Tuesday 27th of June | २०७४ असार १३ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

बि.सं.२०७३ साल पौष १६ गते शनिवारको राशिफल

न्यूजअभियान | प्रकाशित मिति : २०७३ पौष १६ शनिबार
newsabhiyan
newsabhiyan

आजको पञ्चाङ्ग –
नेपाली मितिः वि.सं. २०७३ । नेपाल सं. ११३७ । योग सं. ३७ । पुस महिनाको १६ गते शनिवार ।
अँग्रजी मितिः ई.सं. २०१६ डिसेम्बर महिनाको ३१ तारिख ।
योगः  व्याघात योग, १०ः४१ बजेपछि हर्षण योग ।
तथीः हेमन्त ऋतु पौष शुक्लपक्षको द्वितीया तिथी, १४ः२० बजेपछि तृतीया तिथी । 
नक्षत्रः उत्तराषाढा, १४ः५२ बजेपछि श्रवण नक्षत्र ।
करणः कौलव १४ः२० बजेसम्म उपरान्त तैतिल करण ।
चन्द्रमाः  मकर राशिमा ।
काठमाडौंमा सूर्योदयः ०६ः५६ बजे ।
काठमाडौंमा सूर्यास्तः १७ः१८ बजे ।
राहुकालः ०९:३१  बजेपछि १०ः५० बजेसम्म ।
यात्राः दक्षिण दिशाको लागि उपयुक्त छ । 

आजको राशिफल

मेष राशिः
मेष राशि हुनेहरुको लागि आजको दिन मानसम्मान एवम् पदप्रतिष्ठा प्राप्ति हुने रहेको छ । व्यापार व्यवसायबाट राम्रै आर्थिक उपलब्धि एवम् लाभ गर्नसकिने छ  । जागिर एवम् राजनीति तथा समाज सेवाको क्षेत्रमा थप जिम्मेवारी मिल्नसक्ने छ । उच्चवर्ग तथा पदस्थ व्यक्तित्त्वहरु सँगको भेटघाटले महत्त्वाकांक्षी पनि बनाउने छ । विशेष विषयको योजनाको बारेमा विचारविमर्श हुनसक्ने छ । महत्त्वपूर्ण नयाँ कार्यको थालनी हुनसक्ने सम्भावना पनि रहेको छ । यहाँलाई आज एक अंक, रातो रङ्ग अनुकूल रहने छ, अपेक्षित उपलब्धिको लागि हृदयदेखि नै हनुमानदेवको श्रद्धाभक्ति गर्नु अझ प्रभावकारी हुनेछ । मान्यजन वा विशिष्ट ओहोदाका व्यक्तिप्रति सम्मान व्यवहार गर्नु फाइदाप्रद हुनेछ । 
 

वृष राशिः
वृष राशिका व्यक्तिहरुको लागि आजको दिन सामान्यतया आफूभन्दा माथिल्लो निकायबाट केही दबाबपूर्ण व्यवहार नहोला भन्न सकिन्न तथापि दिन भाग्यप्रद रहने छ । मनमा सात्त्विक विचारले प्रसय पाउनाले धार्मिक एवम् आस्तिक भावना बलियो हुनेछ । आध्यात्मिक उत्प्रेरणाको बलले दैनिक व्यवहारमा समेत मद्दत पुर्याउने छ । व्यवसायिक कार्यमा सफलता मिल्नाले आँट बढ्नेछ । नोकरी आदिमा आएका अबरोधहरु पनि हट्ने र जिम्मेवारी एवम् भूमिका थपिने छ । आज यहाँको लागि नौ अंक, पहेंलो रङ्गको प्रयोग फापकर हुनेछ भने शनिमहाकालको स्तुतिस्मरणको अभ्यासले अपयश जन्य स्थितिलाई हटाउन मद्दत हुनेछ ।

मिथुन राशिः
मिथुन राशिका व्यक्तिहरुको लागि आजको दिन विपरित महसूस हुनसक्ने छ । बोलिचाली एवं जनव्यवहारमा  सोँचविचार र सावधानी अप्नाउनु उचित हुनेछ । व्यवसाय तथा कर्मक्षेत्रमा बाधा अड्चन परिशानीजन्य स्थिति सृजना हुनसक्ने गोचरको प्रभाव छ भने अपेक्षित एवं प्राप्त आश्वासन पूरा हुन कठिन पर्नेछ । स्वास्थ्यमा पनि समस्या रहनसक्ने छ, हृदयका दीर्घरोगीहरुले विशोष ध्यान दिन जरुरी देखिएको छ । उपर्युक्त संघर्ष एवं प्रतिकूलताको बाबजुत खासै सोँचविचार नभएको काम बनेर केही राहत भने मिल्नेछ । आज यहाँले गुरुजन तथा इष्टदेवको श्रद्धाभक्ति बढाउनु शभदायक हुनेछ । 

कर्कट राशिः
कर्कट राशिका व्यक्तिहरुको लागि आजको दिन आमोद–प्रमोद तथा विलासवृति बढ्ने ग्रहगोचर परेको छ । कसैकसैलाई गलतनियत भएको विपरितलिङ्गीको झमेला पर्नसक्ने खतरा पनि देखिन्छ होस पुर्याउनु पर्ला । ठिकै रुपमा व्यवसायिक उन्नति हुनाले आर्थिक सङ्कलन हुनेछ । औपचारिक कार्यक्रम आदिको निमन्त्रणा मिल्ने तथा रमाइलो स्थानको यात्रा पनि हुनसक्ने देखिन्छ । विवाह प्रस्तावको विषयमा विशेष विचार पुर्याउन जरुरी हुनेछ । आज यहाँलाई सात अंक, सेतो रङ्ग शुभ हुनेछ भने भैरवदेवको दर्शन भक्तिले हित गर्नेछ । 


सिंह राशिः
सिंह राशि हुनेहरुको लागि आजको दिन अनुकूल रहनेछ । स्वास्थ्यमा सुधार आउने एवम् शारीरिक जोशजाँगर बढ्ने तथा कान्तिमा बृद्धि हुनेछ । साथै शत्रुमाथि विजय हासिल गर्नसकिने छ । अवसर तथा समयको सदुपयोगले प्रतिस्पर्धामा सफलता हात लाग्ने र पदीय जिम्मेवारी लिनसकिने छ । आफ्नो पेशागत कार्यबाट पनि राम्रो उपलब्धि हुने तथा लक्ष्मीकृपा प्राप्त हुनेछ । पक्षविपक्ष बीचमा सम्पादन हुने वहस तथा राजनीतिजन्य क्षेत्रमा पनि आफ्नो वचस्व स्थापित गर्नसकिने छ । नयाँ स्थानको घुमफिर पनि हुनसक्ने ग्रहगोचरले संकेत गरिरहेको छ ।

कन्या राशिः
कन्या राशि हुनेहरुको लागि आजको दिन गोचरमा सुधार आएको छ तथापि विद्वदता तथा मुढेज्ञानको प्रमाद् बढ्ने हो कि भन्ने शङ्का पनि देखिएको छ । अर्काको निन्दाचर्चामा समय बित्ने र गोपनीयता खुश्कनसक्ने प्रबल सम्भावना छ ख्याल गर्नु होला ।  मै जान्ने हु“ भन्नखोज्दा तथा आत्मप्रशंसाको आसक्ति पाल्दा झन कमजोरी देखिनसक्छ । तथापि मानवीय व्यवहार र धैर्यता गर्नाले प्रतिष्ठा जोगिनसक्ने छ । केहीहदसम्म सन्तानबाट सुख मिल्लेछ ।  व्यवसायबाट लाभ प्राप्त हुनेछ । अध्ययन अध्यापन तथा लेखनमा सुधार आउने छ । आज पाँच अङ्क, रातो रङ्गको प्रयोग र भगवान हनुमानको दर्शन भक्ति स्तुति गर्नु विशेष फापसिद्ध हुनेछ । 


तुला राशिः
तुला राशिहुनेहरुको लागि आजको दिन केही सावधानी अप्नाउनु पर्ने देखिएको छ । अनायाशै वादविवाद तथा मनमुटावको सम्भावना देखिएकोले जनजीवन एवम् बोलीचालीको व्यवहारमा विचार पुर्याएर मात्रै काम गर्नुपर्ला । केही पारिवारिक समस्यासँग मुकाविला गर्नपर्ने र आँटेताकेको काममा विलम्ब हुने तथा अनर्थजन्य लक्षणहरु प्रतित हुनसक्ने ग्रहगोचरीय अवस्था देखिएकोले संयम गर्न जरुरी हुनेछ । नियत सफा राखेर गरिने कार्यबाट केही लाभ गर्न भने सकिनेछ । आज चार अंक, सेतो रङ्ग यहाँको लागि उपयुक्त हुनेछ भने आमा समानका व्यक्तित्त्वको आर्शिवादले यहाँलाई हित गर्नेछ ।

वृश्चिक राशिः
वृश्चिक राशिहुने व्यक्तिहरुको लागि आजको दिन बहुआयामिक रहेको छ । शक्तिको भरपुर सदुयोग गर्नु बुद्धिमानी हुनेछ । शारीरिक एवम् मानसिक जाँगर बढेर आउने हुनाले रोकिएर रहेको काम पूरा गर्ने मौका मिल्नेछ । सहयोगीहरु जुट्ने र इष्टमित्र तथा जानपहिचानका व्यक्तिहरुबाट प्रशंसा पाइनेछ । बन्धुबान्धवबीचको सम्बन्धमा सुधार आउनेछ भने विशेष कामको लागि सहकार्यको प्रस्ताव पनि आउनसक्नेछ । पेशागत क्षेत्रबाट यथाशक्ति आर्थिक उपार्जन गर्न सकिनेछ । आज यहाँलाई तीन अंक, हरियो रङ्गको प्रयोग फाप्नेछ भने साढेसाती शनिको प्रभावलाई न्यून गर्न शनिदेवलाई खुशी बनाउने उपाय अवलम्बन गर्नु हितकर हुनेछ ।

धनु राशिः
धनु राशि हुनेहरुको लागि आजको दिन बोलीवचनको प्रभाव बढ्ने क्रममा गोचरको प्रभाव देखिन्छ । समुन्नती लाई बढाउने दिन परेकोले व्यापार एवम् व्यवसाय आदिमा राम्रो कारोबार हुनसक्ने छ । धुकुटीमा धनधातु तथा खजानाको बृद्धि हुनेछ ।  मान्छेहरुलाई वाणी तथा प्रवचन–भाषण एवम् तर्कले प्रभाव पार्नसकिने छ र प्रशंसा पनि मिल्नेछ । परिवारमा नयाँ सदस्य वा नाता–कुटुम्ब अर्थात परदेशी कसैको आगमनले रौनक थप्नेछ । भने शुभसमाचार प्राप्त हुनाले वातावरण रमाइलो हुनेछ । परपाहुनाको सेवासत्कारमा व्यस्त रहन पर्ने पनिसम्भावना रहनेछ । आज यहाँले दुई अङ्क, सेतो रङ्गको प्रयोगलाई प्रार्थमिकता दिनु लाभकर हुनेछ भने साढेसाती शनिको दुष्प्रभाव निवारणको लागि उपयुक्त उपाय अवलम्बन गर्नु  श्रेयस्कर हुनेछ ।


मकर राशिः
मकर राशिहुने व्यक्तिहरुको लागि आजको दिन शारीरिक एवम् मानसिक सुख र  शान्ति मिल्ने खालको  छ । सामाजिक प्रतिष्ठा मिल्ने र  ईच्छाएका केही काम पूरा हुनेछन् । प्रशंसा पनि मिल्नेछ भने कामकार्यमा उत्साह बढ्ने तथा खुशी एवम् उमंग छाउनेछ । निम्तो तथा स्वागत सत्कारको अवसर पनि मिल्नसक्ने छ । सहयोगी भेटिने र पेशा एवम् व्यवसायिक कार्यबाट राम्रो फाइदा उठाउन सक्नुहुनेछ । यहाँहरुको लागि आज एक अंक, रातो रङ्ग उपयुक्त हुनेछ भने थप सफलताको लागि इष्टदेवको श्रद्धाभक्ति गर्नु शुभप्रद हुनेछ ।


कुम्भ राशिः
कुम्भ राशिका व्यक्तिहरुको लागि आजको दिन सोँचविचार नपुर्याई अनावश्यक रुपमा गरिएको घुमफिरले अन्ततः खर्चलाई नै प्रोत्साहन गर्ला । सुझबुझ नगरी गरिएको फुर्तिफार्तिले पश्चाताप पार्नसक्ने छ । अप्रत्यासित रुपमा कामकार्यमा अबरोध आउनाले मानसिक उद्दिग्नता हुनसक्ने कुरालाई नकार्न सकिन्न । आयमा मन्दि आउने तथा सञ्चित धनखजानाको खर्च हुने, अस्वस्थता बढ्नसक्ने आदि कुरालाई पनि गोचरले लक्षित गरिरहेको छ । मानसिकरुपमा डर लाग्ने, जनव्यवहारमा अन्यायमा पर्नसकिने, मानप्रतिष्ठामा ह्रास आउने, विनाजरुरीको क्षेत्रमा अनर्थ परिश्रम हुनजाने आदि संघर्षजन्य परिवेशको सामना गर्नपर्न सक्नेछ । अल्लि सावधानी एवं संयम र परिश्रमपूर्वक स्वकर्ममा तत्लिन रहनाले केहीहद्सम्म उपलब्धि मिल्नसक्ने छ ।

मीन राशिः
मीन राशिका व्यक्तिहरुको लागि आजको दिन लक्ष्मीकृपाको योग परेको देखिन्छ । तसर्थ व्यवसायिक क्षेत्रबाट राम्रो आम्दानी गर्नसकिने छ । विद्यार्थीहरु परीक्षामार खेलाडि तथा शारीरिक प्रतिस्पर्धीहरु प्रतिस्पर्धामा उर्तिण तथा विजयी हुनसकिने छ । सन्तानको पक्षबाट पनि सन्तोष मिल्नेछ । अधुरा रहेका कामहरुलाई पूर्णता दिने गरी दिनको सदुपयोग गर्नाले अझ बढी सन्तोष लिनसकिने छ । विवाह योग्य युवायुवतीको लागि पनि जोडी भेटिन सक्ने ग्रहप्रभाव रहेको छ । आज यहाँलाई दुई अंक, सेतो रङ्गको प्रयोग शुभ हुनेछ  भने माँ जगद्कालीको वन्दना एवं दर्शनभक्ति गर्नु हितप्रद हुनेछ ।

आज जन्म दिन पर्ने सबैलाई न्यूज अभियान डट् कम परिवारको तर्फबाट सुस्वाथ्य एवम् दीर्घायु र उत्तरोत्तर प्रगतिको शुभकामना ....। एप मार्फत एंड्रोईड मोबाइलमा राशिफल हेर्नका लागि : Download Link : https://goo.gl/29PZux

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

ताजा भिडियो ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan