Sunday 19th of November | २०७४ मङ्सिर ३ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

गोविन्द केसी अनसनको २० औं दिनः यसकारण भत्कियो सहमति

न्यूजअभियान | प्रकाशित मिति : २०७४ श्रावण २९ आइतबार
newsabhiyan
newsabhiyan

काठमाडौं, २९ साउन ।   चिकित्सा शिक्षासम्बन्धी विभिन्न माग राखेर अनशनरत डा. गोविन्द केसीको माग सम्बोधन गर्न प्रधानमन्त्रीको उपस्थितीमा भएको समझदारी संसदीय समितिले पालना नगरेपछि समस्या झन् जटिल बनेको छ ।

प्रधानमन्त्ती शेरबहादुर देउवाको उपस्थितीमा बालुवाटारमा शुक्रबार बिहान चिकित्सा शिक्षा विधेयकमा डा. केसीका केही माग थप समेट्ने गरी मध्यमार्गी प्रस्तावमा सहमति भएको थियो ।


बालुवाटारमा नयाँ कलेजले सम्बन्धन पाउने प्रमुख आधार बनाउँदा अस्पताल सञ्चालन भएको तीन बर्षको सट्टा दुई बर्ष राख्ने सहमति जुटेको थियो ।

तर त्यो गणना स्वास्थ्य मन्त्रालयलबाट सञ्चालन स्वीकृति पाएको मितिबाट हुनुपर्ने व्यवस्था राख्ने महत्वपुर्ण बुँदा नै विधेयक पारित गर्ने क्रममा हटाईयो ।

स्वास्थ्यबाट सञ्चालन अनुमति पाएको अवधिको सट्टामा अस्पतालले प्रचलित कानुनबमोजिम स्वास्थ्य सेवा कर तिरेको मितिबाट सो अवधि गणना थालिनेछ भन्ने विधेयकमा उल्लेख छ ।

पारित व्यवस्थाले स्वास्थ्यले तोकेका पूर्वाधार पूरा नगरेका अस्पताललाई समेत सम्बन्धनका लागि योग्य बनाउँछ । आजको नागरिक दैनिकमा खबर छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan