Sunday 19th of November | २०७४ मङ्सिर ३ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

बि.सं.२०७३ साल मंसीर १४ गते मङ्गलवारको राशिफल

न्यूजअभियान | प्रकाशित मिति : २०७३ मङ्सिर १४ मंगलबार
newsabhiyan
newsabhiyan

आजको पञ्चाङ्ग –
नेपाली मितिः वि.सं. २०७३ । नेपाल सं. ११३७ । योग सं. ३७ । मंसीर महिनाको १४ गते मङ्गलवार ।
अँग्रजी मितिः ई.सं. २०१६ नोभेम्बर महिनाको २९ तारिख ।
योगः  सुकर्मा योग ।
तथीः हेमन्त ऋतु मार्गशीर्ष कृष्णपक्षको औंशी तिथी, १९ः०१ बजेपछि मार्गशीर्ष शुक्लपक्षको प्रतिपदा तिथी ।
नक्षत्रः अनुराधा ।
करणः  नाग १७ः०१ बजेसम्म किस्तुघ्न करण ।
चन्द्रमाः  बृश्चिक राशिमा ।
काठमाडौंमा सूर्योदयः ०६ः३७ बजे ।
काठमाडौंमा सूर्यास्तः १७ः०६ बजे ।
राहुकालः १४ ः२९ बजेपछि १५ः४८ बजेसम्म ।
यात्राः  अत्यावश्यकमा पश्चिम र उत्तर दिशाको ।

आजको राशिफल


मेष राशिः
मेष राशि हुनेहरुको लागि आजको दिनको गोचर अल्लि प्रतिकूल परेको देखिन्छ । कामकार्यमा विघ्नबाधा, किंकर्तव्यविमूढता र अस्तवेस्तताको वातावरण सृजना हुनसक्ने छ । स्वास्थ्यमा कष्ट पर्ने तथा औषधोपचारमा सञ्चित धनको व्यय हुने सम्भावना छ । नसो“चेको झमेला आइपर्ने र संघर्षले मात्रै अल्पलाभ हुनसक्ने छ । उपर्युक्त केही प्रतिकूलताको बाजुत आकस्मिक रुपमा व्यवसायमा उन्नति हुनगई अर्थ लाभ हुनसक्ने छ । आफूले सोँचेको भन्दा परको काम बन्न गई अप्रत्यासित उपलब्धि हातपार्न सकिनेछ । आठ अङ्क, रातो रङ्गको प्रयोग र माँ भगवती एवं भगवान सूर्यनारायणको दर्शनभक्ति बढाउनाले सम्भावित ग्रहको प्रतिकूलतालाई कम गर्न मद्दत हुनेछ । 

वृष राशिः
वृष राशिका व्यक्तिहरुको लागि आजको दिन भौतिक एवम् पारिवारिक सुखले युक्त रहनेछ । दाम्पत्य तथा प्रेम सम्बन्ध सार्थक बन्नसक्ने छ भने सम्बन्धितहरुको लागि विवाहको प्रस्ताव आउनसक्ने छ । तथापि कसैबाट हुने आवेगात्मक व्यवहारको सामना गर्नपर्ने पनि संयोग पर्नसक्ने छ । रमणीय स्थानको यात्रा हुने तथा आफन्तिजनलाई भेट्घाट गर्नपाइने सम्भावना पनि रहेको छ । पेशा तथा व्यवसायबाट यथोचित लाभ हुनेछ । आज यहाँलाई सात अंक, सेतो रङ्गको प्रयोग र गुरु गणेशको भक्ति गर्नु शुभ हुनेछ ।


मिथुन राशिः
मिथुन राशिका व्यक्तिहरुको लागि आजको दिन रमाइलो र अनुकूल रहनेछ । अवसर तथा समयको सदुपयोग गर्नसके प्रतिस्पर्धामा सफलता हात लाग्नेछ भने स्वकार्यबाट पनि राम्रो उपलब्धि गर्न सकिने छ । व्यवसायिक क्षेत्रबाट राम्रो आर्थिक लाभ हुनेछ । शरीरमा आरोग्यता र अनुहारमा कान्तिमा बृद्धि हुनेछ भने शत्रुपक्षलाई झुकाउन सफल भइने छ । थाति रहेका कार्य पूरा गर्न सकिने छ । आज तपाईँलाई हरियो रंग, छ अंकको उपयोगिता फापकर हुनेछ भने विपक्षिको सम्मान गर्नाले ईज्जत बढ्नेछ । भगवान ऋद्धिसिद्धिपति श्री गणेशको आराधना विशेष शुभप्रद हुनेछ ।

कर्कट राशिः
कर्कट राशिका व्यक्तिहरुको लागि आजको दिन साविककै तरिकाले उपलब्धि प्राप्त हुन गाह्रो देखिन्छ । वैकल्पिक माध्यम अप्नाउनु बुद्धिमानी हुनेछ । गाम्भीर्यता धारण गर्नसकेको खण्डमा विद्यार्थी वर्गले ज्ञानात्मक प्रगति गर्नसकिने छ । बैठक आदिमा जरुरी विषयमा मात्रै प्रवेश गरेको राम्रो हुनेछ अन्यथा उठेको प्रसङ्गलाई बिटमार्न कठिन पर्नसक्ने छ ख्याल गर्नु होला । आत्मप्रसंशाको मनोभाव बढ्नसक्ने र दोस्रोपक्षबाट सो कुराको निग्रानी हुनसक्ने कुराप्रति पनि चनाखो हुनजरुरी छ ।  पराईको निन्दा चर्चामा भुल्दा स्वकार्य अधुरो रहनसक्ने तर्फ पनि ख्याल पुर्याउनुहोला । आज तपाईले पितृको नाममा यथाशक्य दान गर्नु शुभप्रद हुनेछ ।

सिंह राशिः
सिंह राशि हुनेहरुको लागि आजको दिन बैठक आदिमा मत बाझिने र असमझदारी गराउने भूमिकामा ग्रहको प्रवलता देखिन्छ । सहकर्मी तथा मित्रवर्गसँग द्वन्द हुनसक्ने र चलिरहेको कार्यमा अबरोध आउनसक्ने एवम् वेचैनी बढ्नसक्ने साथै छरछिमेकी तथा हितैसीसँगको सम्बन्धमा तुषारो पर्नसक्ने भएकोले होसियार हुन जरुरी छ । मानसिक संकिर्णताको कारणले कार्यमा प्रतिकूलता आउनसक्ने भएकोल मानसिक धैर्यतालाई धारण गर्नु बुद्धिमानी हुनेछ । सावधानिपूर्वक स्वकर्ममा रत् रहनाले पेशा तथा व्यवसाय एवम् कर्मक्षेत्रबाट केही लाभ गर्न सकिनेछ । आज पितृको नाममा यथाशक्य दानदातव्य गर्नु उपयुक्त हुनेछ ।


कन्या राशिः
कन्या राशि हुनेहरुको लागि आजको दिन हुनलाई दिनलाई उपलब्धिमूलक बनाउन सकिने गोचर परेको छ । तथापि उन्मादी हौंस्याहट बढ्नाले कम उपलब्धिले चित्तबुझाउन पर्ने होकि भन्ने सम्भावना पनि उत्तिकै देखिन्छ । सावधानिपूर्वक स्वकर्मलाई निरन्तरता दिएमा व्यवसायले फट्को मार्ने र आर्थिक एवम् भौतिक कठिनाई कम गर्नसकिने छ । स्वजनको सहयोग र प्रसंशा पनि लिनसकिने छ ।  अनावश्यक उन्मादी फुर्तिलाई संयम गरी व्यवहारिक ढङ्गले जनव्यवहार गर्न जाने समयको फाइदा लिन सकिनेछ । खेलाडि एवं प्रतिस्पर्धि क्षेत्रका व्यक्तिलाई सफलता मिल्ने छ । विशेषकाममा आउने कष्ट एवम् कठिनाइको निवृतिको लागि गुरु गणेशको श्रद्धाभक्ति गर्नु उपयुक्त हुनेछ । 

तुला राशिः
तुला राशिहुनेहरुको लागि आजको दिन तपाईको बोलीवचनले अर्काको मन दुखाउनसक्ने सम्भावना देखिएको छ ।यस्तै मदहोस तथा धनोन्माद बढ्नसक्ने गोचर भएकोले सञ्चित धनको अपव्यय हुने हो कि भन्ने डर पनि देखिन्छ । विपरित संगतको कारण विश्वासघात पर्ने तथा शुभेच्छुकलाई चिन्न नसक्दा हुनेकाम पनि हुननसक्ने हुँदा कसैकसैलाई न्याउरीमारी पछुतो जस्तो पनि पर्नसक्ने छ । ठूलो अपेक्षा तथा महत्त्वाकाक्षा नराखी निस्कामकर्मको सिद्धान्तलाई अनुसरण गरी अघिबढ्दा सम्भावित अनिष्टलाई न्यूनिकरण गर्न सकिएला भने  आंशिक सफलता तथा लाभ पनि गर्न सकिनेछ । आज तपाईँले भगवान श्री गणेशको सेवा आराधना गर्नु शुभदायक हुनेछ ।

वृश्चिक राशिः
वृश्चिक राशिहुने व्यक्तिहरुको लागि आजको दिन समस्या तथा जिम्मेवारीको भार कम भएर केही हद्सम्म राहत मिल्नेछ । सहयोग तथा सरसापट मिल्नसक्ने हुनाले प्रतिकूल गोचरको कारण समस्या झेलिरहनु भएकाहरुलाई आत्मबल बढ्नेछ । उद्यमप्रति उद्यत भइनेछ । व्यवसायिक लगानीको अवसर तथा प्रस्ताव आउनसक्ने छ । कपट पार्टनर्शिपको फेला परिनसक्ने पनि सम्भावना रहेकोले होसियारी हुन भने जरुरी देखिन्छ । कुनै माङ्गलिक कार्य आदिको निमन्त्रणा मिल्नसक्ने छ । शुभेच्छुक भेटिने र कामकार्य आदिमा मद्दत गर्नेछन् । व्यापार आदि पेशाको क्षेत्रबाट लाभ ंहुने र सुख एवम् शान्ति मिल्नेछ ।

धनु राशिः
धनु राशि हुनेहरुको लागि आजको दिन केही संघर्षकर गोचर देखिएको छ । अनपेक्षित रुपमा खर्च बढ्नसक्ने भएकोले जुहो गरेको व्यवस्थाले नपुग्न सक्नेछ । गर्जोटार्नलाई धौधौपर्ने, नहुने कामगर्न मनलाग्ने, सानोकामलाई पनि बढी मेहनत गर्नपर्ने आदि हुनसक्ने छ । घुमफिर तथा यात्रा पनि व्यर्थ हुनसक्नेछ भने कामकुरो एकातिर कुम्लो बोकि ठिमीतिर भनेजस्तै हुनसक्ने छ । कसैकसैलाई मालसमान हराउन सक्ने तथा लुच्चा फटाहाको फन्दा पनि पनसकिने छ, यात्रा आदिमा भेट्हुने पराइ वा शङ्कालु व्यक्तिसँग ख्याल गर्नुहोला । निष्ठापूर्वक स्वकर्ममा लगनशीलतापूर्वक रत् रहने, पहेंलो रङ्ग एवं तीन अङ्कको प्रयोग गर्ने र पितृदेवको नाममा दानदातव्य गर्नु शुभकर हुनेछ ।

मकर राशिः
मकर राशिहुने व्यक्तिहरुको लागि आजको दिन हुनलाई आम्दानीकर ग्रहयोग परेको छ, तरपनि विशेष अपेक्षा गरिएको महत्त्वपूर्ण कार्यबाट हुने आर्थिक उपलब्धि हुनलाई कठिनाई पर्नसक्ने देखिएको छ । सामान्य कामकार्यमा भने ग्रहस्थिति स्वभाविकै रहने छ । पेशा एवम् व्यवसायमा ठिकै सफलता मिल्नेछ । स्वजनहरुसँग भेट्घाट हुनपाइने तथा शुभसन्देश प्राप्त हुने दिन रहेको छ । मान्यजन तथा उच्चपदस्थ व्यक्तित्त्वहरुसँग भेटघाट एवम् सम्बन्ध विस्तार हुनसक्ने छ । आज यहाँको लागि दुई अङ्क, सेतो रङ्गको व्यवहार अनुकूल रहनेछ भने मुख्य कार्यमा आउने बाधाब्याबधानको  निवारणको लागि भैरवदेवको  आराधना र कुकुरसेवा शुभप्रद हुनेछ ।

कुम्भ राशिः
कुम्भ राशिका व्यक्तिहरुको लागि आजको दिन गोचर अनुकूलप्रद देखिएको छ । व्यवसायिक क्षेत्रमा राम्रो उन्नती हुनसक्ने देखिन्छ । संसर्गी एवं कार्यक्षेत्रमा सौहार्दतापूर्ण वातावरण बन्ने छ । शुभेच्छुकहरु बढ्ने छन् भने राजनीति वा समाजसेवामा जिम्मेवारी तथा पदीय हैसियत थपिन सक्ने छ । ईष्टकार्य पूरा गर्नको लागि उत्तम अवसर मिल्नेछ । अवसरको सदुपयोग गर्नाले राम्रो उपलब्धि हातपार्न सकिनेछ । उच्च वर्गसँग सम्बन्ध विस्तार हुनसक्ने सम्भावना पनि देखिएको छ जसको सदुपयोग गर्नसक्नु बुद्धिमानी हुनेछ । आज तपाईँको लागि एक अङ्क, रातो रङ्गको चिजको प्रयोग र गुरुगणपति एवं हनुमानदेवको स्तुतिध्यान गर्नाले शुभ परिणाम मिल्नेछ ।

मीन राशि
मीन राशिका व्यक्तिहरुको लागि आजको दिन चाहेकै पक्षमा भन्दापनि त्यति वास्ता नगरेको विषयमा सफलता मिल्ने छ । केही दबाब तथा अपयशको बाबजुत पनि अनुकूलताको मात्रा बढी महसूस हुनेछ । काममा सफलता प्राप्त गर्न सकिने छ । अध्यात्मिक तथा आस्तिक भावना बृद्धि हुने तथा धर्मकर्म सम्पादन हुनसक्ने छ व्यवसायमा मन र समय दिनाले लक्ष्मी कृपा प्राप्त गर्न सकिने छ । अन्य भौतिक उन्नति गर्नपनि सकिने छ । यात्रायोजना एवम् नयाँ कार्यको थालनीको सम्भावनालाई पनि गोचरले संकेत गरेको छ । नौ अंक पहेलो रंग र धार्मिक क्षेत्रलाई सहयोग गर्नुले अझ बढी शुभदायक भूमिका निर्वाह गर्नेछ । 

आज जन्म दिन पर्ने सबैलाई न्यूज अभियान डट् कम परिवारको तर्फबाट सुस्वाथ्य एवम् दीर्घायु र उत्तरोत्तर प्रगतिको शुभकामना ....। एप मार्फत एंड्रोईड मोबाइलमा राशिफल हेर्नका लागि : Download Link : https://goo.gl/29PZux


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan