Sunday 30th of April | २०७४ बैशाख १७ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

बि.सं.२०७३ साल पौष १७ गते आइतवारको राशिफल

न्यूजअभियान | प्रकाशित मिति : २०७३ पौष १७ आइतबार
newsabhiyan
newsabhiyan

आजको पञ्चाङ्ग –
नेपाली मितिः वि.सं. २०७३ । नेपाल सं. ११३७ । योग सं. ३७ । पौष महिनाको १७ गते आइतवार ।
अँग्रजी मितिः ई.सं. २०१७ जनवरी महिनाको ०१ तारिख ।
योगः  हर्षण योग, ०९ः४४ बजेपछि बज्र योग ।
तथीः हेमन्त ऋतु पौष शुक्लपक्षको तृतीया तिथी, १४ः३५ बजेपछि चतुर्थी तिथी । 
नक्षत्रः श्रवण, १५ः४० बजेपछि धनिष्ठा नक्षत्र ।
करणः गर १४ः३५ बजेसम्म उपरान्त वणिज करण ।
चन्द्रमाः  मकर राशिमा ।
काठमाडौंमा सूर्योदयः ०६ः५६ बजे ।
काठमाडौंमा सूर्यास्तः १७ः१८ बजे ।
राहुकालः १६ ः००  बजेपछि १७ः१९ बजेसम्म ।
यात्राः १५ः४० बजेसम्म दक्षिण दिशाको लागि उपयुक्त छ । 

आजको राशिफल

मेष राशिः
मेष राशि हुनेहरुको लागि आजको दिन सकारात्मक रहेको छ । मानसम्मान बढ्ने तथा प्रतिष्ठाको बिकास हुनेछ । व्यापार तथा व्यवसाय, राजनीति एवम् समाजसेवाको क्षेत्रमा पनि ग्रहले ठिकै भूमिका निर्वाह गरेको देखिएकोले यथोचित लाभ एवम् सफलता हातपार्न सकिनेछ । जिम्मेवारी थपिनसक्ने छ । जागिरेहरुको लागि पनि दिन सहज एवम् सन्तोषकर रहनेछ । समयको सदुपयोग गरे राम्रो फाइदा उठाउन सकिने छ । यहाँलाई आज एक अंक, रातो रङ्ग शुभ हुनेछ भने पितृसेवा हितकर हुनेछ ।

वृष राशिः
वृष राशिका व्यक्तिहरुको लागि आजको दिन मनमा अध्यात्मिक तथा आस्तिक भावना बढ्ने तथा धार्मिक कार्यप्रति उत्प्रेरणा जागृत हुने दिन रहेको छ । समाजसेवा तथा परोपकार आदि कार्यमा पनि संलग्न हुन र प्रतिष्ठा कमाउन सकिने छ । व्यवसायमा पनि लक्ष्मी कृपा हुने ग्रहगोचरको प्रभाव परेको छ । यात्रायोजना एवम् नयाँ कार्यको थालनीको बारेमा विचार विमर्श हुनेछ । रोकिएर रहेका केही कार्यमा सफलता मिल्नेछ भने जागिरबाट पनि सन्तोष भइनेछ । आज यहाँहरुलाई नौ अंक पहेलो रंग र धार्मिक आश्रम आदिलाई सहयोग गर्नु शुभप्रद हुनेछ भने मान्यजनको आर्शिवाद लिनु पनि विशेष वरदानतुल्य हुनेछ ।

मिथुन राशिः
मिथुन राशिका व्यक्तिहरुको लागि आजको दिन त्यति धेरै सहज भने सोँचिहाल्न अल्लि नहुने छ । सोँचेजति प्रतिफल पाउनलाई अल्लि कठिन पर्नेछ । काममा बाधा अड्चन तथा अपयशजन्य केही संघर्षको परिस्थितिको सामना गर्नपर्न सक्नेछ । स्वास्थ्यले पनि त्यति साथ नदिनसक्ने छ भने व्यवहार तथा व्यवसायमा कमिकमजोरी देखिन सक्नेछ । कसैकसैलाई बुद्धिविवेकमा पनि संकिर्णता आउने र समय गुज्रेपछि पछुतो पर्ने हुनसक्ने छ । उपर्युक्त प्रतिकूलताको बाबजुत इष्टदेवको आर्शिवादको कारण आकस्मिक लाभ एवं उपायले कठिनाई टर्ने र केही उपलब्धि हात पार्न सकिनेछ । इष्टदेवको आराधना बढाउन नभुल्नु होला ।

कर्कट राशिः
कर्कट राशिका व्यक्तिहरुको लागि आजको दिन यद्यपि भौतिक सुखकर रहनेछ । तापनि प्रमुखता दिइएको काममा भने अड्चन आउनसक्ने छ । जीवन साथीको वा विपरित लिङ्गीको सहयोग मिल्ने र प्रेमसम्बन्धमा सुधार आउनेछ । कसैकसैमा आकस्मिक आक्रोश पैदा नहोला भन्नसकिन्न । भने कपट प्रेमको सम्भावना समेत देखिएकोले होसियारी अवलम्बन गर्नु बुद्धिमानी हुनेछ । उच्चरक्तचापका रोगीले आहारविहारमा विशेष होसियारी अप्नाउनु उचित हुनेछ । यात्रा, व्यापार व्यवसाय आदिमा लाभ मिल्ने देखिन्छ । सात अंक, सेतो रङ्गको उपयोगिता शुभ रहने छ भने विपरित लिङ्गीसँग सम्झौता वा समन्वय गरेर अघि बढ्नु सम्बन्धित कार्यकोलागि फापसिद्ध हुनेछ ।


सिंह राशिः
सिंह राशि हुनेहरुको लागि आजको दिन व्यवसायबाट यथेष्ट लाभ हुनसक्नेछ । उद्यमको प्रख्याति बढ्ने हुनाले कामबाट सन्तुष्टि मिल्नेछ । खेलकुद् आदि प्रतिस्पर्धाजन्य काममा विजय मिल्ने तथा सफलता मिल्ने हुनाले आत्मबल यथेष्ट बृद्धि हुनेछ । आरोग्यता र कान्ति बृद्धि हुनेछ  भने मानसिक स्वास्थ्यमा दृढता पलाउनेछ ।  पेशागत विकास र सामाजिक क्षेत्रबाट पनि हैसियत अनुसारको प्रख्याति तथा प्रतिष्ठा लाभ गर्नसकिने देखिन्छ । इष्टकार्यको अन्तिममा आउने बिघ्नताको निवारणको लागि भने आज यहाँले सूर्यनारायणको सेवाआराधना गर्नु बुद्धिमानी हुनेछ । त्यस्तै आज यहाँलाई हरियो रंग, छ अंक अनुकूल रहने छ भने विपक्षिको सम्मान गर्न जाने अझ फाइदा लिन सकिने छ । 

कन्या राशिः
कन्या राशि हुनेहरुको लागि आजको दिन सामान्यतया दैनिक कामकार्य साविकै रुपमा अगाडि बढ्ने नै छन् त्यसको बाबजुत पनि मुख्य ठानिएका केही काम तथा विषयको बारेमा विद्वदताको फुर्ति र मनोयोजनाको तर्जुमा वेकामि हुनसक्ने देखिन्छ ।  टुङ्गिन नसक्ने अथवा नभ्याउने विषयको वहसको थालनी हुनसक्ने सम्भावना छ ।  आत्मप्रशंसाको आसक्ति बढेर जाने र मानसिक पछुतो पर्नसक्ने सम्भावना देखिएको भएता पनि वस्तुपरिस्थितिलाई मनन् गरी गाम्भीर्यताको साथमा स्वकर्ममा लगनशील रहनेले समयको उपलब्धि निकाल्न सकिने छ । गोचरको अस्पष्ट भूमिकालाई न्यूनिकरण गर्नु सूर्यदेवको आराधना गर्नु उपयुक्त हुनेछ ।   


तुला राशिः
तुला राशिहुनेहरुको लागि आजको दिन अल्लि होसियारी पुर्याउनपर्ने खालको रहेको छ । कामकार्यमा विभिन्न दृष्यादृष्य अबरोध आउनसक्ने छन् । अल्मल्याउने र अबरोध गर्ने तथा ईष्या गर्नेहरु पनि आइलाग्न सक्नेछन् । अल्लि बढी परिश्रमबाट मात्रै अल्पलाभ एवम् सफलता मिलनसक्ने छ । आफ्नै विचारमा संकोचको भावनाले दुख दिनसक्ने र नसो“चेको झमेला आइपर्नसक्ने पनि सम्भावना छ ख्याल गर्नुहोला । अनावश्यक आसक्ति नगरेकै राम्रो हुनेछ भने आफूमा केही सहने क्षमताको विकास गर्नाले पनि सम्भावित पछुतोबाट बच्न सकिने छ । सल्लाह गर्न बस्ने तर झगडा गरेर उठ्ने जस्तो पर्नसक्ने सम्भावना छ, आफ्नो गोपनीयता नखुस्काउनु होला ।


वृश्चिक राशिः
वृश्चिक राशिहुने व्यक्तिहरुको लागि आजको दिन पराक्रम बढ्ने हुनाले पुरुषार्थकर रहनेछ । शारीरिक जोशजाँगर बढ्ने हुनाले रोकिएर रहेका काम पूरा गर्ने मौका मिल्नेछ । सहयोगीहरु पनि जुट्ने छन् । इष्टमित्र तथा जानपहिचानका व्यक्तिहरुबाट प्रशंसा पाइनेछ । दाजुभाईबीचको सम्बन्धमा सुधार आउने एवम् भाइबहिनीसँगको सहकार्यबाट उपलब्धि गर्न सकिने छ । व्यवसायिक कामबाट आर्थिक उपार्जन गर्न सकिनेछ । तीन अंक, हरियो रङ्ग आज तपाईको लागि उपयुक्त रहनेछ भने दिदी बहिनीलाई उपहार दिनाले अपेक्षित उपलब्धि ल्याउन सहयोग गर्नेछ ।

धनु राशिः
धनु राशि हुनेहरुको लागि आजको दिन ग्रहगोचर अनुकूल एवम् सकारात्मक प्रभावशाली देखिएको छ । वाणीमा मिठास आउने हुनाले बोलीवचनको भूमिकाले मान्छेहरुको मन जित्न सकिनेछ । प्रवचन, भाषण तथा अध्यापन एवम् तर्कजन्य विषयमा यहाँको प्रस्तुति सकारात्मक र प्रभावशाली हुनेछ । व्यवसायिक कार्यमा प्रगति हुनगई आर्थिक सुधार एवम् लाभ हुनेछ । परोपकार एवम् समाजिक सेवाका कार्यमा सरिक हुने मौका मिल्नसक्ने छ । नाता–कुटुम्बिक सम्बन्ध विस्तार हुनेछ तथा परिवारमा नयाँ सदस्यको आगमन हुनसक्ने छ । आज यहाँको लागि दोस्रोक्रमसँख्या, उज्यालो रंगको प्रयोग फापसिद्ध रहनेछ भने सूर्यनमस्कारको साधना हितप्रद हुनेछ ।


मकर राशिः
मकर राशिहुने व्यक्तिहरुको लागि आजको दिन सकारात्मक एवं उमङ्गिलो तथा राहतपूर्ण रहने छ । नया“ पेशा–व्यवसायको विचार मन्थन हुनसक्ने छ । औपचारिक विचार गोष्ठी–कार्यक्रम आदिमा संलग्न हुनपाइने अवसर मिल्नसक्ने छ । येश–कृति र शान्ति एवं कान्ति बढ्नेछ । अनुहारमा हसिलो पन तथा आकर्षण बढ्नाले मान्छेहरुलाई प्रभाव पार्नसकिने छ । मानसम्मान, पदप्रतिष्ठामा बढोत्तरी हुनेछ । स्वादिष्ट परिकार आदिद्वारा स्वागत सत्कार मिल्नेछ । घरपरिवार तथा कार्यक्षेत्रमा सौहार्दता र प्रसन्नता छाउने छ । मनोकूल वातावरण बन्ने र व्यवसाय एवम् कर्मक्षेत्रबाट लाभ तथा सफलता मिल्नेछ ।


कुम्भ राशिः
कुम्भ राशिका व्यक्तिहरुको लागि आजको दिन सामान्य कार्यलाई पनि बढीनै यत्न गरेरमात्रै सफलता पाउन सकिने खालको दिन रहेको छ । हतारमा र विना जरुरी फजुलका कार्यमा चेष्टा नगरेकै राम्रो हुनेछ । बुद्धिको भरपुर प्रयोग गरेर अनावश्यक रुपमा धनको क्षति हुने तथा पश्चातापमा पर्न सकिने सम्भावनालाई हटाउन कोसिस गर्नुपर्ला । तीर्थ गमन वा मान्यजनको दर्शनभेटको लागि यात्रा गर्नुले खर्चयोगको सदुपयोग हुनसक्ने छ । यहाँको लागि आज तीन अंक र पहेंलो रंगको प्रयोग हितकर हुनेछ भने भगवान सूर्यनारायाणको श्रद्धाभक्ति विशेष हितकर हुनेछ ।

मीन राशिः
मीन राशिका व्यक्तिहरुको लागि आजको दिन व्यवसायिक क्षेत्रबाट राम्रो लाभ गर्नसकिने छ । परीक्षा तथा प्रतिस्पर्धामा उर्तिण तथा विजयी हुनसकिने दिन छ । सन्तानको पक्षबाट पनि सन्तोष मिल्नेछ । अधुरा रहेका कामहरुलाई पूर्णता दिने गरी समय तथा अवसरको सदुपयोग गर्नु बुद्धिमानी हुनेछ । विवाह प्रसङ्गको पनि सम्भावना देखिन्छ । समर्थन तथा सहयोग प्राप्त हुने र प्रशंसा पनि बढ्नेछ । आज यहाँलाई दुई अंक, सेतो रङ्ग उपयुक्त हुनेछ भने सूर्यशक्तिलाई बढाउने उपाय गर्नुले थप सफलता मिल्ने छ ।  

आज जन्म दिन पर्ने सबैलाई न्यूज अभियान डट् कम परिवारको तर्फबाट सुस्वाथ्य एवम् दीर्घायु र उत्तरोत्तर प्रगतिको शुभकामना ....। एप मार्फत एंड्रोईड मोबाइलमा राशिफल हेर्नका लागि : Download Link : https://goo.gl/29PZux

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

ताजा भिडियो ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan