• FB
  • FB
  • FB
Tuesday 28th of February | २०७३ फाल्गुण १७ मंगलबार

पार्क प्रकरणमा सामसुङका पदाधिकारीमाथि सोधपुछ

न्यूजअभियान | प्रकाशित मिति : २०७३ पौष २८ बिहिबार

सोल (दक्षिण कोरिया), २८ पुस । दक्षिण कोरियाली न्यायाधिकारीहरुले संसदबाट महाभियोग लगाइएकी दक्षिण कोरियाली राष्ट्रपति पार्क ग्यून हे विरुद्धको भ्रष्टाचार आरोपमा सामसुङ इलेक्ट्रोनिक्सका उच्च पदाधिकारी तथा त्तराधिकारी लि जाओ योङ्माथि बिहीबार सोधपुछ गरिएको छ ।

सामसुङ इलेक्ट्रोनिक्सका अध्यक्ष लि र उनका छोरा सामसुङ ग्रुपका अध्यक्ष लि कुन हीको पनि भ्रष्टाचार मुद्दामा संलग्नता भएको आरोप थियो । उनीहरुलाई बिहीबार छानविनको दायरामा ल्याउन सोधपुछ सुरु गरिएको हो ।।

लिमाथि संसदीय सुनुवाइका क्रममा झुटो बयान दिएर सामसुङको घुसकाण्डबाट जोगिन खोजेको आरोप पनि रहेको योह्याप न्यूज एजेन्सीले जनाएको छ ।

आफूमाथि चासो व्यक्त गरी कोरियाली जनताबीच कानुनी छानविनको दायरामा ल्याइएकोमा असन्तुष्टि व्यक्त गर्दै यस प्रकरणमा आफ्नो कुनै दोष नभएको,” लीले सोधपुछका क्रममा न्यायाधिकारीलाई बताएका योनह्यापले जनाएको छ ।

उक्त अवसरमा लि र उहाँका वकील अगाडि दर्जनौ कोरियाली नागरिक लिको पक्राउका माग गर्दै नारावाजी समेत गरिएको थियो । रासस-एएफपी 

एनभिएम ग्रुपद्वारा संचालित यस् न्यूज अभियान डट कममा तपाईं हामीसँग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् ।

ताजा भिडियो ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan