• FB
  • FB
  • FB
Tuesday 28th of February | २०७३ फाल्गुण १७ मंगलबार

रिबन काट्न हेलिकप्टर चार्टर गरेर उर्जामन्त्री पुगे अर्घाखाँची !

न्यूजअभियान | प्रकाशित मिति : २०७३ पौष २८ बिहिबार
newsabhiyan

अर्घाखाँची, २८ पुस । उर्जामन्त्री जनार्दन शर्माले रोल्पा र रुकुमका जनताको माग अनुसार नै पाँच नम्बर प्रदेशबाट पहाडी जिल्ला अलग्याएको दावी गरेका छन् ।

बिहीबारदेखि सन्धिखर्कमा सुरु भएको अर्घाखाँची महोत्सवको उद्घाटन गर्न हेलिकप्टर चढेर सन्धिखर्क पुगेका नेता शर्माले अर्घाखाँचीका जनतालाई पोखरा जान टाढा भएमा सुरुङ मार्ग निर्माण गरिदिने आश्वासन दिए ।

प्रदेश विभाजन जनताको चाहनाअनुसार नै भएको दाबी गर्दै अर्घाखाँचीका जनतालाई पोखरा जान टाढा भएमा सुरुङ मार्ग निर्माण गरिदिने आश्वासन उनले बारम्बार दोहो-याए ।  उर्जामन्त्री शर्माले एमालेसँग संविधान संशोधनको बिषयमा मतदान प्रक्रियामा जाने र निर्वाचनको मिति तोक्ने सहमति भएको बताए ।

उनले सरकार पक्षले संविधान संशोधनको पक्षमा र प्रतिपक्षले विपक्षमा मत हालेर प्रक्रियामा गई टुंगाउने र छिटो भन्दा छिटो सहमतिमा निर्वाचनको मिति तोक्ने सहमति भएको बताए ।

‘सबै राजनीतिक दलहरुसँग सहमतिद्वारा मिति तोक्न सरकारले प्रयत्न गरिरहेको छ, विवादका बिचबाट एउटा सहमतिका बिचमा सरकार अगाडी बढेको छ, टेवुल गर्नका लागि सहमतिमा संसद खुलेको छ’ उनले भने । उनले गणतन्त्र, संघीयता र प्राप्त उपलब्धीलाई संस्थागत गर्न प्रमुख दलहरु एक हुनुपर्ने समेत बताए ।

शर्माले देशभरि नै लोडसेडिङ अन्त्य गर्ने गरी उर्जामन्त्रालय लागि परेको बताए । अहिले काठमाडौंसहितका शहरहरुमा लोडसेडिङ मुक्त भएको उनको भनाई छ ।

एनभिएम ग्रुपद्वारा संचालित यस् न्यूज अभियान डट कममा तपाईं हामीसँग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् ।

ताजा भिडियो ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan