Sunday 19th of November | २०७४ मङ्सिर ३ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

बि.सं. २०७३ साल मंसीर १३ गते सोमवारको राशिफल

न्यूजअभियान | प्रकाशित मिति : २०७३ मङ्सिर १३ सोमबार
newsabhiyan
newsabhiyan

आजको पञ्चाङ्ग –
नेपाली मितिः वि.सं. २०७३ । नेपाल सं. ११३७ । योग सं. ३७ । मंसीर महिनाको १३ गते सोमवार ।
अँग्रजी मितिः ई.सं. २०१६ नोभेम्बर महिनाको २८ तारिख ।
योगः  अतिगण्ड योग ।
तथीः हेमन्त ऋतु मार्गशीर्ष कृष्णपक्षको चतुर्दशी तिथी, १४ः५२ बजेपछि औंशी तिथी ।
नक्षत्रः विशाखा, २१ः२६ बजेपछि अनुराधा ।
करणः शकुनि १४ः५२ बजेसम्म चतुष्पद करण ।
चन्द्रमाः  तुला राशिमा, १४ः४७ बजेपछि बृश्चिक राशिमा ।
काठमाडौंमा सूर्योदयः ०६ः३६ बजे ।
काठमाडौंमा सूर्यास्तः १७ः०६ बजे ।
राहुकालः०७ ः५४ बजेपछि ०९ः१४ बजेसम्म ।
यात्राः अत्यावश्यकमा पश्चिम दिशाको ।

आजको राशिफल

मेष राशिः
मेष राशि हुनेहरुको लागि आज दिनको पूर्वखण्डमा जीवनसाथी वा प्रेमीको सहयोगले व्यवसायिक तथा पेशागत कार्य अघि बढ्न सक्नेछ । पारिवारिक सामाञ्जस्यता बढ्ने र आमोद–प्रमोदपूर्ण दिन चर्या व्यतित हुने देखिन्छ । ससुराली आदिबाट मानसम्मान मिल्ने तथा लौकिक उन्नति गर्नसकिने छ । विशेष स्थानको यात्राको संयोगलाई पनि सम्भावना देखाइरहेको छ । मध्याह्नबाट भने स्वास्थ्यमा मौसमी विमारको सिकायत हुनसक्ने छ । सामान्यतया यो राशि हुने सबैले खानपिन एवम् रहनसहनमा ख्याल पुर्याउन र दीर्घरोगीले विशेष ध्यान दिन जरुरी पर्नेछ । सेतो एवं रातो रङ्ग, सात र आठ अङ्कको प्रयोग मिलाउनु फापकर हुनेछ भने ईष्टदेवको सेवाश्रद्धा भक्तिभाव बढाउनु राहतप्रद हुनेछ ।   


वृष राशिः
वृष राशिका व्यक्तिहरुको लागि आजको दिन जोशिलो रहनेछ । थातिरहेको काम पूरा गर्ने मौका मिल्ने छ भने कार्य पूरा गर्न स्वजनबाट सहयोग पनि मिल्ने छ । प्रतिस्पर्धामा विजय भइने र व्यापार एवम् व्यवसायबाट आकस्मिक रुपमा धन लाभ मिल्नेछ । शारीरिक आरोग्यता बढ्नाले शरीरमा शक्ति र साहस थपिने छ । आँटसाहसले गर्ने काम सम्पादन गर्न सकिने छ भने आज यहाँको विरोधि उपरको प्रतिकार पनि बलियो हुनेछ । मध्यान्हबाट क्रमशः प्रमोदीचर्या बढ्ने तथा दाम्पत्य सुख एवम् प्रेमसम्बन्ध दृढ हुनेछ । मानसम्मान पूर्ण यात्रा एवम् मनोरञ्जनजन्य वातावरणको संयोग जुट्नसक्ने छ ।

मिथुन राशिः
मिथुन राशिका व्यक्तिहरुको लागि आजको दिन क्रमशः अनुकूल मान्न सकिन्छ । पूर्वार्धमा सामान्य रहेपनि उपरान्त स्वास्थ्यमा आरोग्यता बढ्ने तथा कान्तिमा बृद्धि हुनेछ साथै शत्रुपक्षलाई झुकाउन सकिनेछ । अवसर तथा समयको सदुपयोगले प्रतिस्पर्धामा सफलता हात लाग्नेछ । जागिर आदि कार्य क्षेत्रबाट राम्रो सफलता तथा उपलब्धि गर्न सकिने छ । पेशा तथा व्यवसायबाट आर्थिक लाभ गर्न सकिने छ । आज यहाँलाई हरियो रंग, छ अंक अनुकूल रहने छ  भने भगवान गौरीशङ्करको दर्शनभक्ति गर्नु थप लाभकर हुनेछ । 

कर्कट राशिः
कर्कट राशिका व्यक्तिहरुको लागि आजको दिन मध्यान्हसम्म संघर्षप्रद रहेपनि उपरान्त केही अनुकूल हुनेछ । तथापि विद्याको घमण्ड बढ्नसक्ने सम्भावना भने देखिन्छ । ज्ञानप्रमाद नगरे विद्याबुद्धि बढाउनसकिने छ । सैधान्तिक र नीतिगत विषयमा सजगता नअप्नाए मुल्याङ्कनमा कमजोरी देखिनसक्ने कुरालाई पनि नकार्न भने सकिन्न तथापि केहीहद्सम्म सफलता मिल्नेछ । विद्यार्थीका लागि समय उपयुक्त रहनेछ तर घमण्ड नगरी समयको सदुपयोग गर्नसक्नु पर्नेछ । नसोँचिएको पक्षबाट आकस्मिक लाभ एवं उपलब्धि हुनसकने छ ।  आज याहाँको लागि पाँच अंक, रातो रङ्गको उपयोग र शिवाराधना शुभप्रद हुनेछ ।


सिंह राशिः
सिंह राशि हुनेहरुको लागि आजको दिन मध्यान्हसम्म केही अनुकूल भएपनि उपरान्त त्यति अनुकूल मान्न अल्लि नसिकने ग्रहगोचर परेको हुनाले सो अगावै मुख्य तथा अपरिहार्य कार्यलाई पूर्णता दिनुपर्ला । क्रमशः जनव्यवहारमा तपाईको भूमिकाको तालमेल नमिल्न पनि सक्नेछ तसर्थ सावधानी अप्नाउन जरुरी हुनेछ । केही संघर्षको अनुभूति हुनसक्ने भएकोले हतारमा भन्दा धैर्य र बुद्धिमानीपूर्वक व्यवहार गर्नुपर्ला । सम्भावित वादविवादबाट बच्नको लागि अत्यावश्यक सरोकार मात्रै राख्नु उचित हुनेछ । संघर्षबाट विचलित नभई स्वकर्ममा तल्लिन रहनाले केही उपलब्धि गर्नसकिने छ ।चार अंक, सेतो तथा उज्यालो रङ्ग शुभ हुनेछ भने आज यहाँको लागि मातृसेवा फापसिद्ध हुनेछ ।  

कन्या राशिः
कन्या राशि हुनेहरुको लागि आजको दिन शक्तिको भरपुर प्रयोग गर्ने खालको छ । शारीरिक एवम् मानसिक जाँगर बढेर आउने र रोकिएर रहेको काम पूरा गर्ने मौका मिल्नेछ । सहयोगीहरु जुट्ने र इष्टमित्र तथा जानपहिचानका व्यक्तिहरुबाट प्रशंसा पाइनेछ । बन्धुबान्धवबीचको सम्बन्धमा सुधार आउनेछ भने सहकार्यको लागि प्रस्ताव आउनसक्नेछ । पेशागत क्षेत्रबाट यथोचित आर्थिक उपार्जन गर्न सकिनेछ । प्रेमपारखीहरुको लागि पनि दिन अनुकूल रहनेछ । आज यहाँको लागि तीन अंक, हरियो रङ्गको प्रयोग शुभ हुने छ भने दाजुभाई मिलेर काम गर्नु फलिफाप सिद्ध हुनेछ ।

तुला राशिः
तुला राशिहुनेहरुको लागि आजको दिन सामान्य अनुकूल देखिएको छ । बोलीवचनको भूमिकामा ख्याल पुर्याउन जरुरी देखिन्छ । सन्चित धनको अपव्ययको पनि सम्भावना देखिएको छ । तथापि व्यवसायिक कार्यमा प्रगति र खर्चको बाबजुत पनि आर्थिक सङ्कलन हुने पनि योग छ । परोपकार एवम् समाजिक सेवामा संलग्न हुने मौका मिल्नसक्ने छ । नाता–कुटुम्बिक सम्बन्ध विस्तार हुनेछ । जागिर आदि क्षेत्रमा पनि ग्रहले राम्रै बल दिइरहेको देखिन्छ । अल्लि विचार पुर्याएर काम गर्नु बुद्धिमानी हुनेछ । आज यहाँको लागि दुई क्रमसँख्या, सेतो रंग उपयुक्त रहने छ भने भगवानसदाशिव शङ्करको श्रद्धाभक्ति शुभप्रद हुनेछ ।

वृश्चिक राशिः
वृश्चिक राशिहुने व्यक्तिहरुको लागि आजको दिन मध्यान्हसम्म सामान्यतया संघर्षकर रहने देखिएको छ । केही कठिनाई तथा कामकार्यमा बाधाअड्चनजन्य संघर्षको मुकाविला गर्नपर्नसक्ने छ । तदोपरान्तबाट क्रमशः रमाइलो रहनेछ । अनुकूल वातावरण र मनोकामना पूर्ण हुनेछ । प्रशंसा मिल्ने हुनाले कामकार्यमा उत्साह बढ्ने एवम् खुशी र उमंग छाउनेछ । निमन्त्रणा तथा स्वागत सत्कारको अवसर एवम् कोसेली मिल्नसक्ने सम्भावना पनि देखिएको छ । सहयोगी भेटिने र व्यापार एवम् व्यवसायिक कार्यबाट राम्रो फाइदा उठाउन सक्नुहुनेछ । यहाँहरुको लागि आज एक अंक, रातो रङ्ग उपयुक्त हुनेछ । थप सफलताको लागि मान्यजनलाई खुशी बनाउनु शुभप्रद हुनेछ ।

धनु राशिः
धनु राशि हुनेहरुको लागि आजको दिन मध्याह्नसम्मको समय ठिकै उपलब्धिकर रहने देखिन्छ । उपरान्त क्रमशः केही संघर्ष पर्ने देखिएको छ । अल्लि बढी कोसिसले मात्रै थोरै सफलता पाउन सकिने छ । खर्च बढाउने ग्रहयोग परेकोले बुद्धिमतापूर्वक धैर्य र संयम धारण गर्नसके मात्रै खतिक्षति हुनबाट बच्न सकिनेछ । गोचरले सञ्चित धन आकस्मिकरुपमा व्यय गराउन खोजिरहेको कुरालाई पनि संकेत गरिरहेको छ । एकाएक तनाबमा बढाउनसक्ने समय रहेकोले समयको प्रतिकूलतालाई बुझेर संयम धारण गर्नु बुद्धिमानी हुनेछ । आज यहाँको लागि तेस्रो क्रमसँख्या,पहेंलो रङ्गको उपयोग र भगवान शिवकोदर्शनभक्ति गर्नु शुभ रहनेछ ।

मकर राशिः
मकर राशिहुने व्यक्तिहरुको लागि आजको दिन आर्थिक लाभ हुने हो तथापि ग्रहको केही बाधा अबरोध देखिएको पनि छ । त्यसको बाबजुत पनि केही उपलब्धि हातपार्न सकिने छ ।  मुख्य ठानिएको काममा भने केही अबरोध आउने छ । पेशा एवम् व्यवसायबाट केही धनलाभ गर्न सकिनेछ भने आँटेताकेको कार्य अगाडि बढ्नेछ । मानसम्मानप्रद ग्रहयोग परेकोले राजमानको लागि सिफारिस हुनसक्ने छ भने राजनीति तथा समाजसेवा कर्मीहरुले पदप्रतिष्ठा एवम् जिम्मेवारी थपिन कुरा चल्नसक्ने छ ।  आफन्तीहरुसँग भेट्घाट हुने र व्यवहारिकता एवम् औपचारिकता निर्वाह गर्न पर्नेछ । प्रशंसक बढ्ने र शुभसमाचार प्राप्त हुनेछ । ग्रह बाधा अबरोधलाई न्यूनिकरण गर्न भैरवदेवको सेवाराधना गर्नु शुभकर हुनेछ । 

कुम्भ राशिः
कुम्भ राशिका व्यक्तिहरुको लागि आजको दिन मानसम्मान एवम् पदप्रतिष्ठा प्राप्ति हुने रहेको छ । व्यापार व्यवसायबाट राम्रै आर्थिक लाभ गर्नसकिने छ भने राजनीतिकर्मी एवम् समाजसेवीको लागि पनि मुल्यवान दिन रहनेछ । मान्यजन तथा उच्चपदस्थ व्यक्तित्त्वहरुसँग भेटघाट हुन पाइने र आडभरोसा मिल्ने छ । जागिरेहरुको लागि पनि आजको दिन सहज रहनेछ । भावी कार्ययोजनाको बारेमा विचारविमर्श हुनसक्नेछ । यहाँलाई आज एक अंक, रातो रङ्ग शुभ रहने छ भने अपेक्षित उपलब्धिको लागि भगवान गौरीशङ्करको श्रद्धाभक्ति अझ प्रभावकारी हुनेछ ।

मीन राशि
मीन राशिका व्यक्तिहरुको लागि आजको दिन मध्यान्हसम्म केही दिक्कतपूर्ण रहने ग्रहगोचर परेको देखिन्छ । तसर्थ कामकार्य गर्दा केही सावधानी अप्नाउनु मनासिव हुनेछ । उपरान्त क्रमशः स्वास्थ्यमा सुधार आउने छ । धर्मकर्ममा मन जानेछ । अध्यात्मिक तथा आस्तिक भावना बढ्ने र धार्मिक कार्यमा सरिक हुनसकिने छ । सौहार्दपूर्ण वातावरण बन्दै जानाले मानसिक शान्ति मिल्नेछ साथै कुनै तवरबाट आकस्मिक रुपमा लक्ष्मी कृपा हुनेछ । यात्रायोजना एवम् नयाँ कार्यको थालनीको सम्भावना पनि देखिएको छ । आज यहाँलाई नौ अङ्क, पहेलो रङ्गको प्रयोग र धार्मिक क्षेत्रलाई सहयोग गर्नु फलिफाप सिद्ध हुनेछ । 

आज जन्म दिन पर्ने सबैलाई न्यूज अभियान डट् कम परिवारको तर्फबाट सुस्वाथ्य एवम् दीर्घायु र उत्तरोत्तर प्रगतिको शुभकामना ....। एप मार्फत एंड्रोईड मोबाइलमा राशिफल हेर्नका लागि : Download Link : https://goo.gl/29PZux


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan