• FB
  • FB
  • FB
Tuesday 28th of February | २०७३ फाल्गुण १७ मंगलबार

बि.सं.२०७३ साल पौष १९ गते मङ्गलवारको राशिफल

न्यूजअभियान | प्रकाशित मिति : २०७३ पौष १९ मंगलबार
newsabhiyan

आजको पञ्चाङ्ग –
नेपाली मितिः वि.सं. २०७३ । नेपाल सं. ११३७ । योग सं. ३७ । पौष महिनाको १९ गते मङ्गलवार ।
अँग्रजी मितिः ई.सं. २०१७ जनवरी महिनाको ०३ तारिख ।
योगः  व्यातिपात योग ।
तथीः हेमन्त ऋतु पौष शुक्लपक्षको पञ्चमी तिथी, १३ः३५ बजेपछि षष्ठी तिथी । 
नक्षत्रः शतभिषा, १५ः४७ बजेपछि पूर्वभाद्रपदा नक्षत्र ।
करणः बालव १३ः३५ बजेसम्म उपरान्त कौलव करण ।
चन्द्रमाः  कुम्भ राशिमा ।
काठमाडौंमा सूर्योदयः ०६ः५७ बजे ।
काठमाडौंमा सूर्यास्तः १७ः२० बजे ।
राहुकालः १४ ः४४  बजेपछि १६ः०२ बजेसम्म ।
यात्राः पश्चिम दिशाको लागि ।

आजको राशिफल

मेष राशिः
मेष राशि हुनेहरुको लागि आजको दिन आयप्रद ग्रहगोचर छ तथापि केही ग्रहबाधा पनि देखिएको छ । जसको कारणले मुख्य मानिएको कामकार्यमा अबरोध सृजना हुने अथवा भेट्नुपर्ने मान्छेसँग भेट् नहुनसक्ने सम्भावना छ । अपेक्षा गरिएको मान्छे वा कामको बाटो हेर्नुमात्रै हुने सम्भावना छ । बाँकी दैनिकीको पक्ष ठिकै देखिएको छ । आफन्तजनको शुभसमाचार भने सुन्न पाइने दिन रहेको छ । आज यहाँको लागि दुई अङ्क, सेतो रङ्गको प्रयोग गर्नु फापसिद्ध हुनेछ । मुख्य कार्यमा आउने अदृष्य बाधाअबरोध निवारणको लागि पवनपुत्र हनुमानको भक्तिभाव तथा सेवा आरधना गर्नु उपयुक्त हुनेछ ।

वृष राशिः
वृष राशिका व्यक्तिहरुको लागि आजको दिन पूर्ण सफलता मिल्न अल्लि कठिन पर्ने भएपनि बाहिरी तथा देखावटी रुपमा मानसान बढ्ने र केही लाभ एवम् सफल पनि हुनेछ । जनसंपर्क बढ्ने र तुलनात्मक रुपमा केही सहजवातावरण सृजना हुनेछ । केही महत्त्वाकांक्षी योजनाको बारेमा चिन्तन तथा सरसल्लाह एवम् विचारविमर्श हुनसक्नेछ भने भविष्यको लागि आश्वासन पनि मिल्नसक्ने छ । आशा गरेकै जति नभएपनि औकात अनुसारको पदप्रतिष्ठा र जिम्मेवारी मिल्नसक्ने छ । सफलताको भित्री अबरोध हटाउन आज तपाईँले आज भैरवदेवको सेवाको साथमा भगवान श्री गणेशको भक्तिभाव गर्नु उपयुक्त हुनेछ ।

मिथुन राशिः
मिथुन राशिका व्यक्तिहरुको लागि आजको दिन सकारातमक मान्नसकिन्छ । पेशा तथा व्यवसाय अनुसारको सफलता मिल्नसक्ने गोचरले युक्त भएको दिन रहेको छ । उद्योग फस्टाउने छ, उच्चवर्गसँग भेट तथा संपर्क स्थापित हुनेछ, मानसम्मान एवम् पदप्रतिष्ठा प्राप्त हुनेछ । धार्मिक–आध्यात्मिक चिन्तनको विकास हुने तथा सकारात्मक भावनाले प्रसय पाउनेछ । योगमार्गीहरुको लागि दिन विशेष उपलब्धिमूलक हुनसक्ने छ । यो राशि हुने आमव्यक्तिको हकमा बा“की रहेको कार्य पूर्ण गर्नसकिने र आर्थिक पक्षमा पनि सुधार आउनेछ ।स्वजनसँग भेटघाट हुने तथा विशेष जरुरीमा सहयोग पनि मिल्ने हुनाले मनोबल पनि बढ्दै जाने र सफलता मिल्ने दिन छ ।

कर्कट राशिः
कर्कट राशिका व्यक्तिहरुको लागि आजको दिन त्यति अनुकूल मान्न नसकिने देखिएको छ । ग्रहको प्रतिकूल अवस्थाले यहाँको स्वास्थ्यमा प्रभाव गर्नसक्ने छ । कार्यक्षेत्रमा पनि संघर्ष बढ्ने तथा अबरोध सृजना हुनसक्ने सम्भावना रहेकोले होसियारी अप्नाउन जरुरी देखिन्छ । संयम नगुमाई धैर्य गर्नाले सम्भावित खतरा टार्नसकिने छ । आहारविहारमा सजगता अप्नाउनु होला । आठ अंक, रातो रङ्गको प्रयोग आज यहाँको लागि उपयुक्त रहनेछ भने आफ्नो इष्टदेवको श्रद्धाभक्तिलाई बढाउनु विशेष हितकर हुनेछ ।

सिंह राशिः
सिंह राशि हुनेहरुको लागि आजको दिन रमाइलो भएरै बित्नेछ तथापि मुख्य ठानिएको कामकार्यमा केही अबरोध सृजना हुनसक्ने गोचरको संकेत बुझिन्छ । सामान्यतया अन्य व्यवसायिक कामकार्य ठिकै रुपमा सुचारु हुनेछन् । व्यवहारिकता तथा औपचारिकता निभाउनु पर्ने वातावरण पनि बन्ने छ । कसैकसैलाई  वैचारिकद्वन्दको बाबजुत पनि दाम्पत्य एवं प्रेम जीवनमा समझदारी कायम गर्न सकिनेछ । प्रेमाभिलाषीहरुको लागि पनि अल्लि बल गरेमा कुरो मिलन बिन्दुमा ल्याउन सकिनेछ । दैनिकी कामबाट लाभ र सन्तोषको प्राप्ति हुनेछ । मुख्यकाममा आउने बाधाब्याबधानको निवारणको लागि भैरवदेवको श्रद्धाभक्ति तथा स्तुति उपयुक्त हुनेछ ।

कन्या राशिः
कन्या राशि हुनेहरुको लागि आजको दिन केही पराक्रम बढ्ने रहेको छ । तथापि मुख्य एवम् महत्त्वपूर्ण काममा संघर्ष देखिएको छ, बाँकी कामको लागि गोचर स्थिति अनुकूल नै देखिन्छ । शारीरिक बल बढ्ने, शत्रु मुकाविलामा वियजी भइने, आँटेताकेको काम अगाडि बढ्ने देखिन्छ । व्यापार व्यवसाय तथा पेशाकर्ममा केहीहद्सम्म सफलता र लाभ मिल्ने छ । समर्थक बढ्नेछन् । यात्रा योजनाको पनि सम्भावना देखिएको छ । घमण्ड नगर्ने र समयको सदुपयोगमा ध्यान दिने गर्नु आज यहाँको लागि बुद्धिमानी हुनेछ । विशेष काममा आउने अबरोध निवारणको लागि भैरवदेवलाई खुशि बनाउनु उपयुक्त हुनेछ ।


तुला राशिः
तुला राशिहुनेहरुको लागि आजको दिन बुद्धिविवेकको प्रयोग गर्न पाइने दिन छ । विद्यार्थीको लागि बढी उपयोगी दिन रहनसक्ने छ । प्रतिष्ठा र छविको बचस्व स्थापित गर्नसकिने र प्रशंसा पनि मिल्नेछ । कला कुशलता बढ्ने र सैद्धान्तिक पक्षमा खरो उत्रन सकिने छ । कर्मक्षेत्र तथा व्यवसायमा प्रगति हुनाले आर्थिक लाभ गर्न पनि सकिने छ । सन्ततीको तर्फबाट सुख एवम् सन्तोष पाइनेछ । आज यहाँलाई पाँच अंक, रातो रङ्गको व्यवहारिक प्रयोग शुभ हुनेछ भने विद्यार्थी भाईबहिनी वा शिक्षाक्षेत्रलाई सहयोग गर्नु पूण्यकर हुनेछ ।

वृश्चिक राशिः
वृश्चिक राशिहुने व्यक्तिहरुको लागि आजको दिन त्यति अनुकूल मान्न अल्लि नसकिने रिहेको छ । अनायासै कसैसँग विवाद वा मनोमालिन्य हुनसक्ने सम्भावना देखिन्छ । साथीभाई तथा सहकर्मीसँग पनि कटुता हुनसक्ने भएकोले होसिरयारी अप्नाउनु बुद्धिमानी हुनेछ । व्यवसायिक कार्य तथा पारिवारिक मुद्धामा पनि संयमित भएर कार्य सम्पादन गर्नु मनासिब हुनेछ । दैनिक कार्यआदिमा साविकको भन्दा अल्लि बढी मेहनतले आंशिक उपलब्धि निकाल्न सकिनेछ । मानसिक संकिर्णतालाई हटाउन सकारात्मक सोँचविचारको अभ्यास गर्नु उपयुक्त हुनेछ । आज यहाँलाई नगरी नहुने महत्त्वपूर्ण काम गर्नुपर्दा आमा वा आमासमानकी मातृशक्तिको आर्शिवाद वा सल्लाह लिएर गर्नु शुभप्रद हुनेछ ।

धनु राशिः
धनु राशि हुनेहरुको लागि आज हुनलाई दिनलाई उपलब्धिमूलक बनाउन सकिने गोचर छ । तथापि उन्मादी हौंस्याहट बढ्नाले कम उपलब्धिले चित्तबुझाउन पर्ने सम्भावना पनि उत्तिकै देखिन्छ । साह्रै चाहना गरेको काममा ग्रहले त्यति पोजेटिभ प्रभाव देखाउन सकेको छैन, तसर्थ अपेक्षा कम गर्नाले सुखी भइने छ । सावधानिपूर्वक स्वकर्मलाई निरन्तरता दिएमा व्यवसायले फट्को मार्ने र आर्थिक एवम् भौतिक कठिनाई कम गर्नसकिने छ । स्वजनको सहयोग र प्रसंशा पनि लिनसकिने छ । खेलाडि एवं प्रतिस्पर्धि क्षेत्रका व्यक्तिलाई सफलता मिल्ने छ । विशेषकाममा आउने कष्ट एवम् कठिनाइको निवृतिको लागि भैरवदेवको सेवा आराधना गर्नु फापसिद्ध हुनेछ । 


मकर राशिः
मकर राशिहुने व्यक्तिहरुको लागि आजको दिन वाणीमा सकारात्मक प्रभाव पार्ने गोचर पर्न गएकोले बोलीको माधुर्यताले मान्छेहरुलाई आकर्षण गर्न सकिने छ । सामाजिक क्षेत्रमा तथा सांगठानिक प्रतिनिधित्त्व गर्ने व्यक्ति एवं वाणीवृति हुनेहरुको लागि आजको दिन बढी अनुकूल रहनसक्ने छ । परोपकारको अवसर मिल्नेछ भने धन–धातु–खजाना आदिको संग्रह गर्न पनि सकिने छ । कुटुम्बजनसँग मिलन हुने र व्यवहारिक कुशलता प्रकट गर्न पाइने छ । भने श्रृङ्गार सामाग्री आदिमा लगानीको पनि सम्भावना छ । आज यहाँलाई दुई नम्बर, सेतो रङ्ग र सिद्धिविनायक भगवानको भक्तिभावले सफलतामा थप बल दिनेछ ।

कुम्भ राशिः
कुम्भ राशिका व्यक्तिहरुको लागि आजको दिन खुशी एवम् उत्साह र उमङ्गिलो भएर बित्ने देखिन्छ । इष्टमित्रहरुको आगमनले पारिवारिक वातावरण रमाइलो हुनेछ । पेशा तथा व्यवसायका कामहरु थपिनसक्ने छन् । दिनचर्या व्यस्त नै रहनेछ । स्वागत सत्कारको अवसर पनि प्राप्त हुनसक्ने छ । कार्यक्षेबाट हैसियत एवम् औकात अनुसारको फाइदा उठाउन सकिनेछ । जागिर एवम् समाजसेवा र राजनीतिक क्षेत्र आदिमा पनि सन्तोषप्रद वातावरण बन्नसक्ने छ । यहाँहरुको लागि आज एक अंक, पहेंलो रङ्ग र गुरुज गणेशको सेवाश्रद्धा उपयुक्त रहनेछ ।

मीन राशिः
मीन राशिका व्यक्तिहरुको लागि आजको दिन अनपेक्षितरुपबाट खर्चको मात्रा बढ्नसक्ने, कामकार्यमा विघ्नबाधा आउने, चोटपटक–घाऊ खटिरादिको संभावना आदि संघर्षकर दिन देखिन्छ । बढ्दो खर्च र व्यवसायिक समस्याले मानसिक उद्दिग्नता बढ्नसक्ने छ । आज आफन्तबाटै विश्वासघात हुनसक्ने देखिएकाले गोपनीयता नखुस्काउनुहोला, धैर्यताको जरुरी देखिएको छ । सामान्य कार्यलाई पनि बढीनै कोसिस गरेरमात्रै सफलता मिल्नेछ । बहकावमा आएर लहैलहैमा कुनै पनि कार्य नगरेकै राम्रो हुनेछ । फजुलका विषयमा बुद्धिमततापूर्वक धैर्य र संयम धारण गर्नुहोला अन्थया पश्चाताप पर्ने सम्भावना देखिएको छ । अनर्थ यात्राको पनि योग देखिएको छ ख्याल पुर्याउनु होला । यहाँको लागि आज गुरु गणपतिदेव एवं हनुमानजीको भक्ति गर्नु उपयुक्त हुनेछ । 

आज जन्म दिन पर्ने सबैलाई न्यूज अभियान डट् कम परिवारको तर्फबाट सुस्वाथ्य एवम् दीर्घायु र उत्तरोत्तर प्रगतिको शुभकामना ....। एप मार्फत एंड्रोईड मोबाइलमा राशिफल हेर्नका लागि : Download Link : https://goo.gl/29PZux

एनभिएम ग्रुपद्वारा संचालित यस् न्यूज अभियान डट कममा तपाईं हामीसँग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् ।

ताजा भिडियो ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan