Wednesday 23rd of August | २०७४ भदौ ७ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

बि.सं.२०७३ साल पौष १३ गते बुधवारको राशिफल

न्यूजअभियान | प्रकाशित मिति : २०७३ पौष १३ बुधबार
newsabhiyan
newsabhiyan

आजको पञ्चाङ्ग –
नेपाली मितिः वि.सं. २०७३ । नेपाल सं. ११३७ । योग सं. ३७ । पुस महिनाको १३ गते बुधवार ।
अँग्रजी मितिः ई.सं. २०१६ डिसेम्बर महिनाको २८ तारिख ।
योगः  गंड योग, ११ः१७ बजेपछि वृद्धि योग ।
तथीः हेमन्त ऋतु पौष कृष्णपक्षको चतुर्दशी तिथी, १०ः३८ बजेपछि औंशी ।
नक्षत्रः ज्येष्ठा, ०९ः४० बजेपछि मूल नक्षत्र ।
करणः शकुनि १०ः३८ बजेसम्म उपरान्त चतुष्पद करण ।
चन्द्रमाः  बृश्चिक राशिमा, ०९ः४० बजेपछि धनु राशिमा ।
काठमाडौंमा सूर्योदयः ०६ः५५ बजे ।
काठमाडौंमा सूर्यास्तः १७ः१६ बजे ।
राहुकालः १२ ः०५  बजेपछि १३ः२३ बजेसम्म ।
यात्राः अत्यावश्यकमा मात्रै ०९ः४० बजेपछि पूर्वदिशाको यात्रा गर्नुपर्ला । 

आजको राशिफल

मेष राशिः
मेष राशि हुनेहरुको लागि आजको दिन बिहानीसमय केही दिक्कतपूर्ण रहने ग्रहगोचर परेको देखिन्छ । तसर्थ कामकार्य गर्दा केही सावधानी अप्नाउनु मनासिव हुनेछ । उपरान्त क्रमशः स्वास्थ्यमा सुधार आउने छ । धर्मकर्ममा मन जानेछ । अध्यात्मिक तथा आस्तिक भावना बढ्ने र धार्मिक कार्यमा सरिक हुनसकिने छ । सौहार्दपूर्ण वातावरण बन्दै जानाले मानसिक शान्ति मिल्नेछ साथै कुनै तवरबाट आकस्मिक रुपमा लक्ष्मी कृपा हुनेछ । यात्रायोजना एवम् नयाँ कार्यको थालनीको सम्भावना पनि देखिएको छ । आज यहाँलाई नौ अङ्क, पहेलो रङ्गको प्रयोग र धार्मिक क्षेत्रलाई सहयोग गर्नु फलिफाप सिद्ध हुनेछ ।
 

वृष राशिः
वृष राशिका व्यक्तिहरुको लागि आजको दिन बिहानी समय उपयुक्त रहेपनि उपरान्त विलासिता तथा राजसी आहारले क्रमशः स्वास्थ्यमा समस्या देखिनसक्ने छ । कामकार्यमा पनि विभिन्न खालका अबरोधहरुको सामना गर्नपर्ने सम्भावनालाई गोचरले देखाइरहेको छ । आज दीर्घरोगीहरुले स्वास्थ्यमा अल्लि बढी ध्यान दिन जरुरी हुनेछ । दैनिक जिविकोपार्जन आदिको विषयमा पनि समस्या थपिनसक्ने भएको हुनाले संघर्षको सामना गर्ने मानसिकतामा बस्नु उपयुक्त हुनेछ । समय प्रतिकूल छ भनेर बुझ्न नसके अशान्ति हुनेछ र बुझेर धैर्य गर्नसकेको खण्डमा भने केही सहज हुनेछ । आज यहाँले  भगवान लक्ष्मीनारायणको भक्ति बढाउनु हितकर हुनेछ ।

मिथुन राशिः
मिथुन राशिका व्यक्तिहरुको लागि आजको दिन प्रतिस्पर्धाजन्य कामकार्यमा सफलता मिल्नेछ । जीवनसाथी वा प्रेमीको सहयोगले व्यवसायिक तथा पेशागत कार्य अघि बढ्न सक्नेछ भने अन्य क्षेत्रमा पनि मद्दत मिल्नेछ । पारिवारिक सामाञ्जस्यता बढ्ने र आमोद–प्रमोदपूर्ण दिन चर्या व्यतित हुने देखिन्छ । मानसम्मान मिल्ने तथा लौकिक उन्नति गर्नसकिने छ । गोचरले विशेष स्थानको यात्राको संयोगलाई पनि जुराइरहेको देखिएको छ । पेशा एवम् व्यवसायिक क्षेत्रबाट राम्रो लाभ हातपार्न सकिनेछ । राजनीति तथा समाजसेवा आदि क्षेत्रमा पनि अनुकूलता देखिएको छ । आज विपरित लिङ्गीलाई उपहार दिनाले विशेष अर्थ राख्नेछ ।


कर्कट राशिः
कर्कट राशिका व्यक्तिहरुको लागि आजको दिन अनुकूल एवम् सकारात्मक मान्न सकिन्छ । बिहानी समयमा ज्ञानविज्ञानको क्षेत्रमा सफलता मिल्ने छ भने उपरान्त स्वास्थ्यमा आरोग्यता बढ्ने तथा कान्तिमा बृद्धि हुनेछ साथै विपक्षिलाई सम्झौतामा लयाउन सकिनेछ । अवसर तथा समयको सदुपयोगले प्रतिस्पर्धाजन्य कार्यमा सफलता मिल्नेछ । जागिर आदि कार्य क्षेत्रबाट राम्रो सफलता तथा उपलब्धि गर्न सकिने छ भने अन्य पेशा तथा व्यवसायबाट आर्थिक लाभ गर्न सकिने छ । आज यहाँलाई हरियो रङ्ग, छ अङ्कको प्रयोग अनुकूल रहने छ भने लक्ष्मीनारायणको भक्तिभावले थप अनुकूलता सृजना गर्ने छ । 


सिंह राशिः
सिंह राशि हुनेहरुको लागि आजको दिन विद्याको अहं बढ्नसक्नेछ । नजानेपनि जानेजस्तो गर्ने मनोविज्ञानले प्रसय पाउने छ, जसलेगर्दा मान्छेहरुले कमजोरी तपाईको कमजोरी फेला पार्नसक्ने छन् । व्यवसायमा केहीमात्रामा लक्ष्मी प्रसन्न हुने र कार्य कार्यान्वयन हुनसक्ने देखिन्छ । सन्तानको बाटोबाट सन्तोष मिल्ने, नीतिगत सफलता मिल्ने छ । दिन ठिकै छ तापनि आफ्नै बुद्धिविवेकले काम नदि“दा पश्चाताप पर्नसक्नेछ, अहंभावलाई संयम गर्नु उचित हुनेछ । शिक्षा दिने व्यक्तित्त्व भेटिने छ ज्ञान लिन नचुक्नु बुद्धिमानी हुनेछ । आज तपाईलाई पाँच अङ्क, रातो रङ्गको प्रयोग र भगवान लक्ष्मीनारायणको भक्तिदर्शन एवं उपाशना गर्नु शुभफलप्रद हुनेछ ।

कन्या राशिः
कन्या राशि हुनेहरुको लागि आजको दिन मत बाझिने र असमझदारी गराउने भूमिकामा ग्रहगोचर उद्यत देखिन्छ । तसर्थ बैठक आदिमा सहकर्मी तथा मित्रवर्गसँग द्वन्द सृजना हुनसक्ने छ ख्याल पुर्याउनु पर्ला । चलिरहेको कार्यमा अबरोध आउनसक्ने एवम् वेचैनी बढ्नसक्ने साथै छरछिमेकी तथा हितैसीसँगको सम्बन्धमा तुषारो पर्नसक्ने भएकोले होसियार हुन जरुरी छ । मानसिक संकिर्णताको कारणले कार्यमा प्रतिकूलता आउनसक्ने भएकोल मानसिक धैर्यतालाई धारण गर्नु बुद्धिमानी हुनेछ । यी सामान्य प्रतिकूलताको बाबजुत पनि सावधानिपूर्वक स्वकर्ममा रत् रहनाले पेशा तथा व्यवसाय एवम् कर्मक्षेत्रबाट केही लाभ गर्न सकिनेछ ।


तुला राशिः
तुला राशिहुनेहरुको लागि आजको दिन शारीरिक स्फुर्तिबढेको हुनाले कार्यमा लगाव पनि बढ्ने र इष्टकार्य पूर्णहुने तथा पौरख गर्नसकिने छ । विशेष उपलब्धिको ग्रहयोग परेकोले रोकिएर रहेका काम पूरा गर्ने अवसर मिल्नेछ । सहयोगी हातहरु पनि जुट्ने छन् भने तपाईले आफ्नो क्रियाशिलताको प्रशंसा पनि पाउनु हुनेछ । दाजुभाईबीचको सम्बन्धमा पनि सुधार आउने छ । भातृक्लेश भएकाहरुले सोलाई निवारण गर्न कुनै उपाय गरेमा आज सफल हुनेछ । पेशा तथा व्यवसायिक कामबाट राम्रो परिमाणमा आर्थिक आयआर्जन गर्न सकिनेछ ।

वृश्चिक राशिः
वृश्चिक राशिहुने व्यक्तिहरुको लागि आजको दिन अल्लि अलमले दिन रहनेछ । भरविश्वास गरिएको आफन्तबाटै धोखा हुनसक्ने सम्भावना देखिएकोले कसैबाट कुनै अपेक्षा नगर्दा नै सुख होला । वाक्दोषको योग समेत परेकोले आफ्नै वोलीवचनले दुख पाइनसक्छ, वाणीव्यवहारमा ख्याल गर्नुहोला । अल्लि राजसिक एवम् तामसिक आहारमा मन जानपनि सक्ने तथा धनोन्माद् बढ्ने र सञ्चित धनको अपव्यय गराउने कुरालाई पनि गोचरले संकेत गरेको छ । उत्तेजनात्मक स्वभावलाई संयम गर्नुपर्ला अन्यथा न्याउरीमारी पछुतो पर्नसक्ने छ । आज यहाँलाई दुई अङ्क, सेतो तथा रातो रङ्गको उपयोग र भगवान नारायणको श्रद्धाभक्ति शुभकर हुनेछ ।

धनु राशिः
धनु राशि हुनेहरुको लागि आजको दिन ईज्जत तथा मानप्रतिष्ठामा विकास हुने छ । मनोरञ्जन तथा भौतिक उन्नतिको योग छ । व्यापार एवं व्यवसाय तथा कर्मक्षेत्रमा उत्साह बढ्ने, शुभचिन्तकहरुबाट राम्रो सहयोग मिल्ने छ । जनव्यवहारमा ग्रहगोचरको प्रभाव सकारात्मक देखिएको हुनाले उपलब्धि पनि राम्रो हुनेछ । उमङ्ग उत्साह र काम कार्य सम्पादन गर्न सहज वातावरण बन्नेछ । व्यवसायिक लाभ प्राप्त हुने र स्वजनहरुबाट प्रोत्साहन मिल्नसक्ने छ । आज तपाईँलाई एक अंक, रातो रङ्ग शुभ रहनेछ भने लक्ष्मीनारायणको दर्शन तथा सेवाश्रद्धा गर्नाले हित हुनेछ । 


मकर राशिः
मकर राशिहुने व्यक्तिहरुको लागि आजको दिन बढीनै यत्न गर्दा थोरैमात्रामा सफलता मिल्ला । सञ्चित धनको खर्च गराउने ग्रहयोग परेको हुनाले ढुकुटीमा ह्रास आउनसक्ने छ ।सोँचविचार एवम् विवेक पनि विपरित हुनसक्ने सम्भावना छ, ख्याल पुर्याउनु पर्ला । हतारमा र विना जरुरी फजुलका कार्यमा चेष्टा नगरेकै राम्रो हुनेछ । अन्यथा क्षतिखति व्यहोर्न पर्ने तथा पश्चातापमा पर्न सकिने सम्भावनालाई पनि नकार्न सकिन्न । तीर्थ गमन वा मान्यजन दर्शनभेट आदि गरी खर्चको सदुपयोग गर्नु मनासिव होला । यहाँको लागि आज भगवान लक्ष्मीनारायणको श्रद्धाभक्ति एवं स्तुति गर्नु शुभकर हुनेछ ।


कुम्भ राशिः
कुम्भ राशिका व्यक्तिहरुको लागि आजको दिन आयप्रद देखिएको छ । तथापि बढी ईच्छा गरेको कार्यमा अदृष्य रोकावट आउनसक्ने छ । सामान्यतया व्यवसायिक क्षेत्रबाट ठिकै अर्थोपार्जन गर्नसकिने छ । आफन्तीजनसँग भेट्घाट हुने र औपचारिकता निभाउन पर्नेछ । प्रशंसक बढ्ने र शुभसमाचार प्राप्त हुनेछ । महत्त्वाकांक्षी आश्वासन पनि मिल्न सक्नेछ । आज यहाँको लागि २ अंक, सेतो रङ्गको प्रयोग अनुकूल रहनेछ भने ग्रहको रोकावट निवारणको लागि विद्वान गुरुजनलाई खुशी बनाउने उपाय अवलम्बन गर्नु बुद्धिमानी हुनेछ । लक्ष्मीको सेवाश्रद्धाले थप कृपा प्राप्त हुनेछ ।

मीन राशि:
मीन राशिका व्यक्तिहरुको लागि आजको दिन उच्चकोटीको मानसम्मान प्राप्त हुनसक्ने खालको दिन छ । व्यक्तित्त्वको विकास हुने सुअवसर मिल्ने हुनाले समयको बढीभन्दा बढी सदुपयोग गर्नुहोला । व्यापार व्यवसाय, राजनीति एवम् समाजसेवाको क्षेत्रमा ग्रहले राम्रो बल दिएको छ । केही उच्चपदस्थ मान्य व्यक्तित्त्वसँग सम्बन्ध विस्तार हुनसक्ने छ । राज्यतहबाट बनाउनपर्ने कार्य बनाउनको लागि पनि अनुकूल दिन रहेको छ । यहाँलाई आज एक अंक, रातो रङ्ग अनुकूल हुने छ भने लक्ष्मीनारायणको श्रद्धाभाव बढाउनु हितकर हुनेछ । 

आज जन्म दिन पर्ने सबैलाई न्यूज अभियान डट् कम परिवारको तर्फबाट सुस्वाथ्य एवम् दीर्घायु र उत्तरोत्तर प्रगतिको शुभकामना ....। एप मार्फत एंड्रोईड मोबाइलमा राशिफल हेर्नका लागि : Download Link : https://goo.gl/29PZux

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan