Wednesday 22nd of November | २०७४ मङ्सिर ६ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

बि.सं. २०७४ साल साउन ३ गते मङ्गलवारको राशिफल

न्यूजअभियान | प्रकाशित मिति : २०७४ श्रावण ३ मंगलबार
newsabhiyan
newsabhiyan

बि.सं. २०७४ साल साउन ३ गते मङ्गलवारको राशिफल
आजको पञ्चाङ्ग –

नेपाली मितिः वि.सं. २०७४ । नेपाल सं. ११३७ । योग सं. ३८ । साउन महिनाको ३ गते मङ्गलवार ।
अँग्रजी मितिः ई.सं. २०१७ जुलाई महिनाको १८ तारिख ।
योगः   शूल योग, २१ः४८ बजेपछि गण्ड योग ।
तिथीः ग्रीष्म ऋतु श्रावण कृष्णपक्षको नवमी तिथी, ०५ः५९ बजेपछि दशमी तिथी ।  
नक्षत्रः भरुणी नक्षत्र, १८ः५७ बजेपछि कृतिका नक्षत्र ।
करणः गर करण ०५ः५९ बजेसम्म उपरान्त वणिज करण ।
चन्द्रमाः  मेष राशिमा ।
काठमाडौंमा सूर्योदयः ०५ः२० बजे ।
काठमाडौंमा सूर्यास्तः १८ः५८ बजे ।
राहुकालः १५ः३३ बजेपछि १७ः१६ बजेसम्म ।
यात्राः पूर्व दिशाको लागि उपयुक्त ।

आजको राशिफल

मेष राशिः
मेष राशि हुनेहरुको लागि आज दिन अनुकूल हुँदाहुँदै पनि ग्रहको केही अवरोधको कारणले अपेक्षित उपलब्धि गरिहाल्न केही कठिनाई देखिएको छ । तथापि केही हद्सम्म व्यवसायबाट धनलाभ हुने एवं भौतिक सुख शान्ति र मानप्रतिष्ठा बृद्धि हुनेछ । रोकिएर रहेको कार्य अगाडि बढाउन सकिने छ । सामान्यतया कार्यक्षेत्रमा जिम्मेवारी थपिनसक्ने छ भने सामाजिक कार्यमा सरिक हुनपाइने छ । नयाँ कार्यमा लगानीको सम्भावना पनि देखिन्छ । अभिष्टकार्यमा सफलताको लागि भैरवदेवको पूजा एवं दर्शनभक्ति गर्नु शुभप्रद हुनेछ । साथै आज तपाईँलाई एक अंक, रातो रङ्ग शुभ रहने छ ।

वृष राशिः
वृष राशिका व्यक्तिहरुको लागि आज केही कठिनाइको सामना गर्नपर्ने खालको दिन रहेको छ । कामकार्यमा आज तुलनात्मक रुपमा बढीनै कोसिस गर्नुपर्ने छ । सोँचविचार विना बहकावमा आएर कुनै कार्य नगरेकै राम्रो हुनेछ । अन्यथा परिणाम विपरित पनि आउनसक्ने सम्भावना छ, ख्याल पुर्याउनु होला । फजुल यात्राको पनि योग देखिएको छ । यो राशि हुने कसैकसैलाई अनपेक्षित खर्च बढ्नसक्ने भएकोले जुहो गरेको व्यवस्था अपुग पनि हुनसक्ने छ । तथापि आज केही संघर्षको सामना पछि गर्जो टर्दै जानेछ धैर्य गर्नुहोला । आज यहाँको लागि तीन अंक, हरियो रङ्गको प्रयोग र पितृको नाममा दान वा कुनै धार्मिक कृत्य गर्नु शुभकर हुनेछ ।


मिथुन राशिः
मिथुन राशिका व्यक्तिहरुको लागि आज लक्ष्मी कृपा हुने गोचर परेकोले उच्चमनोबल बढ्ने र आर्थिकपक्ष सबल हुनेछ । स्वजनबाट सहयोग मिल्ने छ भने विद्यार्थीहरुको लागि विद्यामा रुचि एवम् सफलता मिल्ने छ ।  सन्तानको बाटोबाट पनि सन्तोष लिनसकिने छ । पेशा तथा व्यवसाय आदिबाट यथा औकात धनार्जन गर्नसकिने र आर्थिक भार कम हुने हुनाले चित्तवृतिमा शान्ति मिल्ने छ । लाभ एवम् सफलताको कारण स्वकार्यबाट सन्तुष्टि मिल्ने छ भने यात्रा तथा भ्रमण कार्य सफल हुनेछ । सामाजिक क्षेत्रमा प्रतिष्ठा तथा यशकृति बढ्न गई आत्मबल पनि बृद्धि हुने ग्रहगोचर देखिन्छ ।


कर्कट राशिः
कर्कट राशिका व्यक्तिहरुको लागि आजको दिन सकारात्मक रहेको छ । मानसम्मान बढ्ने तथा प्रतिष्ठाको बिकास हुनेछ । व्यापार तथा व्यवसाय, राजनीति एवम् समाजसेवाको क्षेत्रमा पनि ग्रहले ठिकै भूमिका निर्वाह गरेको देखिएकोले यथोचित लाभ एवम् सफलता हातपार्न सकिनेछ । जिम्मेवारी थपिनसक्ने छ । जागिरेहरुको लागि पनि दिन सहज एवम् सन्तोषकर रहनेछ । समयको सदुपयोग गरे राम्रो फाइदा उठाउन सकिने छ । यहाँलाई आज एक अंक, रातो रङ्ग शुभ हुनेछ भने पितृसेवा हितकर हुनेछ ।

सिंह राशिः
सिंह राशि हुनेहरुको लागि आज दिन ईष्र्यालु तथा कमजोरी खोज्नेहरू सक्रिय देखिने सम्भावना भएकाले सावधानी अप्नाउन पर्नसक्ने छ । त्यस्तै मिथ्या आरोप आइलाग्नसक्ने सम्भावना भएकोले होसियारी जरुरी हुनेछ । शुरुशुरुमा भयत्रासको वातावरण सृजना भएपनि सकारात्मक सोँच तथा व्यवहारले परिणाम भने सुखद ल्याउन सकिनेछ प्रयत्न गर्नुहोला । औपचारिक कार्यक्रम आदिमा सहभागीहुनुपर्ने सम्भावना पनि देखिएको छ ।आस्तिक भावना बृद्धि हुनाले धर्मकर्म बढ्ने तथाधर्मप्रभावले धनलाभ पनि हुने देखिन्छ । आज यहाँलाई नौ अंक, पहेलो तथा सेतो रङ्गको प्रयोग र हनुमान वीरको स्तुति विशेष फलकारक हुनेछ ।

कन्या राशिः
कन्या राशि हुनेहरुको लागि आजको दिन त्यति अनुकूल भइसकेको छैन । चन्द्रमा लगाएतका ग्रहको प्रतिकूल अवस्थाले यहाँको स्वास्थ्य र आँटेताकेको कार्यलाई नकारात्मक असर पारि नै रहेको देखिन्छ । समयको प्रतिकूलतालाई बुझ्ने कोसिस गर्नुहोला अन्यथा पछुतो पनि पर्नसक्ने छ । खानपान तथा व्यवहारमा सावधानी अप्नाउँदै सामान्य दैनिकी कार्यमा संयमपूर्वक अगाडि बढ्न भने सक्नु हुनेछ । आज यहाँलाई आठ अंक, रातो रङ्ग शुभ रहनेछ भने रोगी तथा दीनदुखीको सेवा गर्नु र आफ्नो इष्टदेवको श्रद्धाभक्तिलाई बढाउनु विशेष हितकर हुनेछ ।


तुला राशिः
तुला राशिहुनेहरुको लागि आजको दिन रङ्गराग एवं आमोद–प्रमोदको ईच्छा बढाउने गोचर छ । कसैकसैलाई गलतनियत भएको विपरितलिङ्गीको झमेला पर्नसक्ने छ, होस पुर्याउनु जरुरी देखिन्छ । सोँचेजति नभएपनि केहीहद्सम्म व्यवसाय तर्फ उन्नति हुनाले आर्थिक सङ्कलन हुनेछ । औपचारिक कार्यक्रम आदिमा सामेल  हुनपाइने सम्भावना छ । यात्राको पनि योग देखिएको छ तर, सावधानी अप्नाउनु उचित हुनेछ । प्रेमप्रसङ्गमा असमझदारी आउनसक्ने छ । आज यहाँको लागि सात अंक, सेतो रङ्गको प्रयोग गर्नु फापकर हुनेछ भने भगवान हनुमानको साथमा गुरुगणपतिको स्तुति आराधना गर्नु शुभप्रद हुनेछ ।


वृश्चिक राशिः
वृश्चिक राशिहुने व्यक्तिहरुको लागि आजको दिन अनुकूल एवम् सफलता दिने खालको रहनेछ । अवसर तथा समयको सदुपयोग गर्नाले प्रतिस्पर्धामा अग्रता लिनसकिने छ । स्वकार्यबाट पनि राम्रो उपलब्धि गर्न सकिने छ । जागिर आदि पेशाको क्षेत्रमा पनि तपाईको कार्यको प्रशंसा मिल्नेछ । आजको दिन व्यापार व्यवसायीको लागि बढी उपलब्धिकर हुनसक्ने छ भने खेलकुदकर्मीलाई पनि महत्त्वपूर्ण रहनेछ । आज यहाँलाई हरियो रंग, छ अंक अनुकूल रहने छ भने विपक्षिलाई रणनीतिक तरिकाले सम्मान गर्न जानेमा कुटनैतिक रुपमा फाइदा लिनसकिने छ । श्री गणेशभगवानको आराधना गर्नु विशेष शुभकर हुनेछ ।


धनु राशिः
धनु राशि हुनेहरुको लागि आजको दिन केही ख्याल पुर्याउन पर्ने समय छ । आत्मप्रशंसाको आसक्ति एवम् विद्वतताको अनाबश्यक फुतिफार्तिले आफैलाई हलुङ्गो बनाउनसक्ने र फगतको विषयान्तर चर्चाले आफ्नै कामकार्यमा बाधापुग्ने साथै अन्तिममा पछुतो हुनसक्ने छ । तथापि दैनिक व्यवसाय आदिबाट आंशिक लाभ गर्न सकिने नै छ भने केही बढी परिश्रम तथा संघर्ष पछि पूरा गर्न खोजेको कार्य केही अघि बढाउन सकिनेछ । आज यहाँको लागि रातो सेतो र पहेंलो रङ्गको प्रयोग एवम् गुरुगणपतिको सेवा गर्नु शुभप्रद हुनेछ ।

मकर राशिः
मकर राशिहुने व्यक्तिहरुको लागि आजको दिन केही सावधानी अप्नाउनु पर्ने देखिएको छ । अनायाशै वादविवाद तथा मनमुटावको सम्भावना देखिएकोले जनजीवन एवम् बोलीचालीको व्यवहारमा विचार पुर्याएर मात्रै काम गर्नुपर्ला । केही पारिवारिक समस्यासँग मुकाविला गर्नपर्ने र आँटेताकेको काममा विलम्ब हुने तथा अनर्थजन्य लक्षणहरु प्रतित हुनसक्ने ग्रहगोचरीय अवस्था देखिएकोले संयम गर्न जरुरी हुनेछ । नियत सफा राखेर गरिने कार्यबाट केही लाभ गर्न भने सकिनेछ । आज चार अंक, सेतो रङ्ग यहाँको लागि उपयुक्त हुनेछ भने आमा समानका व्यक्तित्त्वको आर्शिवादले यहाँलाई हित गर्नेछ ।

कुम्भ राशिः
कुम्भ राशिका व्यक्तिहरुको लागि आजको दिन शारीरिक स्फुर्तिबढेको हुनाले कार्यमा लगाव पनि बढ्ने र इष्टकार्य पूर्णहुने तथा पौरख गर्नसकिने छ । विशेष उपलब्धिको ग्रहयोग परेकोले रोकिएर रहेका काम पूरा गर्ने अवसर मिल्नेछ । सहयोगी हातहरु पनि जुट्ने छन् भने तपाईले आफ्नो क्रियाशिलताको प्रशंसा पनि पाउनु हुनेछ । दाजुभाईबीचको सम्बन्धमा पनि सुधार आउने छ । भातृक्लेश भएकाहरुले सोलाई निवारण गर्न कुनै उपाय गरेमा आज सफल हुनेछ । पेशा तथा व्यवसायिक कामबाट राम्रो परिमाणमा आर्थिक आयआर्जन गर्न सकिनेछ ।

मीन राशि:
मीन राशिका व्यक्तिहरुको लागि आजको दिन अनुकूल देखिएको छ । तथापि बोलीवचनको अपव्याख्या हुनसक्ने सम्भावनालाई नकार्न सकिन्न ख्याल गर्नुहोला । व्यवसायिक कार्यमा भने केही प्रगति हुने देखिएको छ तरपनि धनोन्माद बढ्ने र सन्चित धनको अपव्यय हुनसक्ने सम्भावना पनि देखिएको छ । परोपकार एवम् समाजिक सेवामा संलग्न हुने मौका मिल्नसक्ने छ । नाता–कुटुम्बिक सम्बन्ध विस्तारमा पनि सजग हुन जरुरी देखिएको छ । दुई अङ्क, सेतो रङ्गको प्रयोगको साथमा आज यहाँले हनुमानदेवको भक्तिभाव गर्नु शुभकर हुनेछ ।

=================================

ॐ आयुर्वेद आरोग्यशाला ::

कमलमार्ग घर नं. १७२ केसीटोल कमलपोखरी काठमाडौं ।
फोन ०१–४४३१७४७,मो. ९८४१२२३१२६, ९८०३८७९९७८
ईमेल : aaarogyashala@gmail.com

आज जन्म दिन पर्ने सबैलाई न्यूज अभियान डट् कम परिवारको तर्फबाट सुस्वाथ्य एवम् दीर्घायु र उत्तरोत्तर प्रगतिको शुभकामना ....। एप मार्फत एंड्रोईड मोबाइलमा राशिफल हेर्नका लागि : Download Link : https://goo.gl/29PZux


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan