Sunday 26th of March | २०७३ चैत १३ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

बि.सं.२०७३ साल पौष १० गते आइतवारको राशिफल

न्यूजअभियान | प्रकाशित मिति : २०७३ पौष १० आइतबार
newsabhiyan
newsabhiyan

आजको पञ्चाङ्ग –
नेपाली मितिः वि.सं. २०७३ । नेपाल सं. ११३७ । योग सं. ३७ । मंसीर महिनाको १० गते आइतवार ।
अँग्रजी मितिः ई.सं. २०१६ डिसेम्बर महिनाको २५ तारिख ।
योगः  सुकर्मा योग, ०९ः५३ बजेपछि धृति योग ।
तथीः हेमन्त ऋतु पौष कृष्णपक्षको द्वादशी तिथी ।
नक्षत्रः विशाखा ।
करणः कौलव १७ः२२ बजेसम्म उपरान्त तैतिल करण ।
चन्द्रमाः  तुला राशिमा, २१ः५७ बजेपछि बृश्चिक राशिमा ।
काठमाडौंमा सूर्योदयः ०६ः५४ बजे ।
काठमाडौंमा सूर्यास्तः १७ः१४ बजे ।
राहुकालः १५ ः५६  बजेपछि १७ः१४ बजेसम्म ।
यात्राः दक्षिण दिशाको लागि उपयुक्त छ ।

आजको राशिफल

मेष राशिः
मेष राशि हुनेहरुको लागि आजको दिन भौतिक सुखसुविधा एवं उन्नति गराउने खालको गोचर रहेको छ । विपरितलिङ्गी तर्फको आकर्षण बढ्ने तथा आमोद–प्रमोदको चाहनामा बृद्धि हुने छ । व्यवसायिक उन्नति हुनाले आर्थिक सङ्कलन हुनेछ भने आफन्तिको शुभसन्देश प्राप्त गर्नसकिने छ । औपचारिक कार्यक्रम आदिको निमन्त्रणा मिल्नसक्ने छ । छोटो तथा लामो दुरीको यात्राको पनि सम्भावना देखिन्छ । विवाहको चर्चा चल्नसकने सम्भावना छ भने प्रेमपारखीको लागि पनि दिन उत्तम छ । आज यहाँलाई सात अंक, सेतो रङ्गको प्रयोग शुभ हुनेछ भने भगवान श्रीरामको दर्शनभक्ति गर्नुले भाग्ये बृद्धि गर्न मद्दत हुनेछ ।   
 

वृष राशिः
वृष राशिका व्यक्तिहरुको लागि आजको दिन व्यवसायबाट यथेष्ट लाभ हुनसक्नेछ । उद्यमको प्रख्याति बढ्ने हुनाले कामबाट सन्तुष्टि मिल्नेछ । खेलकुद् आदि प्रतिस्पर्धाजन्य काममा विजय मिल्ने तथा सफलता मिल्ने हुनाले आत्मबल यथेष्ट बृद्धि हुनेछ । आरोग्यता र कान्ति बृद्धि हुनेछ  भने मानसिक स्वास्थ्यमा दृढता पलाउनेछ ।  पेशागत विकास र सामाजिक क्षेत्रबाट पनि हैसियत अनुसारको प्रख्याति तथा प्रतिष्ठा लाभ गर्नसकिने देखिन्छ । आज यहाँलाई हरियो रंग, छ अंक अनुकूल रहने छ भने विपक्षिको सम्मान गर्न जाने फाइदा लिन सक्नुहुने छ । त्यस्तै सूर्यशक्तिको जागरण गर्नु शुभप्रद हुनेछ ।


मिथुन राशिः
मिथुन राशिका व्यक्तिहरुको लागि आजको दिन मध्यम रहेको देखिन्छ । आत्मरतीको चाहनामा बृद्धि हुने र बोलेर बाढो हुनखोज्ने मनोविज्ञान बढ्नाले परमुणबाट हुने मुल्याङ्कनमा तपाईँको कमजोरी फेला पर्नसक्ने छ । अर्काको निदिखोजीमा समय व्यतित हुने र आफ्नो महत्त्वपूर्ण कार्य अधुरो रहनसक्ने कुरालाई पनि ग्रहले देखाइरहेको छ । समयको सदुपयोग गर्न खोजेमा अध्ययन तथा सिक्ने सिकाउने विषयको पक्षमा भने उन्नति हुनेछ । दैनिक व्यवहार सामान्य नै चल्नेछ । पाँच अंक, रातो रङ्गको प्रयोगआज यहाँको लागि शुभ हुनेछ भने भगवान सूर्यनारायणको श्रद्धाभक्ति गर्नु थप हितकर हुनेछ ।

कर्कट राशिः
कर्कट राशिका व्यक्तिहरुको लागि आजको दिन अनुकूल मान्न अल्लि नसकिने छ । तपाईबाट जनव्यवहारमा खेलिएको भूमिका अल्लि नमिल्न तथा तालमेल नखानसक्ने देखिएकोले सावधानी अप्नाउन जरुरी हुनेछ । कार्यक्षेत्रमा पनि संघर्षको अनुभूति हुनसक्ने छ । हतारमा भन्दा धैर्यताको अभ्यासपूर्वक कर्मक्षेत्रमा खट्नु भएमा केही लाभ प्राप्त हुनेछ । सोँचेभन्दा विपरित फल प्राप्त हुनसक्ने भएकोले अत्यावश्यकभन्दा बढी सरोकार नराखेकै उचित हुनेछ । वादविवादको समेत सम्भावना रहेकोले सम्भावित द्वन्दबाट बच्न यत्न गर्नुहोला । आज यहाँको लागि चार अंक, सेतो तथा उज्यालो रङ्ग शुभ रहनेछ भने नगरी नहुने कार्य सम्पादन गर्दा आमाबाट आज्ञा लिएर गर्नु उपयुक्त हुनेछ ।  


सिंह राशिः
सिंह राशि हुनेहरुको लागि आजको दिन पुरुषार्थिलो रहनेछ । जोशजाँगर बढेर आउने हुनाले रोकिएर रहेको काम पूरा गर्ने मौका मिल्नेछ । सहयोगीहरु जुट्ने र इष्टमित्र तथा जानपहिचानका व्यक्तिहरुबाट प्रशंसा पाइनेछ । बन्धुबान्धवबीचको सम्बन्धमा सुधार आउनेछ भने सहकार्यको लागि प्रस्ताव आउनसक्नेछ । पेशागत क्षेत्रबाट आर्थिक उपार्जन गर्न सकिनेछ । तेस्रोक्रम, प्राकृतिक रङ्ग आज तपाईको लागि उपयुक्त रहनेछ भने कसैको दाजुभाइबीचको सम्बन्धमा सुधारको लागि समन्वय गरिदिँदा प्रष्तिठा बढ्ने छ । साथै सूर्यदेव वा विशिष्ट सामाजिक व्यक्तित्त्वलाई खुशी बनाउनु शुभकर  हुनेछ । 


कन्या राशिः
कन्या राशि हुनेहरुको लागि आजको दिन केही अदृष्य रोकावटको बाबजुतपनि सकारात्मक नै देखिएको छ । सावधानीपूर्वक वाणी व्यवहार गर्नाले बोलीवचनले मान्छेहरुलाई प्रभाव पार्नसकिने छ । सञ्चित धनको व्यय हुनसक्ने र व्यवसाय आदिबाट आर्थिक आम्दानी हुने, दुबैको सम्भावना रहेको छ । परोपकार एवम् सामाजिक कार्यमा संलग्न हुने मौका मिल्नसक्ने छ भने थोरै प्रयत्नले नाता–कुटुम्ब सम्बन्धमा सुधार ल्याउन सकिने छ । आज यहाँहरुको लागि दुई अङ्क, सेतो रङ्गको प्रयोग शुभ रहने छ भने अदृष्य रोकावट निवारणकोलागि श्री सूर्यनारायणको आराधना गर्नु हितप्रद हुनेछ ।


तुला राशिः
तुला राशिहुनेहरुको लागि आजको दिन प्रतिष्ठा बढाउनसकिने छ । कुनै औपचारिक कार्यक्रम आदिमा सरिक हुनपाइने तथा मान्छेहरुबाट ईज्जत तथा मानसम्मान मिल्नसक्ने छ । सहज दिन परेकाले केही कामकार्य बन्ने र मनोरञ्जन एवम् खुशीयालीप्रद दिन रहने छ । मनोवाञ्छित स्वादिष्ट भोजनद्वारा मेजमानी मिल्नेछ । इष्टमित्रको आगमन हुने र उपाहार मिल्नसक्ने छ भने पारिवारिक सौहार्दता बढ्ने छ । नयाँकाममा वा शेयर आदिको लगानीको अवसर पर्ने पनि सम्भावना छ । समयको सदुपयोग गर्न जानेको खण्डमा आज यहाँलाई पेशागतक्षेत्रबाट उचित लाभ एवम् सफलता प्राप्त हुनेछ । भगवान सूर्यनारायणको दर्शन एवं भक्तिभाव शुभफलप्रद हुनेछ ।

वृश्चिक राशिः
वृश्चिक राशिहुने व्यक्तिहरुको लागि आजको दिन संघर्ष गर्नपर्ने देखिएको छ । अल्लि बढी कोसिसले मात्रै थोरै सफलता हात लाग्न सक्नेछ । खर्च बढ्ने ग्रहयोग रहेकोले फजुल विषयबाट बुद्धिमतापूर्वक पन्छिनु उचित हुनेछ ।मानसिक चञ्चलतालाई धैर्य र संयम धारण गरी नियन्त्रण गर्न नसकेमा खतिक्षति हुने कुरालाई नकार्न सकिन्न भने मालसमान हराउनसक्ने सम्भावनालाई पनि गोचरले देखाइरहेको छ । पारिवारिक आवश्यकता बढ्ने र सञ्चित धर्नको व्यय भएपनि स्वकर्ममा लगनशील हुनाले केही पेशागत लाभ गर्नभने सकिने छ । सदाचारको व्यवहारले प्रतिकूल तथा संघर्षको परिस्थितिलाई सहज बनाउनसकिने छ । सावधानीपूर्वक मानसिक बल बढाउनु उचित हुनेछ ।

धनु राशिः
धनु राशि हुनेहरुको लागि आजको दिन लक्ष्मी कृपा हुने गोचर परेकोले उच्चमनोबल बढ्ने र आर्थिकपक्ष सबल हुनेछ । स्वजनबाट सहयोग मिल्ने छ भने विद्यार्थीहरुको लागि विद्यामा रुचि एवम् सफलता मिल्ने छ ।  सन्तानको बाटोबाट पनि सन्तोष लिनसकिने छ । पेशा तथा व्यवसाय आदिबाट यथा औकात धनार्जन गर्नसकिने र आर्थिक भार कम हुने हुनाले चित्तवृतिमा शान्ति मिल्ने छ । लाभ एवम् सफलताको कारण स्वकार्यबाट सन्तुष्टि मिल्ने छ भने यात्रा तथा भ्रमण कार्य सफल हुनेछ । सामाजिक क्षेत्रमा प्रतिष्ठा तथा यशकृति बढ्न गई आत्मबल पनि बृद्धि हुने ग्रहगोचर देखिन्छ ।

मकर राशिः
मकर राशिहुने व्यक्तिहरुको लागि आजको दिन गोचर अनुकूल एवं उपलब्धिमूलक रहनेछ । व्यवसायिक कर्मक्षेत्रमा राम्रो उन्नती हुनसक्ने देखिन्छ । संसर्गी एवं कार्यक्षेत्रमा सौहार्दतापूर्ण वातावरण बन्ने छ । शुभेच्छुकहरु बढ्ने छन् भने राजनीति वा समाजसेवामा जिम्मेवारी तथा पदीय हैसियत थपिन सक्ने छ । ईष्टकार्यको लागि उत्तम अवसर मिल्नेछ । अवसरको सदुपयोग गर्ने र नमात्तिने गर्नाले राम्रो उपलब्धि हातपार्न सकिनेछ । उच्च वर्गसँग सम्बन्ध विस्तार हुनसक्ने सम्भावना पनि देखिएको छ जसको सदुपयोग गर्नक्नु बुद्धिमानी हुनेछ । आज तपाईँलाई एक अङ्क, रातो रङ्गको उपयोग र मान्यजनको आर्शिवाद लिनु तथा मान्यजनको दशर्न भेट् गर्नु शुभदायक हुनेछ ।


कुम्भ राशिः
कुम्भ राशिका व्यक्तिहरुको लागि आजको दिन चाहेकै पक्षमा भन्दापनि त्यति वास्ता नगरेको विषयमा सफलता मिल्ने छ । केही दबाब तथा अपयशको बाबजुत पनि अनुकूलताको मात्रा बढी महसूस हुनेछ । काममा सफलता प्राप्त गर्न सकिने छ । अध्यात्मिक तथा आस्तिक भावना बृद्धि हुने तथा धर्मकर्म सम्पादन हुनसक्ने छ व्यवसायमा मन र समय दिनाले लक्ष्मी कृपा प्राप्त गर्न सकिने छ । अन्य भौतिक उन्नति गर्नपनि सकिने छ । यात्रायोजना एवम् नयाँ कार्यको थालनीको सम्भावनालाई पनि गोचरले संकेत गरेको छ । नौ अंक पहेलो रंग र धार्मिक क्षेत्रलाई सहयोग गर्नुले अझ बढी शुभदायक भूमिका निर्वाह गर्नेछ ।

मीन राशि:
मीन राशिका व्यक्तिहरुको लागि आजको दिन स्वास्थ्यमा प्रतिकूलता आउन सक्ने र काममा पनि अल्लि दिग्दारी हुने सम्भावना देखिएको छ ।  आज दीर्घरोगीले स्वास्थ्यमा विशेष ध्यान दिन जरुरी हुनेछ । कामको शुरुमा ढिलाई हुनाले मानसिक अशान्ति बढ्नसक्ने गोचर परेको छ । धैर्यपूर्वक स्वकर्ममा लगनशीलतालाई कायम राख्नाले अन्तिममा भने केही सफलता प्राप्त गर्नसकिने छ ।सामान्यतया साविकको भन्दा अल्लि बढी खर्चको भार बढेर जाने देखिएको छ । नसोँचिएको तर्फबाट आयआम्दानी पनि हुनसक्ने छ । हतार र उन्माद गर्दा खतिक्षति बढ्नसक्ने भएकोले नहतारिएकै राम्रो हुनेछ । प्रतिकूल तथा अफ्ठ्यारो परिस्थितिलाई बुझेर सावधानी रहनसके परिश्रम र लगानी खेरा जानबाट बचाउन सकिनेछ । 

आज जन्म दिन पर्ने सबैलाई न्यूज अभियान डट् कम परिवारको तर्फबाट सुस्वाथ्य एवम् दीर्घायु र उत्तरोत्तर प्रगतिको शुभकामना ....। एप मार्फत एंड्रोईड मोबाइलमा राशिफल हेर्नका लागि : Download Link : https://goo.gl/29PZux

न्यूज अभियान डट कमको अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् र हरेक खबर विशेष खबरका लागि पल-पलको अपडेट पाउनुहोस् ।

ताजा भिडियो ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan