Thursday 21st of September | २०७४ असोज ५ बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

बालकवि नेपालको ‘हामी गर्न सक्छौँ’ सार्वजनिक

न्यूजअभियान | प्रकाशित मिति : २०७४ श्रावण २ सोमबार
newsabhiyan

कठमाडौँ, २ साउन । बालकवि अनुज्ञा नेपालको ‘हामी गर्न सक्छौँ’ शीर्षक बालकवितासंग्रह आज सार्वजनिक भएको छ ।

नेपाल बाल साहित्य समाजका अध्यक्ष तेजप्रकाश श्रेष्ठ र नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व सदस्यसचिव गीता केशरीले सो संग्रह सार्वजनिक गर्नुभएको हो । तेह्र वर्ष उमेर प्रवेश गरेका अवसरमा नेपालले निकालेको संग्रहमा कवितासंँग मिल्दो चित्र पनि छन् । । ऐरावती प्रकाशनद्वारा प्रकाशित संग्रहमा बालोरी, सवाई र झ्याउरे लयमा लेखिएका १६ कविता छन् ।
सो अवसरमा समाजका अध्यक्ष श्रेष्ठले बालकविले आफूमा भएको प्रतिभा देखाएर बालसाहित्यमा कोसेढुङ्गा स्थापना गरेको बताउँदै उनीजस्तै अन्य बालबालिकाले पनि आफूमा भएको प्रतिभा देखाउनुपर्ने बताउनुभयो ।
संग्रहमाथि समीक्षा गर्दै डा रामप्रसाद ज्ञवालीले कविले उमेरभन्दा पनि स्तरीय कविता लेखेको बताउनुभयो । अर्का समीक्षक विज्ञता कार्कीले संग्रहमा बालपुस्तालाई प्रेरणा दिने खालका कविता रहेको टिप्पणी गर्दै । प्रकाशन गृहहरुले बालबालिकाका साहित्यिक कृति आफैँ खोजेर प्रकाशन गर्नुपर्ने र तिनलाई साहित्यक कृति खरिद गर्दा ५० प्रतिशत छुट दिनुपर्ने माग गर्नुभयो । रासस

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan