Sunday 23rd of July | २०७४ श्रावण ८ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

बि.सं.२०७३ साल पौष २७ गते बुधवारको राशिफल

न्यूजअभियान | प्रकाशित मिति : २०७३ पौष २७ बुधबार
newsabhiyan
newsabhiyan

आजको पञ्चाङ्ग –
नेपाली मितिः वि.सं. २०७३ । नेपाल सं. ११३७ । योग सं. ३७ । पौष महिनाको २७ गते बुधवार ।
अँग्रजी मितिः ई.सं. २०१७ जनवरी महिनाको ११ तारिख ।
योगः  ऐन्द्र योग ।
तथीः हेमन्त ऋतु पौष शुक्लपक्षको चतुर्दशी, १९ः३२ बजेपछि पूर्णिमा तिथी । 
नक्षत्रः आद्र्रा नक्षत्र ।
करणः गर ०८ः३३ बजेसम्म उपरान्त वणिज करण ।
चन्द्रमाः  मिथुन राशिमा ।
काठमाडौंमा सूर्योदयः ०६ः५८ बजे ।
काठमाडौंमा सूर्यास्तः १७ः२६ बजे ।
राहुकालः १२ः१२  बजेपछि १३ः३१ बजेसम्म ।
यात्राः दक्षिण एवं नैऋत्य दिशाको लागि उपयुक्त छ ।

आजको राशिफल

मेष राशिः
मेष राशि हुनेहरुको लागि आजको दिन मिश्रित रुपम लिनसकिन्छ । पुरुषार्थ बढ्ने र राम्रो उद्यम सम्पादन हुनपर्ने खालको दिन भएपनि मुख्य काममा ग्रहको केही अबरोध भने देखिएको छ । तथापि सामान्यजसो दैनिक कामकार्य ठिकै चल्ने देखिन्छ । महत्त्वपूर्ण कार्ययोजनाको बारेमा पनि जमर्को चाहीँ हुनेछ  । आफन्तीसँग भेटघाट हुने र केहीहद्सम्म सहयोग पनि पाइने छ । व्यवसायिक क्षेत्रबाट आंशिक लाभ पनि गर्नसकिने छ । मुख्य एवम् महत्त्वपूर्ण काममा आउने विघ्नता निवारणको लागि माँ महालक्ष्मी देवीको श्रद्धाभक्ति गर्नु शुभकारक हुनेछ ।

वृष राशिः
वृष राशिका व्यक्तिहरुको लागि आजको दिन सामान्य अनुकूल देखिएको छ । वाणीमा दोष लाग्नसक्ने ग्रहगोचरीय स्थिति रहेकोले बोलीवचनको व्यवहारमा ख्याल गर्नु उपयुक्त हुनेछ । व्यवसायिक कार्यमा भने प्रगति हुने देखिएको छ तथापि सन्चित धनको अपव्ययलाई भने नकार्न सकिन्न । समाजिक कार्यमा संलग्न हुने मौका मिल्नसक्ने छ । नाता–कुटुम्बिक सम्बन्धमा पनि केही सजग हुन जरुरी छ । आज यहाँको लागि दुई अङ्क, सेतो रङ्गको उपयोग गर्नु उपयुक्त रहने छ भने लक्ष्मीनारायण भगवानको सेवाआराधनाले प्रतिकूल ग्रहप्रभावको सामना गर्ने क्षमताको बृद्धि गर्नेछ ।

मिथुन राशिः
मिथुन राशिका व्यक्तिहरुको लागि आजको दिन विकास हुनेछ । मनोनुकूल वातावरण सृजना हुनाले मनोरञ्जन एवम् खुशीयाली बढ्ने छ । मनोवाञ्छित स्वादिष्ट भोजनद्वारा मेजमानी मिल्नसक्ने छ । इष्टमित्रको आगमन हुने र सौगात तथा उपाहार मिल्नसक्ने सम्भावना छ । नयाँ काममा लगानी वा शेयर आदि कारोबारको अवसर मिल्नसक्ने छ । पेशागत लाभ एवम् सफलता प्राप्त हुनेछ । दाम्पत्य एवं प्रेमसम्बन्ध प्रगाढ बन्ने छ । आज यहाँलाई एक अङ्क, रातो रङ्गको प्रयोग र भगवान श्रीहरिको भक्तिले अरु थप हित गर्ने छ ।

कर्कट राशिः
कर्कट राशिका व्यक्तिहरुको लागि आजको दिन केही कठिनाइको सामना गर्नपर्ने खालको रहेको छ । कामकार्यमा आज तुलनात्मक रुपमा बढीनै कोसिस गर्नुपर्ने छ । सोँचविचार विना बहकावमा आएर कुनै कार्य नगरेकै राम्रो हुनेछ । धैर्य धारण गर्न नसके खतिक्षति हुनसक्ने र पश्चाताप पर्ने सम्भावनालाई नकार्न सकिन्न । फजुल यात्राको पनि योग देखिएको छ । यो राशि हुने कसैकसैलाई अनपेक्षित खर्च बढ्नसक्ने भएकोले जुहो गरेको व्यवस्था अपुग पनि हुनसक्छ । तथापि आज केही संघर्षको सामना पछि गर्जो टर्दै जानेछ धैर्य गर्नुहोला । आज यहाँको लागि तीन अङ्क, पहेंलो रङ्गको प्रयोग र भगवान नारायण श्री हरिको श्रद्धाभक्ति एवं दर्शनसेवा शुभकर हुनेछ ।

सिंह राशिः
सिंह राशि हुनेहरुको लागि आजको दिन पुरुषार्थ बृद्धि हुनेछ । तपाईँको कामकार्यको मान्छेहरुबाट प्रसंशा मिल्ने र सहयोग प्राप्ति हुनाले चित्तमा शान्ति हुनेछ । व्यवसायिक व्यस्त भइने र प्रगति एवम् उन्नति हुनेछ । तथापि परिश्रमविनाको धर्नाजर्न तर्फपनि मन आकर्षित हुनसक्ने भय देखिन्छ । नैतिकता बचाउन यहाँको लागि परीक्षाको घडि बन्नसक्नेछ । विद्यार्थीहरु परीक्षामा उर्तिण भइने र हौसला मिल्ने छ । यात्रा हुनसक्ने सम्भावना पनि छ । नयाँ व्यक्तिसँग सुमधुरसम्बन्ध स्थापित हुनेछ । आज यहाँलाई दुई अंक, सेतो रङ्गको प्रयोग तथा दीनदुखीको सेवा फापकर हुनेछ । 

कन्या राशिः
कन्या राशि हुनेहरुको लागि आजको दिनलाई उत्तम मान्न सकिन्छ । विशेष कामको योजनामाथि विचारविमर्श गराउनसक्ने गोचर परेको छ । औपचारिक मानसम्मानमा बढोत्तरी हुनेछ भने पदप्रतिष्ठाको आश्वासन पनि मिल्नसक्ने छ । उन्नति एवम् उच्चवर्गसँगको संपर्कले मनोबल र महत्त्वाकांक्षा पनि बढाउने छ । राजनीति तथा समाजसेवा वा जागिर आदि कार्यक्षेत्रमा जिम्मेवारी मिल्नसक्ने छ । व्यवसायले प्रसिद्धि पाउनेछ । आत्मबल बढेर आउनेछ । आज यहाँको लागि एक अङ्क, रातो रङ्गको प्रयोग र माँ इन्द्रायणीको सेवाश्रद्धा तथा आराधना शुभप्रद हुनेछ । गरीब दीनदुःखीलाई दान सहयोग गर्नाले ईच्छित कार्य पूरा गराउन दैवीय कृपा मिल्नेछ ।

तुला राशिः
तुला राशिहुनेहरुको लागि आजको दिन अध्यात्मिक तथा आस्तिक भावना बढ्ने तथा धार्मिक कार्यप्रति उत्प्रेरणा जागृत हुने दिन रहेको छ । समाजसेवा तथा परोपकार आदि कार्यमा पनि संलग्न हुन र प्रतिष्ठा कमाउन सकिने छ । व्यवसायमा पनि लक्ष्मी कृपा हुने ग्रहगोचरको प्रभाव परेको छ । यात्रायोजना एवम् नयाँ कार्यको थालनीको बारेमा विचार विमर्श हुनेछ । रोकिएर रहेका केही कार्यमा सफलता मिल्नेछ भने जागिरबाट पनि सन्तोष भइनेछ । आज यहाँहरुलाई नौ अङ्क, पहेलो रङ्गको प्रयोग र गुरुजनको सेवा एवं सम्मान गर्नु शुभदायक हुनेछ ।

वृश्चिक राशिः
वृश्चिक राशिहुने व्यक्तिहरुको लागि आजको दिन सोँचेभन्दा बढी संघर्ष गर्न पर्ने खालको देखिएको छ । स्वास्थ्यमा समस्या आउनसक्ने ग्रहगोचर रहेकोले दीर्घरोगीले बढी होसियारी रहनु पर्ने र आहारविहारमा ख्याल पुर्याउनु उपयुक्त हुनेछ । शत्रुपक्ष सक्रिय हुनसक्ने र कार्यक्षेत्रमा पनि केही अबरोधको सामना गर्नुपर्न सक्छ जसको लागि सकारात्मक सोँचको विकास गर्नु तथा धैर्य र संयमको अभ्यास गर्नु बुद्धिमानी हुनेछ । आठ अंक, रातो रङ्ग आज यहाँको लागि शुभ रहनेछ भने बाधाबिघ्न निवारणको लागि विष्णु भगवानको सेवा श्रद्धा गर्नु गराउनु हितकर हुनेछ ।

धनु राशिः
धनु राशि हुनेहरुको लागि आजको दिन विपरितलिङ्गी तर्फको आकर्षण बढ्ने तथा आमोद–प्रमोदको चाहनामा बृद्धि हुने छ । व्यवसायिक उन्नति हुनाले केहीहद्सम्म आर्थिक सङ्कलन हुनेछ भने आफन्तिको शुभसन्देश प्राप्त गर्नसकिने छ । औपचारिक कार्यक्रम आदिको निमन्त्रणा मिल्नसक्ने छ । चोटपटक आदिको भय पनि देखिएकोले यात्राको हकमा भने अल्लि विचारपुर्याउन पर्ने देखिएको छ । प्रेम तथा विवाहको प्रस्ताव आउनसक्ने छ । व्यापारमुखी कार्यले बढी सफलता दिनसक्ने छ ।  आज यहाँलाई सात अंक, सेतो रङ्ग शुभ हुनेछ भने कुलदेवताको दर्शनभक्ति गर्नुले अनिष्ट गोचरदोषलाई निवारण गर्न मद्दत हुनेछ ।   

मकर राशिः
मकर राशिहुने व्यक्तिहरुको लागि आजको दिन तुलनात्मकरुपमा सुधारोन्मुख देखिए पनि विशेष मानिएको कार्यमा गन्तव्यचुम्न संघर्ष देखिएको छ । सामान्यतया आरोग्यता र हिम्मत–क्षमता बढ्दाबढ्दै पनि सो“चेकै कार्यमा सफलता हातपार्न अल्लि कठिन पर्ने देखिन्छ । दैनिकी कामकार्य तथा पेशाको क्षेत्रमा स्वभाविक सफलता एवं लाभ प्राप्त हुनेछ । शुभेच्छुक जनहरुबाट पनि केही काम लिन सकिनेछ । यात्रालाई पनि गोचरले प्रोत्साहन गरेको छ, मान्यजन वा विरामी जनको भेट्घाटमा समयको सदुपयोग गर्नु उचित हुनेछ । राजनीति, समाजसेवाजन्य क्षेत्रमा केही सकारात्मक परिणाम हातपार्न सकिने छ । मुख्य कार्यमा देखिने संघर्ष निवारणको लागि गुरुगणपतिको भक्तिले अदृष्य रोकावट हट्ने छ ।

कुम्भ राशिः
कुम्भ राशिका व्यक्तिहरुको लागि आजको दिन सकारात्मक मानिहाल्न अल्लि मिल्दैन तथापि बुद्धि पुर्याउनसके ज्ञानार्जनको क्षेत्रमा प्रगति गर्नसकिने छ तर विद्याको उन्माद बढ्ने हो कि भन्ने डर पनि देखिन्छ । जन्मकालमा प्रतिकूल ग्रह हुनेहरुलाई शीर तथा मस्तिष्कसम्बन्धी समस्या आउनसक्ने खतरा पनि देखिन्छ ।  विनापरिश्रमको धनार्जन गर्ने चेष्टाले परिणाम राम्रो नदिनसक्ने छ, ख्याल गर्नुपर्ला । फजुलका विषयमा चेष्टा दिँदा आफ्नो मुख्यकाम थाति रहनसक्ने सम्भावना छ । वस्तुपरिस्थिति बुझेर अघिबढ्नु र घमण्डललाई संयम गर्नु बुद्धिमानी हुनेछ । पाँच अङ्क, रातो रङ्गको प्रयोग र लक्ष्मीनारायण भगवानको भक्तिभाव गर्नु आज यहाँको लागि शुभप्रद हुनेछ ।

मीन राशि:
मीन राशिका व्यक्तिहरुको लागि आजको दिन होसियारी रहनुपर्ने देखिएको छ । विनाकारण कसैसँग वादविवाद तथा मनमुटाव हुनसक्ने सम्भावना रहेको छ । व्यवहारमा जरुरीसम्बन्ध मात्रै राख्नु उपयुक्त हुनेछ । आज केही पारिवारिक समस्याको पनि सामाना गर्न पर्नसक्ने छ । अगाडि सारिएको  काममा विलम्ब हुने तथा अबरोध आइपर्नसक्ने सम्भावना रहेकोले धैर्यताको मानसिकताको विकास एवम् अभ्यास अवलम्बन गर्नुपर्ला । मानसिक संकिर्णतालाई प्रवेश नदिई आफ्नो कर्मक्षेत्रलाई निरन्तरता दिनाले भने केही लाभ गर्नसकिने छ । आज चार अंक, सेतो रङ्ग यहाँको लागि उपयुक्त हुनेछ भने आमाको आर्शिवादले यहाँलाई ठूलो हित गर्नेछ । 

आज जन्म दिन पर्ने सबैलाई न्यूज अभियान डट् कम परिवारको तर्फबाट सुस्वाथ्य एवम् दीर्घायु र उत्तरोत्तर प्रगतिको शुभकामना ....। एप मार्फत एंड्रोईड मोबाइलमा राशिफल हेर्नका लागि : Download Link : https://goo.gl/29PZux

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan