Sunday 26th of March | २०७३ चैत १३ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

लागूऔषध चरेश सहित पक्राउ

न्यूजअभियान | प्रकाशित मिति : २०७३ पौष २७ बुधबार
newsabhiyan

धादिङ, २७ पुस । इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरी टोलीले अवैध लागूऔषध चरेशको खरिद विक्री गर्ने ४ जनालाई ४० के।जी। चरेश र १ लाख ६१ हजार २ सय भारतीय रुपैयाँ सहित पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा भुमेस्थान–७ सिम्ले बस्ने शम्भु रिजाल, भारतीय नागरिक अकलेश कुमार भगत, सन्तोष पासवान र बिट्ट भन्ने मधु गिरी रहेका छन् ।

भुमेस्थान–६ सिम्ले बजारमा शम्भु रिजालले ठूलो परिमाणमा लागूऔषध चरेशको बेच बिखन कारोवार गरिरहेको सूचना प्राप्त हुनासाथ खटिएको प्रहरी टोलीले उनीहरुलाई मंगलबार राति खरिद विक्री गरिरहेको अवस्थामा पक्राउ गर्ने क्रममा उनीहरु चरेश लिएर भागेका थिए ।

प्रहरीले केही पर रहेको गोठबाट भारतीय नागरिकहरुलाई ४ वटा झोलामा रहेको उक्त चरेश र नगद ९ हजार २ सय भारतीय रुपैयाँ सहित र कारोवारी रिजाललाई भाग्दै गरेको अवस्थामा भारतीय १ लाख ५२ हजार रुपैया सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

न्यूज अभियान डट कमको अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् र हरेक खबर विशेष खबरका लागि पल-पलको अपडेट पाउनुहोस् ।

ताजा भिडियो ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan