Monday 11th of December | २०७४ मङ्सिर २५ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

लोडसेडिङ्ग मुक्त गराउने अभियानमा सहयोग गर्न नेपाल विद्युत प्राधिकरणको अनुरोध

न्यूजअभियान | प्रकाशित मिति : २०७३ माघ २५ मंगलबार
newsabhiyan
newsabhiyan

नेपाल विद्युत प्राधिकरण लोडसेडिङ्ग न्यूनिकरण गर्दै ग्राहकवर्गहरुमा नियमित विद्युत आपूर्ति हुने गरि आपूर्ति र माग व्यवस्थापन गर्न प्रयासरत छ । वढ्दो चिसो तथा सुख्खायामको कारण नदिहरुमा पानीको बहाव कम हुन गई विद्युत उत्पादनमा कमि हुने भएकोले विद्युतको माग व्यवस्थापनको लागि तपसिल अनुसारको कार्य गरी/गराई देशलाई लोडसेडिङ्ग मुक्त गराउने ने.वि.प्रा.को अभियानमा सहयोग पु–याई दिनुहुन सम्पूर्ण ग्राहक महानुभावहरुमा नेपाल विद्युत प्राधिकरण हार्दिक अनुरोध गर्दछ ।

१. अन्य बल्बहरुको तुलनामा वढी आयु र प्रकाश दिने लेड (LED) बल्ब प्रयोग गरेमा विद्युत खपत कम हुने र दिर्घकालिन रुपमा अन्य वल्वको तुलनामा सस्तो पर्न जाने भएकाले लेड (LED) वल्वको प्रयोग गर्ने तथा पिक लोड समय (विहानः ६ः००–९ः०० र वेलुका ४ः३०–८ः३०) मा निम्न वमोजिमको उपकरणहरु प्रयोग नगरिदिनु हुन:
आइरन, रुम हिटर, इमर्सन हिटर, पानी तान्ने पम्प, एयर कण्डिसनर, इलेक्ट्रिक गिजर, वाशिङ्ग मेशिन ।

  • रुम हिटर, ईमर्सन हिटर, एयर कन्डिस्नर, इलेक्ट्रिक गिजार लगायतका बढी विद्यतु खपत गर्ने उपकरणहरु सम्भव भए सम्म पिक लोडका अतिरिक्त अन्य समयमा समेत प्रयोग नगरिदिनु हुन ।
  • कम विद्युत खपत गर्ने – Energy Star Label भएका विद्युतीय उपकरणहरु प्रयोग गरिदिनु हुन ।
  • कोठामा मान्छे नहुदा वत्ति लगायतका विद्युतीय उपकरणहरु स्वचालित रुपमा वन्द हुने मास्टर कि स्वीच -Master Key Switchको प्रयोग गर्ने व्यवस्था मिलाउनु हुन ।
  • आवश्यक नभएको अवस्थामा सम्पूर्ण विद्युतीय उपकरणहरुको स्वीच अफ गरिदिनु हुन ।

२. पिक लोड समय साँझ (४ः३०–८ः३०) वजेसम्म साना/ठूला सम्पूर्ण उद्योग नचलाउने, उद्योगहरुमा ऊर्जा परिक्षण Energy Audit गराई उपलब्ध विद्युत शक्तिको अधिकतम (Optimum) उपयोग गर्ने, उद्योगमा क्यापासिटर बैंक अनिवार्यरुपमा जडान गर्ने व्यवस्था मिलाउनु हुन ।

३. कार्यालय तथा उद्योग परिसर एवं सडकमा कम विद्युत खपत गर्ने लेड वल्व (LED Bulb) प्रयोग गर्न र सो को लागि दिनमा निभ्ने गरी स्वचालित स्वीच (Photo Voltaic Switch) को प्रयोग अनिवार्यरुपमा गर्न, जथाभावी वत्ती नबाल्न र सौर्य सडकवत्ती प्रयोग गर्नु हुन ।

४. विद्युत चुहावट भए/गरेको पाईएमा सोको सूचना ने.वि.प्रा.को नजिकको कार्यालयमा दिई सहयोग गरिदिनु हुन अनुरोध छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan