Saturday 21st of October | २०७४ कार्तिक ४ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

बाढीपीडितका लागि धुर्मुस सुन्तलीले रौतहटमा एकीकृत नमुना बस्ती बनाउने (भिडियो सहित)

न्यूजअभियान | प्रकाशित मिति : २०७४ भदौ ३० शुक्रबार
newsabhiyan
newsabhiyan

काठमाडौं, ३० भदौ । तराईमा अविरल बर्षाका कारण बाढीपीडित बनेका तराईबासीहरुका लागि धुर्मुस सुन्तली फाउण्डेशनले एकीकृत नमुना बस्ती निर्माण गर्ने अन्तिम तयारी गरिरहेको छ । राहत बितरण संगैं बाढी पिडितहरुका लागि एकीकृत नमुना बस्ती निर्माण गर्ने घोषणा गरेका धुर्मुस सुन्तलीले अन्तत तराईको रौतहटमा एकीकृत बस्ती निर्माण गर्ने पक्का भएको हो ।

बाढीपीडितहरुका लागि राहत बितरणमा सक्रिय भईरहँदा तराईको समस्यालाई नजिकबाट नियालेका धुर्मुस सुन्तलीले तराईमा रहेका बाढी पिडितहरुका लागि एकीकृत नमुना बस्ती निर्माण गर्ने घोषणा केही समय अघि मात्रै गरेका थिए ।

स्थालगत अध्ययन र अवलोकन पश्चात फाउण्डेशनले रौतहट जिल्ला, चन्द्रपुर नगरपालिका वडा नं. ८ स्थित सन्तपुर दलित बस्तीमा ‘एकीकृत नमुना सन्तपुर बस्ती’ निर्माण गर्ने घोषणा गरेको छ । सन्तपुर दलित बस्तीमा अहिले ४५ परिवारका २८० जनाको संख्यामा मानिसहरु बसोवास गरिरहेका छन् ।

बस्तीमा माझि, दुसाद, लोहार, मुसहर र हजाम जातजातिहरुको बसोवास रहेको छ । बषौं देखी गरिवीको चेपेटामा परेका उनिहरुको अवस्था अविरल बर्षाका कारण पुरै घर डुवानमा परेपछि अत्यन्तै नाजुक बन्न पुग्यो । उक्त क्षेत्रका दलित समुदायको सामाजिक अवस्था पिछडिएको र आर्थिक अवस्था एकदमै दयनिय रहेको फाउण्डेशनले भिडियोमा उल्लेख गरेको छ ।

बस्तीका अधिंकाश बालबालिकाहरुलाई स्कुल नपठाउने उनिहरु लगभग सबै जसो अशिक्षित र बेरोजगार छन् । त्यतिमात्रै होईन् बस्तीमा न कसैको बस्न योग्य घर छ न खाने टुङ्गो नैं । गरिवीको चपेटा, त्यसमाथि झनै बाढीले भएको घर पनि भत्किएपछि अहिले उनिहरु झनै ठुलो पिडाको स्थितीमा पुगेका छन् । फाउण्डेशनले उक्त क्षेत्रको अध्ययन र त्यहाँ बसोवास गर्ने मानिसहरुको अवस्थालाई देखेपछि त्यहि बस्ती निर्माण गर्ने योजना बनाएको हो ।

फाउण्डेशनले निर्माण गर्ने उक्त एकीकृत नमुना सन्तपुर बस्तीमा सुरक्षित, आधुनिक, भुकम्प प्रतिरोधी र नेपाल सरकारको मापदण्ड अनुसार २ तल्लाको ४ वटा कोठा हुने गरि १ शौचालय, धारा र बगैंचा समेत निर्माण गर्नेछ । बस्तीमा आकर्षक गेट बन्नेछ भने पर्खालले घेरिनेछ ।

बस्ती भित्र ४५ वटा आवासिय घर, १ मन्दिर, सार्बजनिक धारा र शौचालयहरु, सामुदायिक भवन, पाहुना घर र पुरै बस्ती अवलोकन गर्ने भ्यु टावरको समेतको आकर्षक र सुबिधासम्पन्न बस्ती निर्माण हुनेछ । फाउण्डेशनका ब्यवस्थापक अर्जुन न्यौपानेले बताएअनुसार बस्ती अनुमानित ५ करोड ७५ लाखमा निर्माण हुनेछ ।

फाउण्डेशनले बाढी पिडितहरुका लागि निर्माण गर्ने यस बस्तीका लागि सहयोग गर्न सम्पुर्णमा आग्रह समेत गरेको छ । कार्यक्रमका लागि क्यानडा पुगेका धुर्मुस सुन्तलीले पनि बस्ती निर्माणका लागि अघिल्ला परियोजनाहरुमा जस्तै यसपटक पनि नेपालीहरुले साथ र सहयोग गर्नेमा आफु विश्वस्त रहेको बताए । फाउण्डेशनले दिएको जानकारी अनुसार छिट्टै बस्ती शिल्यान्यास गरि निर्माण कार्य सुरु गरिनेछ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan