Tuesday 12th of December | २०७४ मङ्सिर २६ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

भारतले खोलेन बाँधको ढोका: ओछ्यानमै राप्ती नदी पसेपछि तीन बालिकाको मृत्यु

न्यूजअभियान | प्रकाशित मिति : २०७४ श्रावण २९ आइतबार
newsabhiyan
newsabhiyan

बाँके, २९ साउन   ।  बिहानपख ओछ्यानमै राप्ती नदी पसेपछि ब्युँझिएकी बाँके बेतहनियाकी गुड्डुदेवी केवड शनिबार दिनभर पनि डरले थरथराइरहेकी थिइन । उनलाई कहाँ बस्ने, के खाने भन्ने चिन्ताले सताएको छ ।

घरमा रहेका सबै खानेकुरा हिलाम्मे भएको छ । लत्ताकपडा पनि हिलामै पुरिएको छ । घरबाट केही सरसामान निकालेर उनी सडकमै बसिरहेकी छन् । ‘सबैको घरमा नदी पसेको छ,’ उनले भनिन, ‘बिहानपख नदी पस्यो रातिमा भइदिएको भए त हामी सबै मर्ने थियौं, ।’

राप्ती नदीको बाढी सोनारी गाउँमापिलकामा पस्दा एउटै घरका १२ बर्षीया अञ्जु थारु, ९ बर्षीया सरिता थारु र ७ बर्षकी सुस्मिता थारुको मृत्यु भएको छ ।

शुक्रबार रातिदेखि बाक्लिएको मनसुनका कारण राप्ती नदी तटीय क्षेत्रका हजारौं अहिले यस्तै त्रासमा छन् । खबर आजको अन्नपूर्ण पोस्ट दैनिकमा छ ।

'भारतले बनाएको लक्ष्मणपुर बाँधका कारण बाँकेमा यो समस्या आएको हो । बाढी आउँदा उसले ढोका खोल्दैन । यो एउटा राष्ट्रिय समस्या नै हो । यसैका कारण बाँके बर्सेनी डुबानमा पर्दै आएको छ । हामीले शनिबार पनि भारतीय पक्षसँग कुरा गर्न खोज्यौं तर सम्पर्क भएन ।'  निमित्त प्रमुख जिल्ला अधिकारी  कृष्णबहादुर खड्काले भने ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan