Monday 29th of May | २०७४ जेठ १५ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

काठमाडौँ महानगरपालिकामा १३ स्थानमा मतगणना

न्यूजअभियान | प्रकाशित मिति : २०७४ जेठ ५ शुक्रबार
newsabhiyan

काठमाडाँैँ, ५ जेठ । काठमाडौँ महानगरपालिकामा १३ स्थानमा आजदेखि मतगणना सुरु गरिएको छ ।

थप तीन वटा वडाको मतगणना आज सुरु गरिएको सहायक निर्वाचन अधिकृत प्रेम पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार वडा नं ५, ६ र ७ को मतगणना गर्न थालिएको हो । यसअघि महानगरका वडा नं २ देखि ४ र वडा नं २५ देखि ३२ वडाका ११ स्थानमा मतगणना सुरु गरिएको थियो ।

अहिलेसम्म वडा नं १ र २ को मतमणना मात्र सकिएको छ । यसैगरी कामपाको मतगणनामा अहिलेसम्म नेकपा (एमाले)को अग्रता कायमै छ ।

महानगरपालिका प्रमुखमा नेकपा(एमाले)का विद्यासुन्दर शाक्य ११ हजार पाँच सय ५९ मतसहित अग्रस्थानमा हुनुहुन्छ । नेपाली काँग्रेसका राजुराज जोशीले सात हजार पाँच सय ५४ मत प्राप्त गर्नुभएको छ ।

त्यसैगरी विवेकशील नेपाली दलका रञ्जु न्यौपानेले चार हजार पाँच सय २५ मत, साझा पार्टीका किशोर थापाले तीन हजार पाँच सय ४६ र नेकपा (माओवादी केन्द्र)का सर्वोत्तमदास डङ्गोलले एक हजार तीन सय १० मत प्राप्त गर्नुभएको छ ।

यसैगरी उपप्रमुखमा काँग्रेसकी हरिप्रभा खड्गीले १० हजार दुई ८६, राप्रपाका राजाराम श्रेष्ठले छ हजार दुई सय ४६ र साझा पार्टीकी निरुपमा यादवले दुई हजार एक सय ९५ प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत दीपेन्द्र अधिकारीले जानकारी दिनुभयो । रासस 

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

ताजा भिडियो ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan