Saturday 21st of October | २०७४ कार्तिक ४ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

प्रधानमन्त्री देउवाको फोन, जापानी पुलिसले टेरेन

न्यूजअभियान | प्रकाशित मिति : २०७४ असोज १ आइतबार
newsabhiyan
newsabhiyan

न्यूज अभियान,काठमाण्डौ ,१ असोज । नेपालका प्रधानमन्त्रीको टेलिफोन जापानी पुलिसले पहिले सुन्नै चाहेन, पछि टेर्दै टेरेन ।

यद्यपि प्रधानमन्त्री देउवाले पहिले राजदूतलाई, जापानस्थित नेपाली दूतावासलाई र पछि जापानी प्रहरी प्रमुखलाई फोन गरेर आफ्ना युवा नेता प्रदीप पौडेललाई थुनामुक्त गर्न ग्यारेण्टी दिएका थिए ।

कांग्रेसका युवा नेता प्रदीप पौडेल जापान गएका थिए र नारिता एयरपोर्टमा उनले आफू जापान आउनुको कारण र फर्कने पर्याप्त प्रत्याभूति दिन नसकेपछि जापानी प्रहरीले उनलाई हिरासतमा लिएको हो ।

जापानस्थित जनसम्पर्क समितिको कार्यक्रममा हिडेका प्रदीप पौडेल यसरी पक्राउ परेपछि कांग्रेसी नेतादेखि कार्यकर्तासम्म र प्रधानमन्त्रीले समेत जापानी राजदूत मासासीलाई दबाब दिइरहेका छन् ।

जापानी राजदूतले अध्यागमन प्रहरीलाई जानकारी गराउने र छोड्न भन्न नसक्ने जवाफ दिएका थिए । यद्यपि उनी आज राजदूतको रोहवरमा छाडिने सम्भाबना रहेको छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan