Tuesday 27th of June | २०७४ असार १३ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

बि.सं.२०७३ साल पौष २६ गते मङ्गलवारको राशिफल

न्यूजअभियान | प्रकाशित मिति : २०७३ पौष २६ मंगलबार
newsabhiyan
newsabhiyan

आजको पञ्चाङ्ग –
नेपाली मितिः वि.सं. २०७३ । नेपाल सं. ११३७ । योग सं. ३७ । पौष महिनाको २६ गते मङ्गलवार ।
अँग्रजी मितिः ई.सं. २०१७ जनवरी महिनाको १० तारिख ।
योगः  शुक्ल, ०८ः१४ बजेपछि ब्रम्ह योग ।
तथीः हेमन्त ऋतु पौष शुक्लपक्षको त्रयोदशी, २१ः३७ बजेपछि चतुर्दशी तिथी । 
नक्षत्रः मृर्गशिरा नक्षत्र ।
करणः कौलव १०ः४४ बजेसम्म उपरान्त तैतिल करण ।
चन्द्रमाः  वृष राशिमा, १७ः४८ बजेपछि मिथुन राशिमा ।
काठमाडौंमा सूर्योदयः ०६ः५८ बजे ।
काठमाडौंमा सूर्यास्तः १७ः२५ बजे ।
राहुकालः १४ः४८  बजेपछि १६ः०७ बजेसम्म ।
यात्राः  अग्नि दिशाको लागि उपयुक्त छ ।

आजको राशिफल

मेष राशिः
मेष राशि हुनेहरुको लागि आजको दिन वाणीको ओज घट्नसक्ने ग्रहगोचर देखिएको छ । पेशा तथा व्यवसायबाट केहीहद्सम्म धनखजाना जम्मा हुने तथा आफन्तहरूबाट सहयोग मिल्ने एवम् उत्साह उमङ्ग हुने भएपनि सम्पत्ति दुरूपयोगको संभावनालाई पनि नकार्न सकिन्न । निराधार आश्वासनको भरविश्वास नगरेकै राम्रो हुनेछ । विपरित खानपानको संगतमा पर्नसकिने पनि सम्भावना देखिएको छ । सोँचविचार पूर्वक व्यवहारिक बनेर प्रस्तुत भएमा नगरीनहुने काम केहीहद्सम्म अगाडि बढाउन सकिनेछ भने आंशिक लाभ पनि गर्नसकिने छ । आज तपाईँको लागि भगवान गुरु गणेशको दर्शन एवं विद्वान गुरुहरुको आर्शिवाद फापकर हुनेछ ।

वृष राशिः
वृष राशिका व्यक्तिहरुको लागि आजको दिन ग्रहको केही अबरोध हुँदाहुँदै पनि ईज्जत तथा मानप्रतिष्ठामा विकास हुनेछ । दिन मनोरञ्जन एवम् खुशियालीप्रद रहने छ । मनपर्ने स्वादिष्ट भोजनद्वारा मेजमानी मिल्नसक्ने छ । इष्टमित्रको आगमन हुने र कसैबाट उपाहार पनि मिल्नसक्ने गोचर रहेको छ । पारिवारिक सौहार्द वातावरण निर्माण हुनेछ । नयाँकाम वा शेयर आदिको लगानीको प्रस्ताव आउनसक्ने छ । दैनिकी कामकार्यबाट लाभ प्राप्त हुनेछ । आज यहाँको लागि एक अङ्क, रातो रङ्गको उपयोग र ग्रहबाधा निवारणको लागि विघ्नहर्ता श्री गणेशको स्तुति तथा उपाशना गर्नु र विद्वान गुरुजनको शुभार्शिवाद लिनु लाभप्रद हुनेछ ।

मिथुन राशिः
मिथुन राशिका व्यक्तिहरुको लागि आजको दिन सोँचविचार नपुर्याई अनावश्यक रुपमा गरिएको घुमफिरले अन्ततः खर्चलाई नै प्रोत्साहन गर्ला । सुझबुझ नगरी गरिएको फुर्तिफार्तिले पश्चाताप पार्नसक्ने छ । अप्रत्यासित रुपमा कामकार्यमा अबरोध आउनाले मानसिक डर, अपयश एवं उद्दिग्नता हुनसक्ने कुरालाई नकार्न सकिन्न । आयमा मन्दि आउने तथा सञ्चित धनखजानाको खर्च हुने, अस्वस्थता बढ्नसक्ने आदि कुरालाई पनि गोचरले लक्षित गरिरहेको छ । मानप्रतिष्ठामा ह्रास आउने, विनाजरुरीको क्षेत्रमा अनर्थ परिश्रम हुनजाने आदि संघर्षजन्य परिवेशको सामना गर्नपर्न सक्नेछ । साँझबाट भने स्थितिमा सुधार आई अनुकूलता बढ्नथाल्ने छ ।

कर्कट राशिः
कर्कट राशिका व्यक्तिहरुको लागि आजको दिन हुनलाई आम्दानीकर ग्रहयोग परेको छ तरपनि बढी चाहना गरिएको तथा बढी महत्त्वपूर्ण ठानिएको कार्यमा ग्रहको अबरोध देखिएको छ ।  आश्वासन मिलेको ठाऊँबाट हुनपर्ने आर्थिक लाभ हुनलाई पनि अल्लि कठिनाई पर्नसक्ने छ । सामान्य कामकार्य स्वभाविकै रहने देखिन्छ । पेशा एवम् व्यवसायमा ठिकै सफलता मिल्नेछ । स्वजनहरुसँग भेट्घाट हुनपाइने तथा शुभसन्देश प्राप्त हुनेछ । आज यहाँको लागि दुई अङ्क, सेतो रङ्गको प्रयोग अनुकूल रहनेछ भने विशेष मानिएको काममा आउने अड्चन निवारणको लागि भगवान भैरवदेवको  भक्तिभाव गर्नु उपयुक्त हुनेछ ।

सिंह राशिः
सिंह राशि हुनेहरुको लागि आजको दिन यद्यपि मानप्रतिष्ठा बढ्ने, उच्चस्तरसँग संपर्क स्थापित हुनेछ । तथापि गोचरले ठूलो सपना देखाउने र थोरै उपलब्धि दिनसक्ने छ भने बढी अपेक्षा गरिएको काममा ढिलासुस्ति हुने सम्भावना छ । आश्वासन मिलेको ठाऊँबाट हुनपर्ने कार्यलाभ हुन अल्लि कठिनाई पर्नसक्ने छ । सामान्य दैनिकी कामकार्य स्वभाविकै रहने देखिन्छ । हृदयदेखिनै भगवान हनुमानदेव एवं माँ बगलामुखीको सेवाश्रद्धा तथा भक्तिभाव गर्नाले ग्रहजनित अबरोध कम हुन गई समाजसेवा, राजनीति आदि क्षेत्रमा हैसियत बढ्ने र व्यवसायिक कार्यमा सफलता थपिने छ ।

कन्या राशिः
कन्या राशि हुनेहरुको लागि आजको दिन ईष्र्यालु तथा कमजोरी खोज्नेहरू सक्रिय देखिने सम्भावना भएकाले सावधानी अप्नाउन पर्नसक्ने छ । त्यस्तै मिथ्या आरोप आइलाग्नसक्ने सम्भावना भएकोले होसियारी जरुरी हुनेछ । शुरुशुरुमा भयत्रासको वातावरण सृजना भएपनि सकारात्मक सोँच तथा व्यवहारले परिणाम भने सुखद ल्याउन सकिनेछ प्रयत्न गर्नुहोला । औपचारिक कार्यक्रम आदिमा सहभागीहुनुपर्ने सम्भावना पनि देखिएको छ ।आस्तिक भावना बृद्धि हुनाले धर्मकर्म बढ्ने तथाधर्मप्रभावले धनलाभ पनि हुने देखिन्छ । आज यहाँलाई नौ अंक, पहेलो तथा सेतो रङ्गको प्रयोग र गौरीसुत श्री गणेशको स्तुति विशेष फलकारक हुनेछ ।


तुला राशिः
तुला राशिहुनेहरुको लागि आजको दिन संघर्ष पर्ने खालको देखिएको छ । सोँचेजस्तो सजिलोसँग कामकार्य सम्पादन गर्न गार्हो पर्नेछ । स्वास्थ्यमा प्रतिकूलता पर्नसक्ने सम्भावना बढी रहेकोले आहारविहारमा ख्याल पुर्याउनु जरुरी हुनेछ । कार्यक्षेत्रमा पनि केही अबरोध सृजना हुनसक्ने तथा काम बिग्रनसक्ने भय छ ।  हतार नगर्नु नै बुद्धिमानी हुनेछ । धैर्यता र संयमले तनावलाई व्यवस्थापन गर्नु उचित हुनेछ । ग्रहको प्रतिकूल प्रभावलाई निवारणको लागि आज तपाईँले गौरीनन्दन गणेशको भक्तिस्तुति गर्नु सुखप्रद हुनेछ भने आठ अङ्क, रातो एवं पहेंलो रङ्गको प्रयोग शुभकर हुनेछ । 

वृश्चिक राशिः
वृश्चिक राशिहुने व्यक्तिहरुको लागि आजको दिन आमोद–प्रमोद तथा विलासवृतिको चाहना बढ्ने ग्रहगोचर परेको छ । गलतनियत भएको विपरितलिङ्गीको झमेला पर्नसक्ने खतरा पनि छ त्यतिकै रहेकोले होस पुर्याउन जरुरी छ । अन्यथा जोशमा होश गुमाउने र फुर्सदमा पछुताउने हुन सक्नेछ । व्यवसाय तर्फ सामान्यतया उन्नति हुनाले आर्थिक सङ्कलन गर्न सकिनेछ । औपचारिक कार्यक्रम आदिमा पनि सरिक हुनपाइने सम्भावना छ । यात्राको पनि योग देखिएको छ । विवाह प्रस्तावको विषयमा भने विशेष विचार पुर्याउन जरुरी हुनेछ । आज यहाँको लागि सात अङ्क, सेतो रङ्गको प्रयोग र कुमारीदेवीको दर्शन वा कन्यालाई सेतो वस्तुको दान दिनुले सम्भावित अनिष्टजन्य दोषलाई निवारण गर्न मद्दत मिल्नेछ ।

धनु राशिः
धनु राशि हुनेहरुको लागि आजको दिन तुलनात्मकरुपमा सुधारोन्मुख मान्न सकिन्छ, तथापि गन्तव्यचुम्न साढेसातीको दुष्प्रभावले कठिन देखिएको छ । त्यसको बाबजुत पनि बल एवम् साहस बढ्ने दिन छ, उन्माद्लाई संयम गर्न सकेको खण्डमा केही भौतिक कर्महरु संपादन गर्न सकिनेछ । विपक्षीसँग सम्झौता हुनपनि सक्नेछ । साढेसाती शनिको दुष्प्रभाव हटाउन उपयुक्त उपाय अवलम्बन गर्नु बुद्धिमानी हुनेछ । लक्ष्मीको कृपा हुनेहुनाले व्यवसायिक उन्नति हुन गई आर्थिकभार हल्टो हुनेछ । वातवायु एवम् स्नायु तथा नशासँग सम्बन्धित विमारको सम्भावना छ स्वास्थ्यमा ख्याल पुर्याउनु होला ।


मकर राशिः
मकर राशिहुने व्यक्तिहरुको लागि आजको दिन केही ख्याल पुर्याउन पर्ने समय छ । आत्मप्रशंसाको आसक्ति एवम् विद्वतताको अनाबश्यक फुतिफार्तिले आफैलाई हलुङ्गो बनाउनसक्ने र फगतको विषयान्तर चर्चाले आफ्नै कामकार्यमा बाधापुग्ने साथै अन्तिममा पछुतो हुनसक्ने छ । तथापि दैनिक व्यवसाय आदिबाट आंशिक लाभ गर्न सकिने नै छ भने केही बढी परिश्रम तथा संघर्ष पछि पूरा गर्न खोजेको कार्य केही अघि बढाउन सकिनेछ । आज यहाँको लागि रातो सेतो र पहेंलो रङ्गको प्रयोग एवम् गुरुगणपतिको  सेवा एवं भक्तिभाव हितकर गर्नेछ ।

कुम्भ राशिः
कुम्भ राशिका व्यक्तिहरुको लागि आजको दिन कार्यक्षेत्रमा केही अड्चनको सामना गर्नपर्ने ग्रहगोचर परेको छ । अल्मल्याउने र अबरोध गर्ने तथा ईष्या गर्नेहरु बढ्ने छन् । आज शुभेच्छुक एवं सहयोगीको कमि महसूस हुनेछ । तथापि आकस्मिक रुपमा नसोँचेको काम बन्ने तथा कहीँबाट उपलब्धिमूलक काम बन्ने छ । त्यसको बाबजुत आफ्नै विचारमा संकिर्णता बढ्ने एवं मानसिक द्वन्दको शिकार भइने छ । बैठक आदिमा नया“ विषयमा चर्चा गर्दा संयम हुनु बुद्धिमानी हुनेछ । मनलाई सकारात्मक तरिकाले सम्हाल्ने र स्वकार्यमा प्रयत्नशिल रहनाले केही व्यवसायिक लाभ गर्नसकिने छ र सफलता पनि मिलनसक्ने छ । धार्मिक क्षेत्र वा व्यक्तित्त्वको मार्गदर्शन लिनु आज यहाँको लागि फापकर हुनेछ ।

मीन राशि:
मीन राशिका व्यक्तिहरुको लागि आजको दिन यद्यपि विशेष विशेष कामकार्यमा ग्रहको केही बाधाअबरोध देखिन्छ नै तथापि दिन उद्यमिलो छ ।आज प्रसस्त शारीरिक जोशजाँगर बढेर आउने हुनाले निकै पुरुषार्थ गर्नसकिने र कामकार्यमा पनि मनग्य मनलाग्ने छ । नयाँ कामकार्यकोयोजना निर्माण गर्ने तथा घनिभूत छलफल हुनसक्ने छ । आफन्तीजनसँग भेटघाट हुनाले नातासम्बन्ध नविकरण गर्ने मौका मिल्नेछ । विशेष एवम् महत्त्वपूर्ण काममा आउने बाधाब्याबधान निवारणको लागि हनुमान भगवानलाई खुशी बनाउने उपाय अवलम्बन गर्नु शुभ हुनेछ ।

आज जन्म दिन पर्ने सबैलाई न्यूज अभियान डट् कम परिवारको तर्फबाट सुस्वाथ्य एवम् दीर्घायु र उत्तरोत्तर प्रगतिको शुभकामना ....। एप मार्फत एंड्रोईड मोबाइलमा राशिफल हेर्नका लागि : Download Link : https://goo.gl/29PZux

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

ताजा भिडियो ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan