Wednesday 23rd of August | २०७४ भदौ ७ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

एनआरएन अल्गार्भको अध्यक्षमा शर्मा बिजयी

न्यूजअभियान | प्रकाशित मिति : २०७३ चैत ९ बुधबार
newsabhiyan
newsabhiyan

सुनिल संगम,  लिस्बन, ९ चैत ।  गैह्र-आबासिय नेपाली संघ क्षेत्रीय समन्वय परिषद अल्गार्भ पोर्चुगलको पाचौं अधिबेशन सम्पन्न भएको छ | अल्ल्बुफेरा स्थित लिटिल ब्रिटेन बार एण्ड रेष्टुरेन्टमा सम्पन्न उक्त अधिबेशन उद्घाटन सत्र र बन्द सत्र गरि दुइ चरणमा सम्पन्न भएको थियो |

गैह्र -आबासिय नेपाली संघ क्षेत्रीय समन्वय परिषद अल्गार्भ पोर्चुगलका अध्यक्ष बिष्णु बरालको अध्यतामा सम्मन्न पहिलो चरणको उद्घाटन प्रमुख अतिथि  लिस्बनका लागि अवैतनिक बाणिज्य दुत मकर बहादुर हमालले गरेका थिए |

अन्य अतिथिहरुमा एनआरएन आइसीसी सदस्य रमेश कुमार गुरुङ र एनआरएन पोर्चुगलका अध्यक्ष भीम केसी कमल, जन सम्पर्क समितिका उपाध्यक्ष तिलक गैरे, प्रबाशी मंचका अध्यक्ष गोबिन्द पौडेल, जन प्रगतिशील मंचका युरोप सह-संयोजक राममणि रिजाल, नारी समाज पोर्चुगलका अध्यक्ष सीता बराल, एनआरएन पोर्चुगलका उपाध्यक्ष तथा निर्बाचन समिति संयोजक सुनिल संगम, एनआरएन पोर्चुगलका उपाध्यक्ष तथा नेपाल चेम्बर अफ कमर्सका पोर्चुगल प्रतिनिधि शम्भु गौतम, एनआरएन पोर्चुगलका कोषाध्यक्ष रुपक श्रेष्ठ, निर्बाचन समिति सह संयोजक कृष्ण गिरी, एनआरएन पोर्चुगलका सदस्य तथा निर्बाचन समिति सदस्य सचिब रोबर्ट लिम्बु, एनआरएन पोर्चुगलका युवा संयोजक प्रितम गुरुङका साथै अन्य विभिन्न संघ संस्थाका प्रतिनिधि, समाजसेवी, ब्यबसायीहरुको उपस्थिति थियो  |

दोस्रो चरणको बन्द सत्रमा सचिब अनिल शर्माद्वारा प्रस्तुत बार्षिक प्रगति प्रतिबेदन सर्बसहमतिले पारित गरेको थियो भने घोषणा सभामा निर्बाचन समितिका संयोजक सुनिल संगमले मतदान प्रक्रियाद्वारा निर्बाचित नया कार्य समितिको घोषणा गरेका थिए साथै एनआरएन आइसीसी सदस्य रमेश कुमार गुरुङले निर्बाचित सम्पूर्णलाई पद तथा गोपनियताको सपथ गराएका थिए |

एनआरएन पोर्चुगलका अध्यक्ष भीम केसी कमल लगायत अन्य अतिथिहरुले निर्बाचित सम्पूर्णलाई अबिर र खादा लगाई बधाई तथा शुभकाना दिएका थिए | अल्गार्भमा यसरी पहिलो पटक निर्बाचन हुदा सबैको अनुहारमा उत्साह र जोसजाँगर प्रष्टसंग देखिन्थियो |

निर्बाचित कार्य समिति
अध्यक्ष: अनिल शर्मा
उपाध्यक्ष: मछिन्द्र अर्याल
उपाध्यक्ष: शिब कुमार निरौला
महिला उपाध्यक्ष:  शुष्मा गौतम कार्की (निर्बिरोध)
महासचिब: निरन्जन सेडाई
सचिब:दिनेश गुरुङ
सचिब: राम चन्द्र श्रेष्ठ
कोषाध्यक्ष: नील बहादुर थापा (निर्बिरोध)
सदस्य: गौरब बस्नेत (निर्बिरोध)
सदस्य: नरेश खनाल (निर्बिरोध)
सदस्य: सुनिता पौडेल (निर्बिरोध)
सदस्य: कोपिला  गौतम कोइराला (निर्बिरोध)
सदस्य: माया गुरुङ (निर्बिरोध)
सदस्य: केशब प्रशाद न्यौपाने (निर्बिरोध)
सदस्य: ओम प्रकाश खड्का (निर्बिरोध)

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan