उहाँले पाएको नोबेल शान्ति पुरस्कार फिर्ता लिनुपर्ने आवाज समेत उठाउँदै आएका छन् । रासस/एएफपी


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan