Monday 24th of July | २०७४ श्रावण ९ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

आर्थिक विकासका लागि नेपाल–भारत सहकार्य आवश्यक

न्यूजअभियान | प्रकाशित मिति : २०७४ श्रावण २ सोमबार
newsabhiyan

काठमाडौँ, २ साउन । नेपाल र भारतको आर्थिक विकासका लागि दुबै देश बीचको सम्बन्धलाई झन् बलियो बनाउनुपर्ने आवश्यकतामाथि जोड दिएको छ ।

नेपाल चेम्बर अफ कमर्सले नेपालका लागि भारतीय राजदूत मन्जीवसिंह पुरीसँग आज गरेको भेटमा चेम्बरका अध्यक्ष डा राजेशकाजी श्रेष्ठले सो कुरामा जोड दिनुभएको हो ।

उहाँले उद्योग, पर्यटन, जलविद्युतलगायत नेपालका ठूल्ठूला आयोजनामा लगानीका लागि भारत सरकारसँंग आग्रह गर्दै दुवै देशको आर्थिक विकासका लागि दुई देशबीचको सडक, रेल्वे सञ्जाललाई मुख्य शहरसम्म पुग्ने गरी परियोजना बनाउनुपर्नेमा विशेष जोड दिनुपर्ने आवश्यकता औल्याउनुभयो ।

सो अवसरमा राजदूत पुरीले नेपाल अवसर नै अवसर भएको मुलुक हो भन्दै नेपाल र भारतको आर्थिक समृद्धिका लागि दुबै देश बीचको सहकार्य आवश्यक रहेको बताउनुभयो ।

नेपालमा जलविद्युत्, पर्यटनलगायत विकासका लागि पूर्वाधार विकासको ठूलो भूमिका रहने बताउँदै उहाँले नेपाल र भारतबीचको सदियौँदेखिको मित्रतालाई अझ मजबुत बनाउनुपर्नेमा जोड दिनुभयो ।

भेटमा चेम्बरका पदाधिकारी तथा कार्यसमितिका सदस्यको सहभागिता थियो । रासस 

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan