Monday 11th of December | २०७४ मङ्सिर २५ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

बि.सं.२०७३ साल पौष १५ गते शुक्रवारको राशिफल

न्यूजअभियान | प्रकाशित मिति : २०७३ पौष १५ शुक्रबार
newsabhiyan
newsabhiyan

आजको पञ्चाङ्ग –
नेपाली मितिः वि.सं. २०७३ । नेपाल सं. ११३७ । योग सं. ३७ । पुस महिनाको १५ गते शुक्रवार ।
अँग्रजी मितिः ई.सं. २०१६ डिसेम्बर महिनाको ३० तारिख ।
योगः  ध्रुव योग, ११ः१४ बजेपछि व्याघात योग ।
तथीः हेमन्त ऋतु पौष शुक्लपक्षको प्रतिपदा तिथी, १३ः३४ बजेपछि द्वितीया तिथी । 
नक्षत्रः पूर्वाषाढा, १३ ः३५ बजेपछि उत्तराषाढा नक्षत्र ।
करणः बव १३ः३४ बजेसम्म उपरान्त बालव करण ।
चन्द्रमाः  धनु राशिमा, १९ः५७ बजेपछि मकर राशिमा ।
काठमाडौंमा सूर्योदयः ०६ः५६ बजे ।
काठमाडौंमा सूर्यास्तः १७ः१७ बजे ।
राहुकालः १०:४८  बजेपछि १२ः०७ बजेसम्म ।
यात्राः अत्यावश्यकमा मात्रै ईशान दिशाको लागि । 

आजको राशिफल

मेष राशिः
मेष राशि हुनेहरुको लागि आजको दिन ईष्र्यालु तथा कमजोरी खोज्नेहरू सक्रिय देखिने सम्भावना भएकाले सावधानी अप्नाउन पर्नसक्ने छ । त्यस्तै मिथ्या आरोप आइलाग्नसक्ने सम्भावना भएकोले होसियारी जरुरी हुनेछ । शुरुशुरुमा भयत्रासको वातावरण सृजना भएपनि सकारात्मक सोँच तथा व्यवहारले परिणाम भने सुखद ल्याउन सकिनेछ प्रयत्न गर्नुहोला । औपचारिक कार्यक्रम आदिमा सहभागी हुनुपर्ने सम्भावना पनि देखिएको छ । आस्तिक भावना बृद्धि हुनाले धर्मकर्म बढ्ने तथा धर्मप्रभावले धनलाभ पनि हुने देखिन्छ ।  आज यहाँलाई नौ अंक, पहेलो तथा सेतो रङ्गको प्रयोग र इन्द्रायणीदेवीको स्तुति विशेष फलकारक हुनेछ ।
 

वृष राशिः
वृष राशिका व्यक्तिहरुको लागि आजको दिन साविकभन्दा बढी संघर्ष पर्ने खालको देखिएको छ । स्वास्थ्यमा प्रतिकूलता पर्नसक्ने सम्भावना रहेकोले आहारविहारमा ख्याल पुर्याउन जरुरी हुनेछ । दीर्घरोगीहरुले निकै सावधानी अप्नाउनु होला । जन्मकालमा सम्बन्धित ग्रह प्रतिकूल हुनेहरुको लागि चोटपटकजन्य खतरा पनि देखिन्छ ख्याल पुर्याउनु पर्ला । कार्यक्षेत्रमा पनि केही अबरोध सृजना हुनसक्ने तथा काम बिग्रनसक्ने छ । धैर्यता र संयमले तनावलाई व्यवस्थापन गर्नु उचित हुनेछ । आठ अंक, रातो रङ्ग आज यहाँको लागि शुभ रहनेछ भने बाधाबिघ्न निवारको लागि इष्टदेवको साधना बढाउनु उपयुक्त हुनेछ ।

मिथुन राशिः
मिथुन राशिका व्यक्तिहरुको लागि आजको दिन भौतिक उन्नतिप्रद गोचर परेको छ । पेशागत क्षेत्रमा चहलपहल बढ्नेछ, उद्यमधन्दा प्रति चेष्टा बढ्नेछ । व्यवसायबाट राम्रै उपलब्धि एवं सफलता र लाभ हासिल गर्नसकिनेछ । टाढाको खबर मिल्ने, औपचारिक कार्यमा व्यस्त रहनुपर्ने, विशेष व्यक्तित्त्वहरुसँग भेट्घाट हुनसकिने छ । प्रेम तथा दाम्पत्यजीवनमा सुख बृद्धिहुने, विलासी–प्रमोदी दिनचर्या रहने, रमाइलो यात्राको संयोग पर्नसक्ने छ । सामान्य दैनिकी कार्यमा पनि व्यापारजन्य कर्म सम्पादन हुन जाने सम्भावना छ । सात अङ्क, सेतो रङ्गको उपयोग र साहित्यिक सन्दर्भ यहाँको लागि आज शुभप्रद हुनेछ ।

कर्कट राशिः
कर्कट राशिका व्यक्तिहरुको लागि आजको दिन हिम्मतिलो रहनेछ । कामकार्यमा निकै मन लाग्नेछ । महत्त्वपूर्ण कार्यको लागि स्वजनबाट सहयोग मिल्नसक्ने छ । शत्रुमुकाविला तथा प्रतिस्पर्धामा सफल भइने छ । पेशा तथा व्यवसायको क्षेत्रमा श्रीलक्ष्मीको कृपा हुने हुनाले यथेष्ट धनलाभ गर्नसकिने छ । शारीरिक आरोग्यता बढ्नाले शरीरमा शक्ति र कान्ति बृद्धि हुनेछ भने साहस थपिने छ । उनमाद नगरी स्वकर्मरत् भएमा आँटसाहसले गर्ने काम सम्पादन गर्न सकिने छ । मानसम्मान पूर्ण यात्रा एवम् मनोरञ्जनको वातावरण सृजना हुनेछ ।


सिंह राशिः
सिंह राशि हुनेहरुको लागि आजको दिन सकारात्मक मानिहाल्न अल्लि मिल्दैन तथापि बुद्धि पुर्याउनसके ज्ञानार्जनको क्षेत्रमा प्रगति गर्नसकिने छ तर विद्याको उन्माद बढ्ने हो कि भन्ने डर पनि देखिन्छ । जन्मकालमा प्रतिकूल ग्रह हुनेहरुलाई शीर तथा मस्तिष्कसम्बन्धी समस्या आउनसक्ने खतरा पनि देखिन्छ ।  विनापरिश्रमको धनार्जन गर्ने चेष्टाले परिणाम राम्रो नदिनसक्ने छ, ख्याल गर्नुपर्ला । फजुलका विषयमा चेष्टा दिँदा आफ्नो मुख्यकाम थाति रहनसक्ने सम्भावना छ । वस्तुपरिस्थिति बुझेर अघिबढ्नु र घमण्डललाई संयम गर्नु बुद्धिमानी हुनेछ । पाँच अङ्क, रातो रङ्गको प्रयोग र माँ इन्द्रायणीको भक्तिभाव गर्नु आज यहाँको लागि शुभप्रद हुनेछ ।

कन्या राशिः
कन्या राशि हुनेहरुको लागि आजको दिन कार्यमा अबरोध आउने र मानसिक अशान्ति बढ्नसक्ने गोचरप्रभाव छ । विचारमा पनि संकिर्णता आउनाले संसर्गिसँग कटुता बढ्नसक्ने सम्भावनालाई पनि नकार्न सकिन्न । विरोधी तत्त्वले पनि यही मौकामा प्रहार गर्नसक्ने भएकोले चनाखो हुन जरुरी देखिन्छ । अपयश तथा बाधाब्याबधान आउँदैमा हतास मानसिकता गरिहाल्न भने पर्दैन, हिम्मत नहार्ने र सत्नियतमा रहने तथा उपयुक्त उपाय अवलम्बन गर्ने गर्नाले अन्तिममा सफाइ र सफलता मिल्नेछ । केही संघर्ष एवम् अल्लि बढी मेहनतबाट केही फाइदा पनि गर्नसकिने छ ।


तुला राशिः
तुला राशिहुनेहरुको लागि आजको दिन पराक्रम बढेर आएकोले सानातिना काममा सहजै सफलता मिल्नेछ भने  नविन कार्ययोजनाको जमर्को तथा प्रस्ताव पनि आउनसक्ने छ । उत्साह तथा उमङ्गिलो दिन परेकोले समयको सदुपयोग गर्नाले व्यवसायिक प्रगती तथा लाभ हुने र सन्तुष्टि मिल्नेछ । सहयोग पनि प्राप्त गर्नसकिने साथै परिश्रमले सफल भैनेछ । प्रतिस्पर्धा तथा खेलकुद आदिमा सफलता मिल्ने छ भने अभिष्ट कार्य सिद्धि हुनेछ । पुरुषार्थ गर्नसकिने छ भने सफलता आदिको कारणले केही महत्त्वाकांक्षा पनि बढाउने छ । दाजुभाईबीचको मतान्तरलाई समझदारीमा ल्याउन सकिनेछ । आज तीन अङ्क, हरियो रङ्गको प्रयोग गर्नु फापकर हुनेछ भने भाइबहिनीलाई सहयोग गर्नुले विशेष महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ ।

वृश्चिक राशिः
वृश्चिक राशिहुने व्यक्तिहरुको लागि आजको दिन सामान्य अनुकूल देखिएको छ । वाणीमा दोष लाग्नसक्ने ग्रहगोचरीय स्थिति रहेकोले बोलीवचनको व्यवहारमा ख्याल गर्नु उपयुक्त हुनेछ । व्यवसायिक कार्यमा भने प्रगति हुने देखिएको छ तथापि सन्चित धनको अपव्ययलाई भने नकार्न सकिन्न । समाजिक कार्यमा संलग्न हुने मौका मिल्नसक्ने छ । नाता–कुटुम्बिक सम्बन्धमा पनि केही सजग हुन जरुरी छ । आज यहाँको लागि दुई अङ्क, सेतो रङ्गको उपयोग गर्नु उपयुक्त रहने छ भने माँ इन्द्रायणीको सेवाआराधनाले प्रतिकूल ग्रहप्रभावको सामना गर्ने क्षमताको बृद्धि गर्नेछ ।

धनु राशिः
धनु राशि हुनेहरुको लागि आजको दिन गोचर ग्रहले केही सुधारात्मक कोल्टे फेरेको छ । रमाइलो तथा मनोरञ्नयुक्त वातावरण तयार हुनसक्ने छ । ईज्जत तथा मानप्रतिष्ठामा विकास हुनेछ । मनोनुकूल वातावरण सृजना हुनाले मनोरञ्जन एवम् खुशीयाली बढ्ने छ । मनोवाञ्छित स्वादिष्ट भोजनद्वारा मेजमानी मिल्नसक्ने छ । इष्टमित्रको आगमन हुने र सौगात तथा उपाहार मिल्नसक्ने सम्भावना छ । नयाँ काममा लगानी वा शेयर आदि कारोबारको अवसर मिल्नसक्ने छ । पेशागत लाभ एवम् सफलता प्राप्त हुनेछ । दाम्पत्य एवं प्रेमसम्बन्ध प्रगाढ बन्ने छ । आज यहाँलाई एक अङ्क, रातो रङ्गको प्रयोग र माँ सन्तोषीको दर्शन भक्तिले अरु थप हित गर्ने छ ।


मकर राशिः
मकर राशिहुने व्यक्तिहरुको लागि आजको दिन यद्यपि साँझबाट सुधार आउनेछ तथापि दिन संघर्षकारक नै रहेको बुझ्न जरुरी छ । आयभन्दा खर्चको मात्रा बढी हुने र समस्या थपिने तथा गर्न लागेको कामकार्यमा अबरोध सृजना हुनेक्रम रहनसक्ने छ ।  सानो काम पनि अल्लि ठूलै परिश्रमले मात्रै सम्पादन हुनसक्ला । कहीँकतैबाट हुने अवमूल्यन जस्तो व्यवहारको पनि सामना गर्न पर्नसक्छ । विचलित नभई स्वकर्म तथा कर्तव्यमा रहनाले साँझबाट परिस्थितिमा सुधार आई समस्याहरु सुल्झिन थाल्नेछन् । क्रमशः मानसिक शान्ति बढ्ने र चैन मिल्ने छ । कुनै कन्यालाई दान दिनु आज यहाँको लागि शुभकर हुनेछ ।


कुम्भ राशिः
कुम्भ राशिका व्यक्तिहरुको लागि आजको दिन साँझसम्म अनुकूल देखिन्छ । पुरुषार्थ बढ्ने नै छ । भौतिक उपलब्धि गर्नसकिने छ । स्वकर्ममा लगनशील हुनसके रोकिएर रहेका केही काम फत्ते गर्न सकिनेछ । मान्छेहरुबाट प्रसंशा पनि लिनसकिने, सहयोग प्राप्ति हुने र सफलता मिल्ने गोचरप्रभाव छ । व्यापार व्यवसायबाट आयआम्दानी बढ्ने छ भने रोमान्चकारी यात्राको सम्भावना पनि देखिन्छ । नयाँ मान्छेहरुसँग सुमधुरसम्बन्ध स्थापित हुनेछ । साँझपखबाट भने ग्रह केही प्रतिकूल हुनजाने देखिएको छ तसर्थ कामकार्य एवं जनव्यवहारमा होसियारी आवश्यक हुनेछ ।

मीन राशिः
मीन राशिका व्यक्तिहरुको लागि आजको दिन सामान्यको अतिरिक्त केही महत्त्वपूर्ण मानसम्मान प्राप्त हुने खालको रहेको छ । यापार तथा व्यवसाय, राजनीति एवम् समाजसेवाको क्षेत्रमा पनि ग्रहले ठिकै भूमिका निर्वाह गरेको देखिएकोले यथोचित लाभ एवम् सफलता हातपार्न सकिनेछ । जागिरेहरुको लागि पनि दिन सहज एवम् सन्तोषकर रहनेछ । समयलाई सदुपयोग गर्नसके तुलनात्मक रुपमा फाइदा लिन सकिने नै छ । यहाँलाई आज एक अंक, रातो रङ्गको उपयोग अनुकूल हुनेछ भने भगवान माता इन्द्रायणीको चरणको दर्शनभक्ति गर्नु हितकर हुनेछ । 

आज जन्म दिन पर्ने सबैलाई न्यूज अभियान डट् कम परिवारको तर्फबाट सुस्वाथ्य एवम् दीर्घायु र उत्तरोत्तर प्रगतिको शुभकामना ....। एप मार्फत एंड्रोईड मोबाइलमा राशिफल हेर्नका लागि : Download Link : https://goo.gl/29PZux


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan