Wednesday 22nd of November | २०७४ मङ्सिर ६ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

मुलुकभर बुधबार र आज बिहिबार कहाँ के भयो ?

न्यूजअभियान | प्रकाशित मिति : २०७३ पौष २८ बिहिबार
newsabhiyan
newsabhiyan

न्यूज अभियान, काठमाडौं, २८ पुस  । मुलुकभर बुधबार र आज बिहिबार कहाँ के भयो ? मृत्यु तथा घाइतेहरुको नाम ठेगाना सहित नेपाल प्रहरीको सहयोगमा रिपोट

बाग्लुङ ः बोहोरागाउँ–८ कालाखेत स्थित मध्यपहाडी लोक मार्गमा ना.४ ख ९२२० नम्बरको बसको ढोकाबाट बुधबार देविस्थान–५ बस्ने १८ बर्षीय पदम सिंजाली खस्न जाँदा गम्भीर घाइते भएकोले उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिवाङ लगिएकोमा मृत्यु भएको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

धादिङ ः बुढाथुम–५ स्थित ग्रामिण सडक खण्डमा ग.१ त १११४ नम्बरको ट्याक्टर बुधबार अनियन्त्रित भई दुर्घटना हुदाँ चालक सोही ठाउँ बस्ने २१ बर्षीय पुर्ण नेपाली र ट्याक्टरमा सवार गोरखा मानबु–८ धुनचेत वस्ने १९ बर्षीय कुमार गुरुङ घाइते भएकोले उपचारको लागी स्थानिय मेडिकल पठाइएकोमा उपचारको क्रममा कुमार गुरुङको मृत्यु भएको छ ।

दाङ ः हेकुली–१ बैवाङ भन्ने स्थानमा लु.२ त ४१०३ नम्बरको ट्याक्टर बुधबार पल्टेर दुर्घटना हुँदा हेकुली– १ बस्ने १४ बर्षीय अक्षकुमार थारु सहित ६ जना घाइते भएकोले उपचारको लागी राप्ति अञ्चल अस्पताल तुल्सीपुर पठाइएकोमा उपचारको क्रममा अक्ष कुमार थारुको मृत्यु भएको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

रामेछाप ः पकरबास–६ स्थित ढुङ्गेल गाउँको सडक खण्डमा बा.४ ख १७५५ नम्बरको मिनि ट्रक बुधबार अनियन्त्रित भई सडकबाट अन्दाजी २ सय मिटर तल खसेर दुर्घटना हुदाँ ट्रक चालक भिरपानी–१ सित्खा बस्ने २० बर्षीय दिनेश माझी र १९ बर्षीय कुमार माझीको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा सह चालक २० बर्षीय  जुगल मगर घाइते भएकोले उपचारको लागि तामाकोशी अस्पतालमा पठाइएको छ ।

लडेर मृत्यु ः

सिन्धुली ः कुसेश्वर दुमजा– २ बस्ने ४० बर्षीय नन्दलाल श्रेष्ठको बुधबार घर नजिकै खेतमा पानी लगाई घर फर्कने क्रममा कुलोमा लडेर मृत्यु भएको छ ।
यसैगरी सिन्धुली कमलामाई नगरपालिका–१२ बस्ने ५२ बर्षीय मानबहादुर खड्का बुधबार घर नजिकैको कल्भर्टबाट लडेर गम्भीर घाइते भएकोले उपचारको लागि जनसेवा अस्पताल बर्दिबास लगिएकोमा उपचारको क्रममा आज मृत्यु भएको छ ।
 

मृत अवस्थामा फेला ः

पाल्पा ः  हुँगी–१ मजुवा स्थित अर्जुन अर्यालको घर नजिक बुधबार बुटवल उपमहानगरपालिका–१ घर बताउने ३० बर्षीया सृजना थापा मृत अवस्थामा फेला परेकी छिन् ।
उदयपुर ः कटारी नगरपालिका–७ बस्ने ४५ बर्षीय टिका कार्की बुधबार सोही ठाउँको राजाबास खोलाको दहमा डुबेर मृत्यु भएको अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 आगलागीबाट क्षति ः
 
भक्तपुर ः भक्तपुर नगरपालिका–१३ दरबार स्क्वायर स्थितमा तलेजु भवानीको दुईतले पुरानो काठले बनेको मन्दिरको भान्सा कोठामा करेन्ट सर्ट भई बुधबार आगलागी हुदाँ करीव  १२ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

काठमाडौँ ः कागेश्वारी मनोहरा–२ दाँची स्थित सिन्धुपाल्चोक घर भएको जगतबहादुर बोगटी सार्कीको जस्ताको टहरोमा बुधबार करेन्ट सर्ट भई आगलागी हुदाँ करीव ४ लाख ४६ हजार रुपैयाँ बराबरको धनमाल जलेर क्षति भएको छ ।
 

पर्सा ः हरीहरपुर–९ गुलरिया टोल बस्ने सुरेस पासवानको घरमा बुधबार धानको भुसमा आगो लगाई लामखुट्टे धपाउन बालेको आगोबाट आगलागी हुदाँ नगद २५ हजार सहित करीव ३ लाख ५० हजार रुपैयाँ बरावरको धनमाल जलेर क्षति भएको छ ।
 

रुपन्देही ः सिद्धार्थनगर नगरपालिका–६ मिलनचोक स्थित सुस्मा सरकारको घरमा बिनोद गुप्ताले संचालन गरेको हरी फेन्सी स्टोरमा बुधबार करेन्ट सर्ट भई आगलागी हुदाँ स्टोरमा रहेको करीव २० लाख रुपैयाँ बराबरको जुता, चप्पल, ब्यागहरु जलेर क्षति भएको छ ।

कपिलवस्तु ः बाणगंगा नगरपालिका–१० दर्शन चेक स्थितफिरोद अहमदको सिरक डस्नाको पसलमा बुधबार करेन्ट सर्ट भई आगलागी हुँदा करीव ७÷८ लाख रुपैयाँ बराबरको धनमाल जलेर क्षति भएको छ ।
स्थानीय बासिन्दाको सहयोगमा प्रहरीले आगलागी नियन्त्रण गर्नुको साथै आवश्यक अनुसन्धान गरिरहेको छ ।

डडेल्धुरामा बुधबार बेलुका जिप दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । डडेल्धुरा सदरमुकामबाट कैलपालमाडौँ गाविसको ग्रामीण सडकबाट सदरमुकाम रुमायल जाँदै गरेको से १ ज ७८७ नंको जिप गणेशपुर गाविसको सिमलपुर गाउँमा दुर्घटना भएकोे हो 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan