Wednesday 22nd of November | २०७४ मङ्सिर ६ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

बि.सं.२०७३ साल पौष २५ गते सोमवारको राशिफल

न्यूजअभियान | प्रकाशित मिति : २०७३ पौष २५ सोमबार
newsabhiyan
newsabhiyan

आजको पञ्चाङ्ग –
नेपाली मितिः वि.सं. २०७३ । नेपाल सं. ११३७ । योग सं. ३७ । पौष महिनाको २५ गते सोमवार ।
अँग्रजी मितिः ई.सं. २०१७ जनवरी महिनाको ०९ तारिख ।
योगः  शुभ, ११ः२२ बजेपछि शुक्ल योग ।
तथीः हेमन्त ऋतु पौष शुक्लपक्षको द्वादशी, २३ः५३ बजेपछि त्रयोदशी तिथी । 
नक्षत्रः कृतिका,०८ः१४ बजेपछि रोहिणी नक्षत्र ।
करणः बव १३ः०३ बजेसम्म उपरान्त बालव करण ।
चन्द्रमाः  वृष राशिमा ।
काठमाडौंमा सूर्योदयः ०६ः५८ बजे ।
काठमाडौंमा सूर्यास्तः १७ः२४ बजे ।
राहुकालः ०८ः१६  बजेपछि ०९ः३५ बजेसम्म ।
यात्राः दक्षिण दिशाको लागि उपयुक्त छ ।

आजको राशिफल

मेष राशिः
मेष राशि हुनेहरुको लागि आजको दिन आँट एवम् जमर्को ठूलै हुनखोज्ने तर काम पूर्ण हुन ग्रहको केही अबरोध रहने गोचरको स्थिति देखिएको छ । तथापि वाणीमा मिठास आउन खोज्नेछ भने बोलीवचनको भूमिकाले मान्छेहरुको मन जित्न मद्दत पुग्नेछ । अल्लि प्रयत्न गरेमा प्रवचन, भाषण तथा अध्यापन एवम् तर्कजन्य विषयको प्रस्तुतिलाई सकारात्मक र प्रभावशाली बनाउन सकिनेछ । व्यवसायबाट आर्थिक लाभ हुनेछ । परोपकार एवम् सामाजिक सेवाका कार्यमा सरिक हुने मौका मिल्नसक्ने छ । ग्रहको अबरोध निवारणको लागि गुरुजनप्रति सेवाश्रद्धा तथा शिक्षाक्षेत्रलाई सहयोग गर्नु शुभकर हुनेछ ।

वृष राशिः
वृष राशिका व्यक्तिहरुको लागि आजको दिन अनुकूल हुँदाहुँदै पनि ग्रहको केही अवरोधको कारणले अपेक्षित उपलब्धि भेट्टाइहाल्न केही कठिनाई देखिएको छ । तथापि केहीहद्सम्म व्यवसायबाट धनलाभ हुने एवं भौतिक सुख शान्ति र मानप्रतिष्ठा बृद्धि हुनेछ । रोकिएर रहेको कार्य अगाडि बढाउन सकिने छ । सामान्यतया कार्यक्षेत्रमा जिम्मेवारी थपिनसक्ने छ भने सामाजिक कार्यमा सरिक हुनपाइने छ । नयाँ कार्यमा लगानीको सम्भावना पनि देखिन्छ । अभिष्टकार्यमा सफलताको लागि गुरु बृहस्पतिका प्रतिमूर्ति विद्वान गुरुजनबाट आर्शिवाद लिनु वा खुशी पार्नु बुद्धिमानी हुनेछ । आज यहाँलाई एक अंक, रातो रङ्गको प्रयोग शुभ रहनेछ ।

मिथुन राशिः
मिथुन राशिका व्यक्तिहरुको लागि आजको दिन सामान्य कार्यलाई पनि बढीनै यत्न गरेरमात्रै सफलता पाउन सकिने खालको छ । हतारमा र विना जरुरी फजुलका कार्यमा चेष्टा नगरेकै राम्रो हुनेछ । बुद्धिको भरपुर प्रयोग गरेर अनावश्यक रुपमा धनको क्षति हुने तथा पश्चातापमा पर्न सकिने सम्भावनालाई हटाउन कोसिस गर्नुपर्ला । तीर्थ गमन वा मान्यजनको दर्शनभेटको लागि यात्रा गर्नुले खर्चयोगको सदुपयोग हुनसक्ने छ । यहाँको लागि आज तीन अंक र पहेंलो रंगको प्रयोग हितकर हुनेछ भने गुरु गणपतिको श्रद्धाभक्ति विशेष हितकर हुनेछ ।

कर्कट राशिः
कर्कट राशिका व्यक्तिहरुको लागि आजको दिन यद्यपि अर्थकर हो तर पनि अपेक्षा गरेजति आर्थिक उपलब्धि हुन अबरोध कठिन पर्नसक्ने छ । आश्वासन मिलेको काम समयमै नभइदिँदा अल्लि दिक्कत लाग्नसक्ने छ । तथापि शरीरमा स्फुर्ति र काममा रुचि बढ्ने, स्वजनबाट मद्दत मिल्ने, समस्याको निकास निस्कने र दैनिकी व्यवसायबाट केही लाभ गर्नसकिने छ । आज ठूलो उपलब्धि खोज्नु भन्दा पनि भौतिक कर्म सम्पादनलाई प्रार्थमिकता दिनु बुद्धिमानी हुनेछ । जसबाट पछि लाभ उठाउन सकिनेछ । आँट साहासपूर्वक कुनै कार्यको लागि पूर्वतयारी पूरा गर्ने जस्ता कार्यमा मन दिनु उचित हुनेछ । दुई अङ्क, सेतो तथा ध्वाँसे रङ्गको प्रयोग र भैरवदेव श्रद्धाभक्ति आराधना गर्नु तथा कुुकुरको सेवा गर्नु उपयुक्त हुनेछ ।


सिंह राशिः
सिंह राशि हुनेहरुको लागि आजको दिन पूण्यार्जन गर्ने ईज्जत एवम् प्रख्याति बढ्ने दिन रहेको छ । उच्चतहका अधिकारीसँग संपर्क विस्तार हुनसक्ने छ भने त्यसले महत्त्वाकांक्षी भावना बृद्धि गर्नपनि सक्नेछ । विद्वानजनको सङ्गत पनि मिल्नसक्ने छ । तथापि व्यापार व्यवसायबाट अपेक्षा गरेकै उपलब्धि गर्न अल्लि गार्हो पर्ने देखिन्छ । जागिर एवम् राजनीति तथा समाजसेवाको क्षेत्रमा गर्न खोजिएको कामकार्यमा अल्मल्याहट् नआउला भन्नसकिन्न । सरकारी निकायबाट निम्ट्याउन खोजेको काम पनि अल्झिनसक्ने सम्भावना छ । यहाँलाई आज एक अंक, रातो रङ्गको प्रयोग गर्नु शुभ रहने भने कामकार्यमा आउने अल्झनलाई निराकरण शनिदेवको प्रतिक कागलाई खुवाउनु र हनुमान देवको एवं माँ कालीको दर्शन भक्ति गर्नु उपयुक्त हुनेछ । 

कन्या राशिः
कन्या राशि हुनेहरुको लागि आजको दिन अतिथि सत्कार गर्न पाइने सम्भावना छ । घरपरिवारमा कुनै विवाह आदि माङ्गलिक शुभकार्यको प्रसङ्ग चल्नसक्ने तथा नयाँ पारिवारिक सदस्य बढ्नसक्ने वा सम्बन्ध विस्तार हुनसक्ने सम्भावना पनि देखिएको छ । व्यवसाय तथा कार्यक्षेत्रमा प्रगति हुनगई राम्रो आर्थिक लाभ हुने तथाबैंकब्यालेन्स बढ्ने छ । परोपकार आदि समाजसेवाबाट सन्तुष्टि मिल्ने छ । प्रशंसकहरु बढ्नेछन् । वाणीमा मिठास आउने छ र मान्छेहरुलाई बोलीवचनले प्रभाव पार्न सकिनेछ । शारीरिक पौरख पनि बढ्ने तथा प्रतिस्पर्धा आदिमा सफलता मिल्ने र उत्साह बढ्ने दिन छ । आज यहाँको लागि दुई अङ्क, सेतो रङ्गको प्रयोग र ऋषिसिद्धिपति श्री गणेशको सेवा आराधना तथा श्रद्धाभक्ति शुभकर हुनेछ ।

तुला राशिः
तुला राशिहुनेहरुको लागि आजको दिन सिधा रुपमा आफूले सोँचेको अथवा सम्पादन गर्न खोजेको काममा विघ्नबाधा आइपर्नसक्ने देखिन्छ । योजनाभित्रको काम कार्यान्वयन हुननपाउँदा मनमा वेचैनी बढ्नसक्ने छ । स्वास्थ्यमा पनि केही प्रतिकूलताको अनुभव हुनसक्ने छ । दीर्घ रोगीलाई बढीकष्ट हुनसक्ने छ ख्याल पुर्याउनु होला । हतारि“दा झन खति बढ्ने भएकाले नहतारिएकै राम्रो हुनेछ । केही संघर्ष एवं ब्याबधानको बाबजुत अपेक्षा नगरिएको तर्फबाट केही कामहरु बन्ने तथा आर्थिक लगायतको भौतिक उपलब्धि हुनसक्ने छ । आठ अङ्क, रातो रङ्गको प्रयोगको साथमा भगवान श्री गणपतिको सेवाआराधना गर्नाले धेरै हद्सम्म हित हुनेछ । 

वृश्चिक राशिः
वृश्चिक राशिहुने व्यक्तिहरुको लागि आजको दिन आमोद–प्रमोद तथा विलासवृति बढ्ने ग्रहप्रभाव रहेको छ ।  पेशा एवम् व्यवसायिक क्षेत्रबाट भौतिक उन्नति तथा लाभ गर्नसकिने छ । सुखसन्तोष कर सन्देश प्राप्त हुनेछ । विवाह आदि माङ्गलिक कार्यमा सरिक हुनसकिने छ । कार्यक्रम आदिमा संलग्न हुन पर्नसक्ने सम्भावना पनि देखिन्छ । भ्रमण आदिको संयोजलाई पनि ग्रहगोचरले लक्षित गरिरहेको छ । विवाहयोग्य उम्मेदवारको लागि विवाहको प्रस्ताव आउनसक्ने छ । आज यहाँलाई सात अंक, उज्यालो रङ्गको प्रयोग र विपरितलिङ्गी सँगको सहकार्य फापसिद्ध हुनेछ ।  

धनु राशिः
धनु राशि हुनेहरुको लागि आजको दिन तुलनात्मकरुपमा सुधारोन्मुख मान्न सकिन्छ, तथापि गन्तव्यचुम्न कठिन देखिएको छ । हौंस्याहटको कारण बन्ने कामपनि बिग्रने हो कि भन्ने भय देखिएको छ ख्याल पुर्याउनु होला । त्यसको बाबजुत पनि बल एवम् साहस बढ्ने दिन छ, उन्माद्लाई संयम गर्न सकेको खण्डमा केही भौतिक कर्महरु संपादन गर्न सकिनेछ । सर्तमा लचकता अप्नाएर विपक्षीसँग सम्झौता हुनपनि सक्नेछ । वातवायु एवम् स्नायु तथा नशासँग सम्बन्धित विमारको सम्भावनालाई नकार्न सकिन्न स्वास्थ्यमा ख्याल पुर्याउनु होला । ग्रहको दुष्प्रभावमा कमि आओस भन्ने कामना गरी बृद्धा मातृशक्तिको सेवा गर्नु उपयुक्त हुनेछ । 


मकर राशिः
मकर राशिहुने व्यक्तिहरुको लागि आजको दिन विद्यार्थीको लागि बढी उपयोगी रहनसक्ने छ । बुद्धिविवेकमा बृद्धि हुने तथा त्यसको सदुयोग गर्न पाइने छ । सर्वसाधारणको हकमा पनि दिन स्वभाविक उपलब्धिकर नै रहनेछ । प्रतिष्ठा र छविको बचस्व स्थापित गर्नसकिने र प्रशंसा पनि मिल्नेछ ।सैद्धान्तिक पक्षमा खरो उत्रन सकिने छ । कर्मक्षेत्र तथा व्यवसायमा प्रगति हुनाले आर्थिक लाभ गर्न पनि सकिने छ । सन्ततीको तर्फबाट सुख एवम् सन्तोष पाइनेछ । आज यहाँलाई पाँच अंक, रातो रङ्गको उपयोग शुभ हुनेछ भने विद्याक्षेत्रलाई सहयोग पुर्याउनु पूण्यकर हुनेछ ।

कुम्भ राशिः
कुम्भ राशिका व्यक्तिहरुको लागि आजको दिन मनग्य अनुकूल देखिँदैन बरु केही प्रतिकूल महसूस हुनसक्ने छ ।  मनमा संकोचित विचारले प्रसय पाउने र छरछिमेक–साथीभाई कसैसँग मनमुटाव हुनसक्ने सम्भावना छ, सावधानी आवश्यकता पर्नेछ । मिथ्या आरोप एवम् आलोचना आदिको अपयश खेप्नपर्न सक्नेछ भने कामकार्यमा पनि केही अड्चनको सामना गर्नुपर्ने हुनसक्ने छ । सकारात्मक ढङ्गबाट प्रतिकार गर्ने मानसिक क्षमता बढाउनु होला ।सत्नियतबाट संघर्षको सामना गर्ने तथा दृढ रहनाले अल्मल्याहट् र अबरोध बाबजुतपनि केही सफलता एवम् व्यवसायबाट लाभ हातपार्न सकिने छ ।

मीन राशि:
मीन राशिका व्यक्तिहरुको लागि आजको दिन विशेष महत्त्व दिइएको कामकार्यमा ग्रहको केही बाधाअबरोध देखिएको छ । तर पनि दिन उद्यमिलो देखिन्छ । शारीरिक जोशजाँगर बढेर आउने हुनाले पुरुषार्थ गर्न सकिने र कार्यक्षेत्रमा खट्न मनलाग्ने छ । नयाँ कामकार्यको योजना निर्माण गर्ने तथा घनिभूत छलफल हुनसक्ने छ । आफन्तीजनसँग भेटघाट हुनाले नातासम्बन्ध नविकरण गर्ने मौका मिल्नेछ । अनावश्यक फुर्ति भने नदेखाएकै राम्रो हुनेछ । कार्यक्षेत्र तथा व्यवहारमा आउने बाधाब्याबधान निवारणहोस भन्ने कामना गरी हनुमानदेवको दर्शनभक्ति तथा स्तुति गर्नु शुभदायक हुनेछ ।

आज जन्म दिन पर्ने सबैलाई न्यूज अभियान डट् कम परिवारको तर्फबाट सुस्वाथ्य एवम् दीर्घायु र उत्तरोत्तर प्रगतिको शुभकामना ....। एप मार्फत एंड्रोईड मोबाइलमा राशिफल हेर्नका लागि : Download Link : https://goo.gl/29PZux


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan