• FB
  • FB
  • FB
Tuesday 28th of February | २०७३ फाल्गुण १७ मंगलबार

एनसीसी बैंक काण्ड : गजब छ ! जसले एनसीसी डुवायो उसैको सेटिङमा सञ्चालक

न्यूजअभियान | प्रकाशित मिति : २०७३ पौष २८ बिहिबार
newsabhiyan

काठमाडौं, २८ पुुस । बिगतमा नेपाल क्रेडिट एण्ड कर्मस बैंक ( एनसीसी )लाई डुुवाउनको लागि ठोस रुपमा भुमिका खेलेका एनबी समुहका लक्ष्मी बहादुर श्रेष्ठ, पुर्ण बुहादुर श्रेष्ठ र जीत बहादुर श्रेष्ठको बिशेष प्रतिनिधीको रुपमा बैंकभित्र एक सञ्चालक रहेको तथ्य सार्वजनिक भएको छ ।

प्राप्त जानकारी अनुसार सांसद समेत रहेका मोहन बहादुर बस्नेत एनसीसीमा संस्थापक सेयरधनी समुह मध्येबाट सञ्चालक रहेका छन् ।

सञ्चालक समितीमा बस्नेतको प्रतिनिधित्व एनबी समुहको तर्फबाट भएको दावी श्रोतले गरेको छ । बिशेषगरी एनबी समुहकै छत्रछायाँका कारण बैकमा लामो समयसम्म प्रमुुख कार्यकारीकोरुपमा रहन सफल भएका बर्तमान प्रमुुख कार्यकारी अधिकृत रमेश राज अर्याल र एनबी समुहका श्रेष्ठ दाजुुभाईको प्रत्यक्ष दवावमा नै एनसीसीमा बिगतमा नेपाल राष्ट्र बैंकका तर्फबाट पठाईएका कार्यकारी निर्देशक अर्थात एनसीसीको व्यवस्थापन समिती संयोजक लक्ष्मी प्रपन्न निरौलााले बस्नेतलाई एनसीसीमा सञ्चालक नियुुूक्त गरेका हुुन ।

यो नियुुक्तीले बैंकमा अझै पनि एनबी समुहको दवादवा कायम रहेको देखिएको र यसले आगामी दिनमा पनि बित्तीयरुपमा सवल हुने आसा क्षण भएको दावी सेयरधनीहरुले गरेका छन् ।

एनसीसीको मर्जर प्रकृृया अन्तिम चरणमा पुुगेको अवस्थामा मर्जर प्रकृया रद्ध गर्न एनबी समुहले मर्जर बिरुद्ध अदालतमा मुुद्धा दायर गरेको थियो ।

सो मुुद्धा पश्चात मर्जर प्रकृया लम्बिएको र एनबी समुहले एनसीसीको व्यवस्थापन तथा सञ्चालक पक्षबिच बार्गेनिङ गरेपछि एनसीसी बर्तमान सञ्चालक समितीमा एनबी समुहको प्रतिनिधी रहेको हो ।

बिगतमा एनबी समुह र एनसीसीको सञ्चालन तथा व्यवस्थापन पक्षबिच भएको सहमती आधारमा एनबीको प्रतिनिधी एनसीसी रहेको र यसले आगामी दिनमा बैंकको अवस्था अझ निकै खराव हुुन सक्ने आशंका आम सेयरधनीहरुले गरेका छन् । 

मर्जरबाट एकीकृत संस्था नेपाल क्रेडिट एण्ड कमर्स बैंक लि. को कुल चुक्ता पूँजी आज चार अर्ब ६७ करोड ९८ लाख , निक्षेप ५५ अर्ब र कर्जा रकम ४८ अर्ब  रहेको छ । यसैगरी शाखा सञ्जाल ९६ रहेको छ भने कर्मचारी संख्या एक हजार २६ रहेको छ ।

तर  यि मध्येपनि बैकमा सञ्चालन तथा व्यवस्थापन पक्षको अधिकांस प्रमुख व्यक्तिहरुले बिगतमा दिनहरुमा एनबी समुहले नै नियुुक्त गरेका व्यक्तिहरु रहेकाकारण पनि बैक सुधारको संभावना निकै नै कमजोर देखिएको दावी सेयरधनीहरुको रहेको छ ।

एनभिएम ग्रुपद्वारा संचालित यस् न्यूज अभियान डट कममा तपाईं हामीसँग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् ।

ताजा भिडियो ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan