Saturday 21st of October | २०७४ कार्तिक ४ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

पाटन नगरपालिकामा बालमैत्री शासन अवलम्बन हुने

न्यूजअभियान | प्रकाशित मिति : २०७४ श्रावण २९ आइतबार
newsabhiyan
newsabhiyan

बैतडी, २९ साउन । जिल्लाको पाटन नगरपालिकामा बालमैत्री स्थानय शासन अवलम्बन गरिने भएको छ । युनिसेफ नेपालको सहयोगमा मिरेष्ट नेपालले निर्माण गरेको बालभेला सम्बन्धी वृतचित्रप्रदर्शन कार्यक्रमका क्रममा नगरपालिकाकी उप प्रमूख सरस्वती कोलीले यस्तो जानकारी दिनु भएको हो । यो नगरपालिकाको वडा नम्बर ८ र ९ भने साविक  सिद्धेश्वर  गाविस हुँदा नै बालमैत्री घेषणा भई सकेको छ ।

बालमैत्री शासन लागू भएका स्थानीयतहरुमा बालभेला मार्फत योजना छनोट गर्ने परिपाटी छ ।  साविकको सिद्धेश्वर गाविस ७ नम्बर प्रदेशको पहिलो बालमैत्री हो ।

कार्यक्रममा पाटन नगरपालिकाकी उपमेयर कोलीले नगरपालिकालाई बालमैत्री नगर बनाउन पहल थाल्ने बताइन् । ‘सिद्धेश्वर नमुना बनेको छ,’उनले भनिन्, ‘नगरपालिकाले बालबालिकाका माँगलाई सम्बोधन गर्दै बालमैत्री स्थानीय शासनका सुचक पुरा गर्न थालनी गर्ने छ ।’

नगरपालिकाले अर्थपूर्ण बालसहभागिताका लागिबिशेष अभियानसमेत सुरु गर्ने उपमेयर कोलीले बताइन् । ‘केहीदिनभित्रै नगर सभा हुँदैछ, नगरसभामा बालबालिका सम्बन्धी योजना तर्जमा गर्न बिशेष बालभेला आयोजना गरिने छ ।’

कार्यक्रममाबोल्दै वडा नम्बर ९ का वडाध्यक्ष लोकबहादुर भण्डारीले बालमैत्री घोषणापछि यसलाई निरन्तरता दिन चुौति पूर्ण रहेको बताए । स्थानीयतहमा जनप्रतिनिधि आएकाले  बालबालिकाहरुले कल्पना गरेको गाउँटोल बनाउन अग्रसर हुने बताए । वडा नम्बर ८ का वडाध्यक्ष पृथ्वीराज पन्तले सिद्धेश्वरलाई नमुना र बालमैत्री स्थानीयशासन सिकाइ केन्द्रको रुपमा विकास गर्न पहलथाल्ने जानकारी दिए ।

बालमैत्री वडाभित्र समस्या प्रस्तुतगर्दै बालमैत्री घोषणा व्यवहारमा परिबर्तन गर्नु पर्ने धारणासमेत उनले राखेकाथिए ।

बालभेला सम्वन्धी अभ्यास समेटिएको वृत्तचित्र प्रदर्शनीमा नेपाल पत्रकार महासंघ बैतडीका अध्यक्ष प्रेम भाट, वडा नम्बर ८ का वडाध्यक्ष देवेन्द्र कुँवर, वडा सचिव प्रेम बिष्ट लगायतले बोलेकाथिए । कार्यक्रममा वडा सदस्य, शिक्षा, स्वास्थ्यलगायतका सरोकारवाला र बालक्लबका सदस्यहरुको सहभागिता थियो ।

मीरेष्ट नेपालले बालभेलासम्बन्धी वृतचित्रप्रदर्शन गर्ने क्रममा त्यहाँ पुगेको थियो । यस अघि बिरटनगर पर्साको बेल्वा, दाङको घोराही नगरपालिकामा यसरी बृत्तचित्र प्रदर्शनी तजथा छलफल कार्यक्रम आयोजना गरिएको मीरेष्ट नेपालका महासचिब कुमार यात्रुले बताए । 


 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan