Saturday 21st of October | २०७४ कार्तिक ४ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

याङ्जोमको अभियानलाई ताप्लेजुङ्ग समाज सेवा युएईद्वारा सहयोग (भिडियो सहित)

न्यूजअभियान | प्रकाशित मिति : २०७४ भदौ २८ बुधबार
newsabhiyan
newsabhiyan

न्यूज अभियान, काठमाडौं । ताप्लेजुङ्गको घुन्सामा स्वास्थ्य समस्याका कारण आमालगायत धेरैले अकालमै ज्यान गुमाएपछि जसरी पनि स्वास्थ्यचौकी निर्माण गर्ने लक्ष्य राखेर अभियान चलाएकी याङ्जोम शेर्पाको अभियानमा  हातमा हात मिलाउदै सहयोगी दाताहरुले  सहयोग गरिरहेका छन्।

याङ्जोमले शुरु गरेको यस महान मानवीय अभियानमा अहिले देश–विदेशबाट सहयोग रकम आउने क्रम निरन्तर जारी रहेको छ । आफ्नो हातमा सहयोगी हातहरु पाउँदा याङ्जोम धेरै  खुसी छिन् ।

याङ्जोमले ताप्लेजुङको घुन्सामा स्वास्थ्यचौकी भवन निर्माण गर्न शुरु गरेको यो अभियान खासै धेरै समय भएको छैन । यद्धपी अभियानको बारेमा छोटो समयमै संसारभर रहनु हुने नेपालीहरु बीच चर्चाको बिषय बन्न पुगेको छ ।

प्राय: कार्यक्रम उद्घोषणमा व्यस्त रहने याङ्जोम केहि समय एता भने ताप्लेजुङको घुन्सामा स्वास्थ्यचौकी भवन निर्माण गर्ने अभियानमा रात दिन नभनी  निरन्तर लागि परेकी छिन् ।

यसै क्रममा घुन्सा स्वास्थ्यचौकी भवन निर्माण अभियानलाई बैदेशिक रोजगारीको सिलसिलामा युएईमा कार्यरत ताप्लेजुङ्ग बासिन्दाहरुको संस्था ताप्लेजुङ्ग समाज सेवा युएईद्वारा संकलन गरेको सहयोग रकम याङ्जोमलाई हस्तान्तरण गरेको छ । 

ताप्लेजुङ्ग निबासी अर्जुन खिम्दीङ लिम्बुले उक्त सस्थाको प्रतिनिधित्व गर्दै  १ लाख ७१ हजार ६ सय ९५ रुपैया राजधानीको पुतलीसडक स्थित अनऔपचारिक एक कार्यक्रमका बीच सहयोग रकम हस्तान्तरण गरेको हो ।

सन्  २०१७  मार्च १० मा स्थापना भएको युएईमा कार्यरत ताप्लेजुङ्ग बासिहरुको यस सस्थाले  देशमा आपत बिपत पर्दा सहयोग जुटाउदै आई रहेको छ । यस भन्दा अघि  सो सस्थाले आर्थिक कमजोरी भएका दृस्टी बिहिन महिलालाई, आर्थिक अभाव भइ अस्पतालमा उपचार गराई रहेकालाई समेत सहयोग गर्दै आएका छन् ।

“अर्जुन खिम्दीङ लिम्बुले याङ्जोमको यती ठूलो साहसका साथ अभियान शुरु गरेकोमा सहयोग रकम हस्तान्तरण गर्न पाउदा खुशी व्यक्त गर्दै सफलताको शुभकामना समेत दिएका थिए ।

सहयोगका लागि

नेपाल इन्भेष्टमेन्ट बैंक खाता नं.
०१२०५०८०३४१९८१
सम्पर्क  फोन न. :  9841897613
फेसबुक प्रेफाइल लिंक :  https://www.facebook.com/nepaliyangzom
फेसबुक  पेज लिंक : https://www.facebook.com/yangzomsherpa

यो पनि पढ्नुहोस्  :- 

इजरायलबाट जुट्यो सहयोग : याङ्जोमको अभियानलाई दाताहरुको सहयोग आउनेक्रम जारी (भिडियो सहित

याङ्जोमको अभियानलाई शेर्पा संघ इजरायलको सहयोग (भिडियो सहित)

भाईलाई जन्म दिएर आमा गुमाएकी याङ्जोमको स्वास्थ्य सेवा अभियानमा साथ दिन गरिन् यस्तो आग्रह ! 

ताप्लेजुङको घुन्सामा स्वास्थ्य चौकी निर्माण अभियानमा दुई महिनामै जुट्यो १० लाख: याङ्जोम 

पेम लाक्पाले याङ्जोमको अभियानमा एउटा इट्टा यसरी थपिदिए – भिडियो सहित

 

सन्  २०१७  मार्च १० मा स्थापना भएको यस ताप्लेजुङ्ग समाज सेवा-युएईले गरेका उपलब्धिहरु :- कार्यहरु :

१."दृष्टिविहीन महिला गिट्टी कुटेर गुजारा गर्दै" शिर्सकमा आएको समाचार पछि यस "ताप्लेजुंग समाज सेवा-युएई" का संरक्षक श्री निमा शेर्पा ज्युले यस बिषय अध्यन गरि सके पछि ताप्लेजुंग संथाक्रा निवासी लाक्पा खाङ्डु शेर्पा (दृस्टी बिहिन) लाइ मानबिय सहयोग स्वरुप ४८० दिराम (रु १३००० हजार) दिने निर्यण गरियो ।
२. "उपचारको बील तिर्न नसक्दा युएईको अस्पतालमा बास" शिर्षकमा आएको मर्माहत खबरले प्रभावित भई उपचार कक्ष बिरामीको अवस्था बुझ्नु यस "ताप्लेजुंग समाज सेवा-युएई" उपाध्यक्ष श्री सोनी भण्डारी स्वयम उपस्थित भै बिरामीको अवस्था बुझी मानबिय सहयोगको लागि यस सस्थाले ५३० दिराम आर्थिक सहयोग गर्ने निर्यण गरियो ।
३. नेपालमा उपचार्थ देबि माया श्रेष्ठको उपचार सहयोगको लागि दिराम ६५०(रुपैया १७७५९) उपाध्याय श्री सोनि भण्डारी मार्फत श्री लोकेन श्रेष्ठ ज्युलाई हस्तान्तरण गरि सकिएको छ ।
४. ताप्लेजुङ सामज सेवा युएका सदस्य श्री ताराबहादुर लिङ्गदेनको बुबाको मोरङको बेलबारिमा सडक दुर्घटनामा परि असामयिक निधन भएकोले आपतकालीन अबस्थामा घर नेपाल जानु पर्ने अबस्था भएकोले आउने जाने क्रमको एक तर्फी हवाई टिकेट स्वरुप दिराम ७१० कोसाध्यक्ष श्री बुद्ध लिङदेन मार्फत श्री तारा बहादुर लिङ्देन ज्युला हस्तान्तरण गरि सकिएको छ ।
५. यस ताप्लेजुंग समाज सेवा-युएइको पारिवारिक समस्या आइ परेको खण्डमा दिइने सहयोग समाजका सदस्य धनेन्द्र कार्कीका भाइ स्व. हरि कार्कीका नाममा दिराम ५०० (रुपया १३७४४) समाजका सलाकर श्री पारस मणि पौडेल मार्फत ताप्लेजुङ याङ्वरक १ (नाङ्खोल्याङ) वार्ड अध्यक्ष श्री जीवन खिम्दिङको उपस्थितिमा स्व. हरि कार्कीका पिता श्री लक्ष्मी बहादुर कार्की ज्युलाइ हस्तान्तरण गरिएको सम्पुर्ण ताप्लेजुङ समाज सेवा युएइमा जानकारी गराउदछौ ।
६. यस ताप्लेजुंग समाज सेवा-युएइको जिल्ला भित्र पर्ने मानबिय समस्यालाइ सहयोग स्वरुप साबिक हाङ्गदेवा (हाल फुंगलिङ्ग नगर पालिका वार्ड न. ९ निवासी श्री सुक बहादुर शेर्पा ज्यु आफ्नो दैनिक कार्य स्थलमा दुर्घटना भइ खुट्टामा चोट लागेको हुनाले उपचारको लागि आर्थिक सहयोग स्वरुप दिराम ३८० (रुपया १०००० ) समाजका कोषध्याक्ष्य श्री बुद्ध लिङ्गदेन मार्फत ताप्लेजुङ साबिक हाङ्गदेवा (हाल फुंगलिङ्ग नगर पालिका) निवासी श्री गायत्री भण्डारीको उपस्तिथीमा उपचार्थ श्री सुक बहादुर शेर्पाज्युलाइ हस्तान्तरण गरिएको सम्पुर्ण ताप्लेजुङ समाज सेवा युएइमा जानकारी गराउदछौ ।
७. याङजोम सेर्पा द्वरा आयोजित घुन्सा स्वास्थ्य चौकी निर्माणको लागि रु १७१६९५ ।


ताप्लेजुङ्ग समाज सेवा-युएईका पदधिकारीहरु 

संरक्षक :

श्री शैलेन्द्र नाल्बो
श्री निमा छिरिङ्ग शेर्पा

सल्लहाकारहरु :

श्री गज बहादुर वनेम
श्री मनिष कुमार नाल्बो
श्री नन्द कुमार ताम्लिङ्ग
श्री पारस मणि पौडेल
श्री खेम सुनुवार पदाधिकारी

१. अध्यक्ष - श्री डिल्ली मादेन
२. उपाध्यक्ष - श्री सोनि भण्डारी
३. महासचिव - श्री भवानी माङमु
४. सचीव - श्री दावा क्षिरिङ शेर्पा
५. कोषाध्यक् -श्री बुद्ध लिङ्देन
६. सह-कोषाध्यक्ष - श्री रस्ना
७. केन्द्रिय सदस्य - श्री नुपु शेर्पा
८. केन्द्रिय सदस्य - श्री शिवरात्री नाल्बो
९. केन्द्रिय सदस्य - श्री घनेन्द्र खतिवडा
१०. केन्द्रिय सदस्य - श्री गुन्जमान गुरुङ
११. केन्द्रिय सदस्य - श्री लोकेन्द्र पलुङ्वा
१२. केन्द्रिय सदस्य - श्री बिवस मादेन लिम्बू
१३. केन्द्रिय सदस्य - श्री काजी गौतम
१४. केन्द्रिय सदस्य - श्री सोनाम शेर्पा
१५. केन्द्रिय सदस्य - श्री अर्जुन गुरुङ
१६. केन्द्रिय सदस्य - श्री रोमा लिम्बु
१७. केन्द्रिय सदस्य - श्री अम्बिका कार्की
१८. केन्द्रिय सदस्य - श्री बलराम अधिकारी
१९. केन्द्रिय सदस्य - श्री यसोदा कार्की


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan