Saturday 21st of October | २०७४ कार्तिक ४ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

हवाई आक्रमणमा परी इराकमा ३०६ आइएस लडाकू मारिए

न्यूजअभियान | प्रकाशित मिति : २०७४ असोज २ सोमबार
newsabhiyan

बग्दाद, २ असोज (रासस÷सिन्ह्वा) : इराकको पश्चिमी क्षेत्रमा भएको हवाई आक्रमणमा परी ३०६ जना अतिवादी इस्लामिक लडाकू मारिएका छन् ।

लडाकूहरूलाई लक्षित गरी भएको आक्रमणका कारण उनीहरु बस्ने आश्रयस्थलहरू ध्वस्त भएको इराकी सेनाले आइतबार जनाएको छ ।

जेट लडाकू विमान मार्फत् यही सेक्टेम्बर ११ देखि १६ सम्म आईएसको मुख्यालय र त्यस वरपर आक्रमण भएको हो ।

अकासात, आना, अल क्विम लगायत अन्बार प्रदेशका विभिन्न ठाँउहरुमा आक्रमण भएको गुप्तचर संचार अधिकृतले वक्तव्यमा भनेका छन् ।

हवाई आक्रमण अकासात क्षेत्रमा २९ जना आइएस लडाकूहरुलाई लक्षित गरेर गरिएको थियो । चार जना आतङकबादी नेता सहित १२० जना लडाकूहरु मारिएको वक्तव्यमा जनाइएको छ ।

मायाडिन क्षेत्रका ६ जनालाई पनि लक्षित गरेर हवाई आक्रमण गरिएको थियो । जहाँ रहेका दर्जनौ लडाकूहरु मारिएका छन् भने तीन ओटा सवारी साधन पनि ध्वस्त भएका छन् । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan