Thursday 21st of September | २०७४ असोज ५ बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

'९ वर्षमा ५ पटक जेल, ३ वर्षमा १५ स्थानमा डकैती'

न्यूजअभियान | प्रकाशित मिति : २०७३ पौष २७ बुधबार
newsabhiyan

 काठमाडौं, २७ पुस । उपत्यकामा श्रृंखलाबद्ध रुपमा डकैती र चोरी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय अपराध महाशाखाको टोलीले रामेछाप दोरम्बा ८ घर भइ काठमाडौंको कागेश्वरी मनहरा बस्ने सागर भन्ने टिका थापा मगरलाई पक्राउ गरेको हो। उनले उपत्यकाका विभिन्न् थानमा चोरी तथा डकैती गर्ने गरेको एसएसपी सर्वेन्द्र खनालले बताए।

उनले गत पुस २२ गते भक्तपुर कौशलटारमा एनआइसी बैंकबाट रकम निकालेर जाने क्रममा मन्दिरा अधिकारीको ६ लाख रुपैयाँ लुटेका थिए। त्यसपछि प्रहरीले सिसिटिभी निगरानीबाट थापालाई पक्राउ गरेको प्रहरी निरीक्षक भरत थापाले बताए।

बैंकबाट निकालेको तीन लाख ६० हजार रुपैयाँसहितको झोला काँधमा झुण्ड्याएर मनी ट्रान्सफर संचालिका गोगंबुकी यमकला भण्डारी फर्किर्दै थिईन् । मोटरसाइकलमा आएका दुई युवाले उनको काँधबाट झोला यसरी थुते, त्यसको फित्ता चुँडियो । यमकला हेरेको हेर्‍यै ।

पछिल्लो ३ वर्षको अन्तरमा उनले १५ पटक चोरी तथा डकैती गरेको खनालले बताए। २०६४ सालदेखि अहिलसम्म उनी ५ पटक जेल परेका छुटेका छन् । २०६४ साल भदौं १ गते डाँका मुद्दामा उनी पक्राउ परे। त्यसपछि छुटेर फेरि उनी २०६५ साल जेठ ५ गते चोरी मुद्दामा जेल गए।

२०६८ साल असार २४ गते मोटरसाइकल चोरीमा जेल परेपछि ६८ साल फागुन ५ गते जेलबाट छुटेका थिए। उनी फेरि २०६९ साल साउज ३ गते चोरी मुद्दामा फत्राउ परे । जेलबाट छुटेर फेरि उनी २०७२ साल असार ७ गते चोरी तथा डाँका मुद्दामा फत्राउ परि २६ लाख धरौटी बुझाएर छुटेका थिए।
पछिल्लो ३ वर्षमा उनले गरेका चोरी तथा डकैती
-मिति २०७३।२।१ गते पिडित राम थापाले का।जि।महाराजगन्ज स्थित शिक्षण अस्पताल को पार्कीङमा पार्किंङ राखेको बा ७४ प३६३२ नंको निलो रंगको मोटर साईकल चोरी गरी लगेको।
-मिति २०७३।६।५ गते जिल्ला काभ्रे बनेपानगर पालिका तरकारी बजार अगाडी रहेको बैकमा पैसा जम्मा गर्न भनि झोलामा बोकी लादै गरेको नगद रु ३७,००,०००।( रुपैयाँ मोटरसाइकलमा आएका २ जनाले जबर्जस्ती लुटपाट गरि लान खोजेको तर असफल भएको
- मिति २०७३।६।१४ गते जिल्ला भक्तपुर राधे राधे मन्दिर नजिक बाट माया देबी उप्रेतीको साथमा रहेको नगद रु ९३,०००।–जबर्जस्ती लुटपाट गरी लगेको ।
- मिति २०७३।८।०५ गते जिल्ला भक्तपुर कटुन्जे २ स्थित मनी ट्रान्सफर बाट सुस्मिता सुबेदीले नगद रु ७३,६६९ निकाली जाने क्रममा मोटरसाइकल आई उक्त रकम जबर्जस्ती लुटपाट गरी लगेको । 

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan