Wednesday 20th of September | २०७४ असोज ४ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

नागरिक उड्डयनको बोनस वितरण कार्यक्रमको नाट्टाद्वारा विरोध

न्यूजअभियान | प्रकाशित मिति : २०७३ पौष २८ बिहिबार
newsabhiyan

काठमाडौं, २८ पुस । हालै विभिन्न संचार माध्यमहरुमा नेपाल नागरिक उड्डयन प्राधिकरणमा बोनस वितरण गरिने बारेको प्रकाशित समाचारबाट नेपाल एशोसिएशन अफ टूर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को गम्भिर ध्यानाकर्षण भएको प्रेस विज्ञप्तिमा जनाएको छ । र, संघ त्यसको घोर प्रतिवाद गर्दछ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अंतराष्ट्रिय विमानस्थलको भौतिक संरचना र पूर्वाधार विकाशका निम्ति भनेर वर्हिगमन गर्ने यात्रुहरुबाट निश्चित रुकम अनिवार्य शुल्कका रुपमा वसूल गर्दै आईरहेको हामी पर्यटन व्यवसायीहरुले विमानस्थल विस्तार र त्यहां गरिनु पर्ने अनेकन सुधारका कामहरु क्रमिक तवरले सम्पन्न हुंदै जाने परिकल्पना लिएर बसेको थियौं र कालान्तरमा हाम्रो विमानस्थल पनि भौतिक सुविधा सम्पन्न अंतराष्ट्रिय स्तरको उत्कृष्ट विमानस्थल बन्ने बिषयमा आश्वस्त रहेकोमा उपरोक्त समाचारले हाम्रो स्वप्नभंग गरेको विज्ञप्तिमा भनिएको छ ।

जुन उद्देश्य प्राप्तिका निम्ति यात्रुहरुबाट बर्हिगमन शुल्क उठाईएको छ– सोहि उद्देश्य प्राप्तिका लागि उठाइएको शुल्कको समुचित सदुपयोग हुनु पर्दछ र त्यहां संकलित रकमलाई कुनै पनि कारण देखाई प्राधिकरणले अतिरिक्त बोनसका रुपमा वितरण गर्न नमिल्ने यस संघको धारणा रहेको छ साथै, प्राधिकरण र त्यससंग संबंधित सम्पूर्ण सरोकारवालाहरुलाई यसै विज्ञप्ति मार्पmत् उल्लेखित बोनस वितरण नगर्न नगराउन हुन नाट्टा जोडदार मांग राख्दछ ।
 

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan