Wednesday 26th of April | २०७४ बैशाख १३ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

संविधानले अधिकार दिने हो, बुद्धि, विवेक र क्षमता दिदैनः पूर्व सभामुख

न्यूजअभियान | प्रकाशित मिति : २०७३ पौष २८ बिहिबार
newsabhiyan
newsabhiyan

काठमाडौं, २८ पुस ।  पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ्घले प्रमुख दल बिचको मनमुटावले संविधान कार्यान्वयनमा जटिलता उत्पन्न भएको बताउनु भएको छ ।

‘संविधान जारी गर्ने बेला जसरी यी दल मिले, अब कार्यान्वयनमा पनि त्यसरी नै एक जुट हुनैपर्छ’ गोल्डेन खबर डट कमको बिहीवार शुभारम्भ गर्दै पूर्वसभामुख नेवाङ्घले भन्नुभयो– दल आपसमा नमिल्ने हो भने, आउँदो माघ ७ भित्रमा ३ वटै निर्वाचन गर्न सकिएन भने संविधान कार्यान्वयन हुन सक्दैन ।’

एमाले नेता नेम्वाङ्घले संविधानले जनतालाई सबै अधिकार दिएको प्रष्ट्रयाउनुभयो । ‘संविधानले अधिकार दिने हो, बुद्धि, विवेक र क्षमता दिदैन’ कार्यक्रममा उहाँले भन्नुभयो–‘बुद्धि, विवेक र क्षमता आफैले विकास गर्नुपर्छ । हामी कसरी मर्यादित बन्ने कुरा संविधानले दिदैन, मर्यादित आफै हुने हो ।’

नेता नेम्वाङ्घले लोकतन्त्रलाई संस्थागत गर्न संचारमाध्यमको भूमिका बढी हुने धारणा व्यक्त गर्नुभयो । ‘विगतका आन्दोलन सफल हुन पनि सञ्चारमाध्यमको भूमिका उल्लेखीय छ’ उहाँले भन्नु भयो– हाम्रा आवाज विश्व भर पु¥याउन सञ्चारमाध्यमकै भूमिका छ ।’

उहाँले गोल्डेनखबर डट कमलाई कान्छो संञ्चारको रुपमा लिदै जिम्मेवार भएर अगाडि बढ्न आग्रह गर्नुभयो ।
कार्यक्रममा काठमाडौं–३ का साँसद रामेश्वर फुयाँलले संघीयता पहिचाहन र सामथ्र्य हेरेर बनाउनु पर्ने बताउनुभयो । ‘५ विकास क्षेत्रलाईलाई नै संघीयता मान्दा सबै भन्दा उत्तम हुन्छ’ उहाँले भन्नु भयो ।

साँसद फुयाँलले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको योगदान कहिल्यै बिर्सन नसकिने बताउनु भयो । ‘राष्ट्रिय एकता दिवसमा सरकारले यस पाली त बिदा दिएन, तर अर्को साल जसरी पनि पृथ्वी जयन्ती मनाइन्छ ।’

मओवादी केन्द्रका पोलिटव्यूरो सदस्य प्रकाश रोकायले एनजिओ र आइएनजिओले देश बिगारेको आरोप लगाउनु भयो । ‘कर्णालीमा एनजिओलाई प्रतिबन्ध लगाउनु पर्छ’ उहाँले भन्नु भयो ।

कार्यक्रममा कलाकार मदन घिमिरे, संजय खतिवडा, पुष्कर रेग्मी, यज्ञबहादुर थापा, दीपक थापा लगायतका वक्ताले गोल्डेन खबर डट कम पत्रकारितामा पृथक ढंगको समाचार दिओस भन्ने आफूहरुको अपेक्षा भएको बताए । कार्यक्रम गोल्डेन पब्लिकेशनका अध्यक्ष प्रबिण बिष्टको अध्यक्षतामा भएको थियो ।

 

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

ताजा भिडियो ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan