Wednesday 23rd of August | २०७४ भदौ ७ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

चलचित्र धुम २ को उधुम मच्चाउने गीत रिलिज (भिडियो सहित)

न्यूजअभियान | प्रकाशित मिति : २०७४ श्रावण २९ आइतबार
newsabhiyan
newsabhiyan

काठमाडौं । चलचित्र ‘धुम २’ को दोस्रो गीत रिलिज गरिएको छ । नवनायिका सिर्जना भट्टराईको एक इशाराले कलाकार जय किशन बस्नेतको दिल बिचरा भएको कहानी गीतमा प्रस्तुत गरिएको छ ।

भाद्र ८ रिलिज चलचित्र ‘धुम २’ को उधुम मच्चााउने यस गीतमा स्वर टंक बुढाथोकी र संगीता तिमल्सिनाको रहेको छ । डान्सिङ नम्वरमा जय र सिर्जनाले एकसाथ कम्मर मर्काएका छन् । जून गीत दर्शकलाई मन पर्न सक्छ । टंककै संगीत समावेश गीतका रचनाकार दिनेश सुवेदी हुन् ।

जय आफैले यस गीतको कोरियोग्राफी गरेका हुन् । उनी स्वयमको लेखन, निर्देशन तथा निर्माण रहेको यस चलचित्रमा कमेडी, एक्सन, रोमानस र सेन्टिमेन्ट सबै पक्ष समावेश गरिएको छ । लामो समय कलाकारितामा व्यतित गरेका जय भर्सटायल व्यक्तित्वको रुपमा चिनिन्छन् ।

उनले ७ वर्ष अघिको ब्लकबस्टर फिल्म ‘धुम’ भन्दा ‘धुम २’ अझ उत्कृष्ट बनाउने प्रयास गरेको बताएका छन् । त्यसो त यो फिल्म सिक्वेल भने होइन केबल उनले टाइटल क्रेटिड लिएका हुन् ।

नेपाली नारीहरुको महान पर्व तीजलाई लक्षित गरी प्रदर्शनमा आउन लागेको यस फिल्ममा जय किशन बस्नेत, सिर्जना भट्टराई, रोहित रुम्बा, संजोग कोइराला, महिमा सिलवाल, शोभित बस्नेत लगायतका कलाकारले अभिनय गरेका छन् ।

चलचित्रमा एन.वि महर्जनको द्धन्द्ध, जिवन श्रेष्ठको छायांकन तथा तारा थापा किम्भेको सम्पादन रहेको छ ।

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan