• FB
  • FB
  • FB
Tuesday 24th of January | २०७३ माघ ११ मंगलबार

बि.सं.२०७३ साल पौष ९ गते शनिवारको राशिफल

न्यूजअभियान | प्रकाशित मिति : २०७३ पौष ९ शनिबार
newsabhiyan

आजको पञ्चाङ्ग –
नेपाली मितिः वि.सं. २०७३ । नेपाल सं. ११३७ । योग सं. ३७ । मंसीर महिनाको ९ गते शनिवार ।
अँग्रजी मितिः ई.सं. २०१६ डिसेम्बर महिनाको २४ तारिख ।
योगः  अतिगण्ड योग, ०९ः२८ बजेपछि सुकर्मा योग ।
तथीः हेमन्त ऋतु पौष कृष्णपक्षको एकादशी तिथी ।
नक्षत्रः स्वाती ।
करणः बव १५ः१७ बजेसम्म उपरान्त बालव करण ।
चन्द्रमाः  तुला राशिमा ।
काठमाडौंमा सूर्योदयः ०६ः५३ बजे ।
काठमाडौंमा सूर्यास्तः १७ः१३ बजे ।
राहुकालः ०९ ः२८  बजेपछि १०ः४६ बजेसम्म ।
यात्राः दक्षिण एवं पश्चिम दिशाको लागि उपयुक्त छ ।

आजको राशिफल

मेष राशिः
मेष राशि हुनेहरुको लागि आजको दिन आमोद–प्रमोद तथा विलासवृति बढ्ने ग्रहप्रभाव रहेको छ ।  पेशा एवम् व्यवसायिक क्षेत्रबाट भौतिक उन्नति तथा लाभ गर्नसकिने छ । सुखसन्तोष कर सन्देश प्राप्त हुनेछ । माङ्गलिक कार्य तथा कार्यक्रम आदिमा संलग्न हुन पर्नसक्ने सम्भावना पनि देखिन्छ । भ्रमण आदिको संयोजलाई पनि ग्रहगोचरले लक्षित गरिरहेको छ । विवाहयोग्य युवायुवतीको विवाहको चर्चा चल्नसक्ने छ । आज यहाँलाई सात अंक, उज्यालो रङ्गको प्रयोग र अढैया शनि  शान्तिको लागि शनिदेवको भक्तिभाव फापसिद्ध हुनेछ ।  
 

वृष राशिः
वृष राशिका व्यक्तिहरुको लागि आजको दिन रमाइलो र अनुकूल रहनेछ । अवसर तथा समयको सदुपयोग गर्नसके प्रतिस्पर्धामा सफलता हात लाग्नेछ भने स्वकार्यबाट पनि राम्रो उपलब्धि गर्न सकिने छ । व्यवसायिक क्षेत्रबाट राम्रो आर्थिक लाभ हुनेछ । शरीरमा आरोग्यता र अनुहारमा कान्तिमा बृद्धि हुनेछ भने शत्रुपक्षलाई झुकाउन सफल भइने छ । थाति रहेका कार्य पूरा गर्न सकिने छ । आज तपाईँलाई हरियो रंग, छ अंकको उपयोगिता फापकर हुनेछ भने विपक्षिको सम्मान गर्नाले ईज्जत बढ्नेछ । भगवान पवनपुत्र हनुमानको आराधना विशेष शुभप्रद हुनेछ ।


मिथुन राशिः
मिथुन राशिका व्यक्तिहरुको लागि आजको दिन केही बाधाब्याबधानको बाबजुत केही उपलब्धिमूलक रहनेछ । प्रयत्न बमोजिमको परिणाम भने नआउनसक्ने गोचर छ । तथापि ज्ञानार्जनको क्षेत्रमा सफलता मिल्नेछ । कसैकसैलाई उन्माद शैलीको विकास हुने सम्भावनालाई गोचरले संकेत गरिरहेको देखिन्छ । आत्मप्रशंसा आसक्तिको मानसिकता बढ्ने र गोपनीयता खुस्कनसक्ने सम्भावना पनि देखिएको छ । विद्याविलास तथा तर्कबलले बढी प्रसय पाउने र वाककलाबाट सर्वसाधारणलाई आकर्षण गर्न सकिए पनि आफ्नै कारणले आफ्नो भौतिककर्ममा अबरोध हुनसक्ने कुरालाई नकार्न सकिन्न । आज तपाईँले शिक्षा क्षेत्र वा विद्यार्थीलाई सहयोग गर्नु शुभकर हुनेछ ।

कर्कट राशिः
कर्कट राशिका व्यक्तिहरुको लागि आजको दिन बोली व्यवहारमा केही सावधानी अप्नाउनु पर्नेछ । वादविवाद तथा मनमुटाव जन्य प्रतिकूलताको सम्भावना रहेकोले होसियारी पुर्याउन जरुरी देखिन्छ । मानसिक सोँचमा पनि संकिर्णता बढ्नसक्ने छ भने स्वास्थ्यमा पनि केही मन्दि आउनसक्ने छ । पारिवारिक समस्या थपिने र गर्नलागेको काममा विलम्ब हुने सम्भावना देखिन्छ । धैर्यतापूर्वक सकारात्मक भावनाले आफ्नो कार्यक्षेत्रमा खटिरहनाले केही लाभ भने गर्नसकिने छ । आज चार अंक, सेतो रङ्गको प्रयोग यहाँको लागि उपयुक्त हुनेछ । आज यहाँलाई भगवान संकटमोचन हनुमानको आराधना र आमा वा आमासमानकी मातृशक्तिको आर्शिवादले विघ्नबाधा हटाउन मद्दत गर्नेछ ।


सिंह राशिः
सिंह राशि हुनेहरुको लागि आजको दिन पुरुषार्थिलो रहनेछ । जोशजाँगर बढेर आउने हुनाले रोकिएर रहेको काम पूरा गर्ने मौका मिल्नेछ । सहयोगीहरु जुट्ने र इष्टमित्र तथा जानपहिचानका व्यक्तिहरुबाट प्रशंसा पाइनेछ । बन्धुबान्धवबीचको सम्बन्धमा सुधार आउनेछ भने सहकार्यको लागि प्रस्ताव पनि आउनसक्नेछ । पेशागत क्षेत्रबाट आर्थिक उपार्जन गर्न सकिनेछ । तेस्रोक्रम, प्राकृतिक हरियो रङ्गको उपयोग आज तपाईको लागि उपयुक्त रहनेछ भने कसैको दाजुभाइबीचको सम्बन्धमा सुधारको लागि समन्वय गरिदिँदा प्रष्तिठा बढ्ने छ । त्यस्तै गणपतिदेवको स्तुति पनि यहाँको लागि उपयुक्त हुने देखिन्छ । साथै अढैया शनिको दुष्प्रभावलाई निवारण गर्न कुनै उपयुक्त उपाय अवलम्बन गर्नसक्नु हुनेछ । 


कन्या राशिः
कन्या राशि हुनेहरुको लागि आजको दिन अनुकूल देखिएको छ । तथापि बोलीवचनको अपव्याख्या हुनसक्ने सम्भावनालाई नकार्न सकिन्न ख्याल गर्नुहोला । व्यवसायिक कार्यमा भने केही प्रगति हुने देखिएको छ तरपनि धनोन्माद बढ्ने र सन्चित धनको अपव्यय हुनसक्ने सम्भावना पनि देखिएको छ । परोपकार एवम् समाजिक सेवामा संलग्न हुने मौका मिल्नसक्ने छ । नाता–कुटुम्बिक सम्बन्ध विस्तारमा पनि सजग हुन जरुरी देखिएको छ । दुई अङ्क, सेतो रङ्गको प्रयोगको साथमा आज यहाँले हनुमानदेवको भक्तिभाव गर्नु शुभकर हुनेछ ।


तुला राशिः
तुला राशिहुनेहरुको लागि आजको दिन सुधारोन्मुख छ । नया“ कार्यदिशा अवलम्बन गर्नसकिने तथा नयाँ कामको प्राप्ति हुनसक्ने छ । व्यक्तित्त्वको प्रभावबढ्ने तथा ईज्जत र मानप्रतिष्ठा बृद्धि हुनेछ । अनुकूल एवम् सहज दिन परेकोले आज यहाँको दिनचर्यामा मनोरञ्जन एवम् सुखशान्तिको पत्याभूति हुनेछ । मनोवाञ्छित भोजन र स्वागत सत्कार प्राप्ति हुनसक्ने छ । व्यवसायिक लाभ मिल्नेछ । इष्टमित्रको आगमन हुने र सौगात आदि मिल्नसक्ने हुनाले पारिवारिक वातावरण पनि सौहार्दता पूर्ण बन्नेछ । आज यहाँलाई एक अंक, रातो रङ्गको सदुपयोग शुभकर हुनेछ भने साढेसाती शनिको दुष्प्रभाव न्यूनिकरण गर्न शनिदेवको दर्शनभक्ति गर्नु फापकर हुनेछ ।

वृश्चिक राशिः
वृश्चिक राशिहुने व्यक्तिहरुको लागि आजको दिन संघर्षकारक छ, खर्च बढ्ने तथा कार्यमा नजानिने गरी अबरोध आउन सक्नेछ् भने स्वजनबाटै विश्वासघात हुने सम्भावनालाई पनि नकार्न सकिन्न । कार्यक्षेत्रमा पनि अवमूल्यनजस्ता प्रतिकूलता पर्नसक्छ, विचलित नभए अन्तमा सफलता पनि मिल्नेछ । मानप्रतिष्ठामा ह्रास जस्ता प्रतिकूलताको सामना गर्नपर्ने भएकोले साहस र धैर्यता बढाउनु होला । स्वकर्ममा सकारात्मक चिन्तनका साथमा सद्प्रयासरत रहनाले केही लाभ भने गर्न सकिनेछ । अनावश्यक घुमफिरमा मन नदिएकै राम्रो हुनेछ । सैद्धान्तिक विचलन आउन नदिनु बुद्धिमानी हुनेछ । आज तपाईले साढेसाती शनिको दुष्प्रभाव कम गर्न शनिमहाकाल वा महाकालीको दर्शनभक्ति आराधना गर्नु शुभदायक हुनेछ ।

धनु राशिः
धनु राशि हुनेहरुको लागि आजको दिन प्रतिस्पर्धामा विजय र प्रख्याति मिल्ने दिन छ । पेशा तथा व्यवसायिक कार्यबाट आर्थिक लाभ गर्न सकिने छ । अध्यनअध्यापन एवं सन्तानको पक्षबाट पनि सन्तोष लिनसकिने छ । दिनको सदुपयोग गर्ने र अधुरा रहेका कामहरुलाई पूर्णता दिने गरी स्वकार्यलाई समय दिनु बुद्धिमानी हुनेछ । विवाह योग्य युवायुवतीको विवाह प्रसङ्ग चल्नसक्ने सम्भावना पनि छ भने प्रेमाभिलाषिहरुको लागि प्रेमसम्बन्ध जोडिनसक्ने पनि सम्भावना छ । आज यहाँलाई दुई अङ्क, सेतो रङ्गको उपयोग फापकर हुनेछ भने साढेसाती शनिको अनिष्टफललाई कम गर्न कुनै उपयुक्त उपाय अवलम्बन गर्नु विशेष शुभप्रद हुनेछ ।

मकर राशिः
मकर राशिहुने व्यक्तिहरुको लागि आजको दिन मानसम्मान एवम् पदप्रतिष्ठा मिल्ने खालको रहेको छ । व्यापार व्यवसाय, राजनीति एवम् समाजसेवाको क्षेत्रबाट प्रशंसा प्राप्त हुनेछ । उच्चवर्ग तथा उच्चपदस्थ व्यक्तित्तहरुसँगको भेटघाटले महत्त्वाकांक्षी भावना भने बढाउने देखिन्छ । विशेष विषयमा गम्भीर चर्चाको वातावरण बन्नसक्ने छ । कार्यक्षेबाट यथोचित भौतिक लाभ हातपर्ने ग्रहयोग देखिन्छ । यहाँलाई आज एक अंक, रातो रङ्गको प्रयोग अनुकूल रहने छ भने प्राप्त अवसरलाई दृढताको साथमा सदुपयोग गर्न तथा आत्मबल बढाउन वीरहनुमानको शक्ति जागरण गर्नु वरदानतुल्य हुनेछ ।

कुम्भ राशिः
कुम्भ राशिका व्यक्तिहरुको लागि आजको दिन मिश्रिच गोचर छ, अनुकूलताको मात्रा बढी महसूस हुनेछ । काममा सफलता प्राप्त गर्न सकिने छ । अध्यात्मिक तथा आस्तिक भावना बृद्धि हुने तथा धर्मकर्म सम्पादन हुनसक्ने छ तथापि कसैकसैमा बढी आर्जनको आसक्ति पनि बढ्नेछ । जसले गर्दा मानसिक असन्तुष्टि पलाउनसक्ने छ । व्यवसायमा मन एकतृत गर्नाले लक्ष्मी कृपामा बृद्धि हुनेछ । केही अन्य भौतिक उन्नति गर्नपनि सकिने छ । यात्रायोजना एवम् नयाँ कार्यको थालनीको सम्भावनालाई पनि ग्रहले साथ दिइरहेको छ । नौ अंक पहेलो रंग र धार्मिक क्षेत्रलाई सहयोग गर्नुले अझ बढी भूमिका निर्वाह गर्नेछ ।


मीन राशि:
मीन राशिका व्यक्तिहरुको लागि आजको दिन साविकभन्दा केही बढी संघर्ष गर्नपर्ने छ । स्वास्थ्यमा समस्या आउनसक्ने ग्रहगोचर रहेकोले आहारविहारमा बढी ध्यान दिनु उचित हुनेछ । शत्रुपक्ष सक्रिय हुनसक्ने र कार्यक्षेत्रमा पनि केही अबरोधको सामना गर्नुपर्ने हुनसक्छ, जसको लागि सकारात्मक सोँचको विकास गर्नु तथा धैर्य र संयमको अभ्यास गर्नु बुद्धिमानी हुनेछ । उपर्युक्त केही प्रतिकूलताको बाबजुत आकस्मिक लाभ हुने र गर्जो टर्नेछ । सावधानि पूर्वक गरिने कार्यबाट सन्तोष मिल्नेछ । आज तपाईँलाई आठ अंक, रातो रङ्गको प्रयोग शुभ रहनेछ भने बाधाबिघ्न निवारणको लागि दीनदुःखी तथा रोगीको सेवा गर्नु उपयुक्त हुनेछ ।

आज जन्म दिन पर्ने सबैलाई न्यूज अभियान डट् कम परिवारको तर्फबाट सुस्वाथ्य एवम् दीर्घायु र उत्तरोत्तर प्रगतिको शुभकामना ....। एप मार्फत एंड्रोईड मोबाइलमा राशिफल हेर्नका लागि : Download Link : https://goo.gl/29PZux

एनभिएम ग्रुपद्वारा संचालित यस् न्यूज अभियान डट कममा तपाईं हामीसँग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् ।

ताजा भिडियो ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan