Tuesday 12th of December | २०७४ मङ्सिर २६ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

रेफ्री सेमिनार बिहीबारदेखि सुरु

न्यूजअभियान | प्रकाशित मिति : २०७३ पौष २८ बिहिबार
newsabhiyan

काठमाडौं, २८ पुस । नेपाल सोतोकान कराते संघ (एसकेआईएफ) को आयोजनामा टेक्निकल तथा रेफ्री सेमिनार बिहीबारदेखि सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा सुरु भएको छ ।

सेमिनारमा नेपाल, भारत, जर्मनी, भुटान, इङल्यान्ड र बंगलादेशका १ सय २० जनाको सहभागिता रहेको आयोजक संघका महासचिव दिलेन्द्रगोविन्द वैद्यले जनाएका छन् । सेमिनार शुक्रबारसम्म चल्नेछ ।

कानाजावा कप शनिबारदेखि 
यसैबीच एसकेआईएफकै आयोजनामा नवौं कानाजावा कप अन्तर्राष्ट्रिय कराते प्रतियोगिता शनिबारदेखि सातदोबाटोमा सुरु हुँदैछ ।

प्रतियोगितामा नेपाल, भारत, जर्मनी, भुटान, इङल्यान्ड र बंगलादेशका १ सय ३० खेलाडीको सहभागिता रहने बताइएको छ । दुईदिने प्रतियोगितामा २४ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिताको समापनका अवसरमा हालै पूर्वाञ्चलमा सम्पन्न सातौं राष्ट्रिय खेलकुदअन्तर्गत करातेको पुरुष ७५ केजीमा स्वर्ण जितेका सुवास घोतानेलाई नगदसहित सम्मान गरिने आयोजकले जनाएको छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan