Saturday 21st of October | २०७४ कार्तिक ४ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

एनसीसी बैंकमा अर्को गैरकानुुनी कार्य

न्यूजअभियान | प्रकाशित मिति : २०७४ भदौ २९ बिहिबार
newsabhiyan
newsabhiyan

काठमाडौं, २९ भदौ । तत्कालीन एपेक्स डेभलपमेन्ट बैंकको खराव कर्जाकाकारण बित्तीयरुपमा थला परेको नेपाल क्रेडिट एण्ड कर्मस बैंक (एनसीसी) मा फेरि पनि गैरकानुनी कार्य भएको देखिएको छ । बैंकले राष्ट्र बैंकले नीति बिपरत व्यक्तिगत सम्वन्ध कै आधारमा एक व्यक्तिलाई छ करोड रुपैयाँ कर्जा दिएको छ ।

उक्त कर्जाको कागजी प्रकृया पुरा नभएको अवस्थामा पनि एनसीसी बैंकका प्रमुख कार्यकारी अधिकृत रमेश राज अर्याल, बन्दना पाठक समेतको व्यक्तिगत स्वार्थकाकारण छ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ । राष्ट्र बैंकको नियम अनुसार एक करोड रुपैयाँ भन्दा बढी कर्जा प्रयोगको लागि अनिवार्यरुपमा स्थायी लेखा नम्वर अर्थात (प्यान) लिएको हुुुनुु पर्छ ।

तर बैंकले स्थायी लेखा नम्वर नै नलिएका सुवास राज काफ्लेको लागि छ करोड रुपैयाँको लागि बैंक ग्यारेन्दी दिएको थियो । काफ्लेले कृषि बिकास बैंकले आफ्नो गैर—बैकिङ सम्पतीकोरुपमा झापाको धुलाबारीमा रहेको ८० रोपनी जग्गा लिलामको लागि टेण्डर आव्हान गरेको थियो ।

उक्त टेण्डरमा बढी रकम बोलकवोल गर्दे काफ्लेले टेण्डर हालेका थिए । सोही जग्गााको टेण्डर प्रकृयामा काफ्लेले एनसीसी बैंकसंग छ करोड रुपैयाँको बैंक ग्यारेन्टी लिएका थिए ।

राष्ट्र बैंकको नियम अनुसार एक करोड रुपैयाँ भन्दा बढीको ऋणको लागि प्यान नम्वर अनिवार्य भएपनि काफ्ले र बैकका उच्च अधिकारी मिलेमतोमा प्यान नम्वर बिना नै छ करोड रुपैयाँको बैक ग्यारेन्टी स्वीकृत भएको थियो । उक्त बिषयमा राष्ट्र बैंकको बाँणिज्य बैक सुपरीवेक्षण बिभागले पनि आफ्नै तरिकाले अनुसन्धान गरिरहेको श्रोतले बताएको छ ।

व्यवस्थापकीय कमजोरी कै कारण अहिले एनसीसी बैंकमा खराव कर्जा निकै बढेको छ । आर्थिक बर्ष २०७३—०७४ को चौथौ त्रैमासिक अवधिसम्ममा ८२ करोड १२ लाख ८३ हजार रुपैयाँ प्रोभिजन गरेको बैंकमा निष्क्रिय कर्जाको अनुपात चार दसमलव ८० प्रतिसत रहेको छ ।

अघिल्लो आवको सोही अवधिमा बैंकमा शुन्य दसमलव ९१ प्रतिसत कर्जा निष्क्रिय रहेको थियो ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan