Sunday 30th of April | २०७४ बैशाख १७ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

बि.सं.२०७३ साल पौष ११ गते सोमवारको राशिफल

न्यूजअभियान | प्रकाशित मिति : २०७३ पौष ११ सोमबार
newsabhiyan
newsabhiyan

आजको पञ्चाङ्ग –
नेपाली मितिः वि.सं. २०७३ । नेपाल सं. ११३७ । योग सं. ३७ । पुस महिनाको ११ गते सोमवार ।
अँग्रजी मितिः ई.सं. २०१६ डिसेम्बर महिनाको २६ तारिख ।
योगः  धृति योग, १०ः२५ बजेपछि शूल योग ।
तथीः हेमन्त ऋतु पौष कृष्णपक्षको त्रयोदशी तिथी ।
नक्षत्रः अनुराधा ।
करणः गर १९ः३४ बजेसम्म उपरान्त वणिज करण ।
चन्द्रमाः  बृश्चिक राशिमा ।
काठमाडौंमा सूर्योदयः ०६ः५४ बजे ।
काठमाडौंमा सूर्यास्तः १७ः१४ बजे ।
राहुकालः ०८ ः११  बजेपछि ०९ः३० बजेसम्म ।
यात्राः पश्चिम एवं उत्तर दिशाको लागि उपयुक्त छ ।

आजको राशिफल

मेष राशिः
मेष राशि हुनेहरुको लागि आजको दिन विपरित रहेको हुनाले अल्लि सोँचविचार र सावधानी अप्नाउनु पर्ने छ । व्यवसाय तथा कर्मक्षेत्रमा केही बाधा अड्चन परिशानी नहोला भन्न सकिन्न । स्वास्थ्यमा पनि समस्या देखिन सक्ने छ, हृदयका दीर्घरोगीहरुले विशोष ध्यान दिन जरुरी देखिएको छ । यदाकदा बिरोधीहरुले चक्रब्यूह रच्नसक्ने तर्फ पनि चनाखो एवं सावधानी हुन जरुरी छ । उपर्युक्त प्रतिकूलताको बाबजुत व्यवहारिक तरिकाबाट सजगता अप्नाइ आफ्नो कर्तव्यपथमा रत्रहनाले आकस्मिक लाभ एवं उपलब्धि भै निराशपन हट्ने छ । गौरीशङ्कर भगवानको आराधना तपाईँको लागि आज हितकर हुनेछ ।
 

वृष राशिः
वृष राशिका व्यक्तिहरुको लागि आजको दिन जीवनसाथी वा प्रेमीको सहयोगले व्यवसायिक तथा पेशागत कार्य अघि बढ्न सक्नेछ भने अन्य क्षेत्रमा पनि मद्दत मिल्नेछ । पारिवारिक सामाञ्जस्यता बढ्ने र आमोद–प्रमोदपूर्ण दिन चर्या व्यतित हुने देखिन्छ । मानसम्मान मिल्ने तथा लौकिक उन्नति गर्नसकिने छ । गोचरले विशेष स्थानको यात्राको संयोगलाई पनि जुराइरहेको देखिएको छ । पेशा एवम् व्यवसायिक क्षेत्रबाट राम्रो लाभ हातपार्न सकिनेछ । राजनीति तथा समाजसेवा आदि क्षेत्रमा पनि अनुकूलता देखिएको छ । यहाँले आज विपरित लिङ्गीलाई उपहार दिनाले विशेष अर्थ राख्नेछ ।

 

मिथुन राशिः
मिथुन राशिका व्यक्तिहरुको लागि आजको दिन अनुकूल मान्न सकिन्छ । आरोग्यता मिल्ने र कान्तिमा बृद्धि हुनेछ भने शत्रुका विरुद्ध वचस्व कायम गर्न सकिने छ । अवसर तथा समयको सदुपयोग गर्ने चेष्टा बढाएमा प्रतिस्पर्धामा विजयी भइने र सफलता हात लाग्नेछ । लक्ष्मीकृपा बढ्ने योग परेकोले व्यवसायिक कार्यक्षेत्रबाट पनि राम्रो आर्थिक उपलब्धि गर्न सक्नुहुने छ । विपक्षिको सम्मान गर्न जानेको खण्डमा यहाँको ईज्जत बढ्ने छ । आज यहाँलाई हरियो रंग, छ अंक अनुकूल रहने छ भने भगवान गौरीशङ्गरको स्तुति एवं दर्शनभक्ति गर्नु शुभकर हुनेछ ।

कर्कट राशिः
कर्कट राशिका व्यक्तिहरुको लागि आजको दिन सुधार भएको देखिन्छ तर पनि मान्छेहरुको नजरमा तपाईँमा आत्मप्रशंसाको चाहना झल्किन सक्ने हुनाले आफ्नो प्रभाव जमाउन अल्लि कठिन पर्नसक्ने छ । समयको सदुपयोग गर्न खोज्नेहरुको लागि भने शिक्षा लिने वा कुनै विषयको बारेमा सिक्ने कार्यमा प्रगति गर्नसकिने छ । आज अर्काको चियोचर्चोमा मन जानाले आफ्नो कार्य अधुरो रहनसक्ने कुराप्रति होसियारी रहनु पर्नेछ । गोपनीयता बचाउन पनि यत्न गर्नु होला । आज पाँच अंक, रातो रङ्ग यहाँको लागि शुभ हुनेछ भने गरीब विद्यार्थीलाई सहयोग गर्नु पनि फापसिद्ध हुनेछ । 


सिंह राशिः
सिंह राशि हुनेहरुको लागि आजको दिन अल्लि सजग रहनपर्ने देखिएको छ । ख्यालख्यालमै कसैसँग विवाद हुन पनि सक्नेछ ख्यालपुर्याउनु होला । मानसिक संकिर्णता बढ्नसक्ने तथा आफ्नै बुद्धिकोकारण पछुतो पर्ने पनि हुनसक्ने छ । पारिवारिक जिम्मेवारी थपिनेतथा अभाव सृजना हुनसक्ने जस्ता संघर्षको संकेत पनि गोचरले देखाइरहेको छ । जसलाई सकारात्मक तरिकाले सामाना गर्ने मानसिक बल बनाएर तयारीमा बस्नु उपयुक्त हुनेछ । केही आलोेचना पनि आउनसक्नेछ सहन गर्ने शक्ति बढाउनु होला । आज यहाँलाई चार अंक, सेतो रङ्गको प्रयोग शुभ हुनेछ भने मातृशक्तिबाट आर्शिवाद लिनु हितकर हुनेछ ।

कन्या राशिः
कन्या राशि हुनेहरुको लागि आजको दिन आँटिलो एवम् साहसिलो रहने छ । पुरुषार्थ बढ्ने र राम्रो उद्यम सम्पादन गर्ने मौका मिल्नसक्ने छ । विशेष काम बन्नाले अन्य कामकार्यमा पनि प्रचुरमात्रामा रुचि बढ्ने छ । शुभचिन्तकबाट सहयोग मिल्ने र प्रतिस्पर्धा आदिमा पनि सफलता हात लाग्ने छ । राजनीतिजन्य सांगठानिक क्षेत्रमा वचस्व कायम गर्न सकिनेछ भने खेलकुद आदिमा पनि राम्रो पौरख देखाउन सकिनेछ । दाजुभाईसँगको सहकार्यबाट उपयुक्त परिणाम निकाल्न सकिनेछ । प्रफुल्लता एवम् सन्तोष बृद्धि हुनेछ । आज यहाँलाई भगवान आशुतोषको आरधनाको साथमा तीन अंक र हरियो रङ्गको प्रयोग शुभकर हुनेछ ।


तुला राशिः
तुला राशिहुनेहरुको लागि आजको दिन सामान्य अनुकूल देखिएको छ । बोलीवचनको अपव्याख्या हुनसक्ने सम्भावनालाई नकार्न सकिन्न ख्याल गर्नुहोला । व्यवसायिक कार्यमा भने केही प्रगति हुने देखिएको छ तथापि सन्चित धनको अपव्यय हुनसक्ने सम्भावना पनि देखिएको छ । परोपकार एवम् समाजिक सेवामा संलग्न हुने मौका मिल्नसक्ने छ । नाता–कुटुम्बिक सम्बन्ध विस्तारमा पनि सजग हुन जरुरी देखिएको छ । वाकवृति हुनेहरुले अल्लि ख्याल पुर्याउनु पर्ने दिन रहेको छ । संयम पूर्वक स्वकर्ममा रत्रहनेहरुको लागि दिन ठिकै रहनसक्ने छ । आज यहाँको लागि दुई अंक, सेतो रंगको उपयुक्त रहने छ भने भगवान गौरीशङ्करको श्रद्धाभक्ति गर्नु शुभदायक हुनेछ ।

वृश्चिक राशिः
वृश्चिक राशिहुने व्यक्तिहरुको लागि आजको दिन शारीरिक आकर्षण एवम् मानप्रतिष्ठा बढ्नेछ भने मिठो खानेकुरा प्राप्ति हुनसक्ने छ । व्यवसायबाट धनलाभ एवं भौतिक सुख र आफन्तजनबाट प्रशंसा प्राप्ति हुनेछ । अभिष्टकार्यमा सफलता मिल्नसक्ने गोचर रहेको छ, ईच्छित कार्य पूर्णताको लागि दृढताको साथमा अगाडि बढ्नसक्नु हुनेछ । सामाजिक जिम्मेवारी थपिनसक्ने छ । मनोरञ्जनात्मक कार्यक्रम आदिमा पनि सरिक हुन पाइनसक्ने छ । नयाँ लगानीको प्रस्ताव आउनसक्ने सम्भावना पनि देखिन्छ । आज यहाँलाई एक क्रमसँख्या, रातो रङ्गको प्रयोग एवम् शिवाराधना शुभप्रद हुनेछ ।

धनु राशिः
धनु राशि हुनेहरुको लागि आजको दिन केही कठिनाई तथा संघर्षको सामना गर्नपर्ने देखिएको छ । साविकभन्दा बढी नै मेहनत गरेरमात्रै केही सफलता पाउन सकिएला । त्यस्तै आज खर्च पनि बढीमात्रामा हुनसक्ने र कामकार्यहरुमा पनि बाधाबिघ्नता आउनसक्ने सम्भावना छ । हतार नगरी धैर्य र संयम धारण गर्ने गरेमा सम्भावित खतिक्षतिबाट बच्न सकिनेछ । तनाब लिनुभन्दा प्रतिकूल समयलाई टर्न दिनु उचित हुनेछ । सावधानिपूर्वक गरिने कार्यले केही लाभ पनि दिनेछ । यहाँको लागि आज तीन अङ्क र पहेंलो रङ्गको प्रयोगएवम् शिवाराधना शुभप्रद हुनेछ ।

मकर राशिः
मकर राशिहुने व्यक्तिहरुको लागि आजको दिन आयप्रद देखिएको छ । स्वकार्यमा रत्रहनाले तथा समयको सदुपयोग गर्नाले व्यवसायबाट राम्रो उपलब्धि लिनसकिने छ । औकात एवम् स्तर अनुसार समाजसेवा, राजनीति एवम् जागिर आदिमा प्रगति हुनेछ । सामाजिक प्रतिष्ठा तथा आत्मबल एवम् यशकृति बृद्धि हुनाले सुख र सन्तुष्टिको अनुभूति हुनेछ । प्रशंसक बढ्ने र आफन्तिको शुभसमाचार प्राप्त हुनेछ । सम्मानित यात्राको अवसर पनि मिल्नसक्ने सम्भावना देखिएको छ भने आज विवाह योग्य युवायुवतीको विवाहबन्धनको प्रसङ्ग चल्नसक्ने छ । 

कुम्भ राशिः
कुम्भ राशिका व्यक्तिहरुको लागि आजको दिन गोचरले राम्रो साथ दिएको छ । दीगो कार्यको थालनीको विषयमा विचारविमर्श एवं योजना गर्न सकिने छ । आफन्तीहरुको सहयोग मिल्ने हुनाले महत्त्वपूर्ण कार्य सम्पादन गर्नसकिने छ । वरिष्ठवर्गसँग संपर्क स्थापित हुनाले केही महत्त्वाकांक्षी मनोविज्ञान बढ्ने पनि सम्भावना देखिन्छ । व्यवसायले प्रसिद्धि पाउने छ । राजनीति, समाजसेवा तथा नोकरी आदि क्षेत्रमा क्षणिकरुपमा प्रतिष्ठा तथा जिम्मेवारी थपिनसक्ने छ भने उपयुक्त मानसम्मान प्राप्ति हुनेछ । आज यहाँलाई एक अङ्क, रातो तथा हरियो रङ्गको प्रयोग र भगवान गौरीशङ्करको स्तुति भक्ति एवं दर्शन शुभप्रद हुनेछ ।

मीन राशि:
मीन राशिका व्यक्तिहरुको लागि आजको दिन ईष्र्या गर्ने तथा कमजोरी खोज्नेहरू सक्रिय देखिने गोचर रहेको छ, सावधानी रहनुपर्ला । मिथ्या अभियोग आइलाग्नसक्ने सम्भावना भएकोले होसियारी रहन जरुरी हुनेछ । शुरुशुरुमा भयत्रासको वातावरण सृजना भएपनि सत् प्रयत्न गर्नाले परिणाम सुखद ल्याउन सकिनेछ । औपचारिक कार्यक्रम आदिमा सहभागी हुनुपर्ने सम्भावना पनि रहेको छ । आस्तिक भावना बृद्धि हुनाले धर्मकर्म बढ्नेछ तथा केही धनलाभ र धर्म आर्जन गर्न सकिनेछ । आज तपाईँको लागि नौं अङ्क, पहेंलो रङ्गको प्रयोग र गौरीशङ्कर भगवानको दर्शनभक्ति गर्नु हितप्रद हुनेछ । 

आज जन्म दिन पर्ने सबैलाई न्यूज अभियान डट् कम परिवारको तर्फबाट सुस्वाथ्य एवम् दीर्घायु र उत्तरोत्तर प्रगतिको शुभकामना ....। एप मार्फत एंड्रोईड मोबाइलमा राशिफल हेर्नका लागि : Download Link : https://goo.gl/29PZux

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

ताजा भिडियो ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan