Wednesday 23rd of August | २०७४ भदौ ७ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

दिलको माझैमा सझिने मिनालाई को को होला त ? (भिडियो सहित)

न्यूजअभियान | प्रकाशित मिति : २०७३ पौष २४ आइतबार
newsabhiyan
newsabhiyan

काठमाडौं, २४ पुस । लोकगीत संगीतमा पछिल्लो समय छचल्किएको उत्तौलोपनलाई लोक गीत बुझ्ने दर्शक श्रोताले मन पराइरहेका छैनन् । लोक गीतमा मौलिकता हराइरहेको यो क्षणमा लोक तथा दोहोरी गायिका मिना लामाले केहि हदसम्म भएपनि न्याय दिइरहेकी छिन ।

प्रबेश निषेध छ होस या राजी भए वा रोधी घरको पाइलो नै किन नहोस उनको गीतमा मौलिकपन पाइन्छ । त्यसको एउटा ज्वलन्त उदाहरण हो भर्खरै मात्र बजारमा निस्किएको गीत झम्के साझैमा ।

यो भित्र लेखिएका शब्दको भावलाई बिश्लेषण गर्ने हो भने गाउ घरमा गुन्जिने लोकपन पाइन्छ । भञ्ज्याङ् र चौतारिका थकाई मार्ने श्रमिकको सुस्केरा भेट्टाइन्छ ।

लोक प्रिय कार्यक्रम ईन्द्रेणीको मार्फत अझ नाम चिनिएकी लामाको यस झम्के साझैमामा लोक प्रिय गायक सुमन परियारले लामालाई स्वरमा साथ दिएका छ्न् ।

सुमन परियारकै शब्द र लयमा तयार भएको यस गीतको बजार ब्यबस्थापन सबिना म्यूजिक प्रालिले गरेको छ । निर्देशक बिक्रम चौहानको निर्देशनमा छायांकन गरिएको म्यूजिक भिडियोमा मोडल सुमन परियारको साथमा अहिलेकि नयाँ जोस र जागर भएकि मोडल रिना थापाले अभिनय गरेकी छिन ।

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan