Sunday 19th of November | २०७४ मङ्सिर ३ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

बि.सं. २०७३ साल मंसीर १० गते शुक्रवारको राशिफल

न्यूजअभियान | प्रकाशित मिति : २०७३ मङ्सिर १० शुक्रबार
newsabhiyan
newsabhiyan

आजको पञ्चाङ्ग –
नेपाली मितिः वि.सं. २०७३ । नेपाल सं. ११३७ । योग सं. ३७ । मंसीर महिनाको १० गते शुक्रवार ।
अँग्रजी मितिः ई.सं. २०१६ नोभेम्बर महिनाको २५ तारिख ।
योगः  आयुष्मान योग ।
तथीः शरद् ऋतु मार्गशीर्ष कृष्णपक्षको एकादशी तिथी, ०९ः१० बजेपछि द्वादशी तिथी ।
नक्षत्रः हस्त, १४ः११ बजेपछि चित्रा ।
करणः बालव ०९ः१० बजेसम्म उपरान्त कौलव करण ।
चन्द्रमाः  कन्या राशिमा ।
काठमाडौंमा सूर्योदयः ०६ः३४ बजे ।
काठमाडौंमा सूर्यास्तः १७ः०७ बजे ।
राहुकालः १० ः३१ बजेपछि ११ः५० बजेसम्म ।
यात्राः पूर्व एवं दक्षिण दिशाको लागि उपयुक्त छ ।

आजको राशिफल

मेष राशिः
मेष राशि हुनेहरुको लागि आजको दिन पराक्रम बढ्ने दिन रहेको छ । केही महत्त्वपूर्ण काममा सफल पौरख प्रस्तुत गर्न सकिनेछ । अवसर एवम् समयको सदुपयोग गर्नाले प्रतिस्पर्धामा उत्कृष्ट सफलता मिल्ने र सन्तोष मिल्ने छ । यहाँले आज व्यवसायिक एवम् स्वकार्यबाट राम्रो आर्थिक लाभको गर्न सक्नुहुने छ । आरोग्यता र कान्तिमा बृद्धि हुनाले अकर्षण शक्ति बढ्नेछ । थाति रहेका केही विशेष मानिने कामहरु सम्पादन गर्नसकिने छ । आज यहाँलाई हरियो रंग, छ अंकको प्रयोग शुभ रहने छ भने माँ इन्द्रायणीको श्रद्धाभक्ति उपयुक्त हुनेछ ।  

वृष राशिः
वृष राशिका व्यक्तिहरुको लागि आजको दिन दबाब तथा केही चक्रब्यूहको बाबजुत पनि भाग्यप्रद रहेको छ । आकस्मिक रुपमा पेशाको क्षेत्रमा चहलपहल बढ्ने र सफलता मिल्नाले आँट पनि बढ्नेछ । मनमा सात्त्विक विचारलाई प्रसय दिने र धार्मिक कार्य सम्पादन गर्ने तर्फ अग्रसर हुनुभएमा थप सफलता मिल्नेछ । नोकरी आदिमा आएका अबरोधमा पनि स्थिति परिवर्तन भई अनुकूलता सृजना हुनसक्ने छ । कुनै कारणले मनमा जन्मेको भयत्रासको निवारण हुनेछ । आज यहाँको लागि नौ अंक, पहेंलो रङ्गको प्रयोग शुभ हुनेछ भने माँ इन्द्रायणी वा सन्तोषीको दर्शनभक्ति फापकर हुनेछ । 

मिथुन राशिः
मिथुन राशिका व्यक्तिहरुको लागि आजको दिन समसामयिक जनव्यवहारका कार्यमा अड्चनको सामना गर्नपर्ने छ । अल्मल्याउने र अबरोध गर्ने तथा ईष्या गर्नेहरु बढ्नसक्ने छन् । आज शुभेच्छुक एवं सहयोगीको कमि महसूस हुनेछ । आफ्नै विचारमा पनि संकिर्णता आइदिनाले मानसिक द्वन्दको शिकार भइने छ । सल्लाह गर्न बस्ने तर झगडा गरेर उठ्ने जस्तो पर्नसक्ने सम्भावना भएकोले  बैठक आदिमा नया“ विषयमा चर्चा गर्दा संयमता अप्नाउनु बुद्धिमानी हुनेछ । मनलाई सकारात्मक तरिकाले सम्हाल्ने र स्वकार्यमा प्रयत्नशिल रहनाले संघर्षबाट केही लाभ भने गर्नसकिने छ र सफलता पनि मिलनसक्ने छ । माँ भुवनेश्वरीको श्रद्धाभक्ति तथा आराधना आज तपाईँको लागि शुभदायक हुनेछ ।

कर्कट राशिः
कर्कट राशिका व्यक्तिहरुको लागि आजको दिन ग्रहको गोचर प्रभाव सकारात्मक देखिएको छ । जसको कारणले तपाईँमा पराक्रम बढेर आउने र काममा रुचि बढ्ने तथा सफलता मिल्नेछ भने नविन कार्ययोजनाको जमर्को हुनसक्ने छ । उत्साह तथा उमङ्ग छाउने छ । समयको सदुपयोग गर्नाले व्यवसायिक प्रगती एवं लाभ हुने र सन्तुष्टि मिल्नेछ । सहयोगीहरु पनि मिल्ने छन् । साथै परिश्रमले सफल भैनेछ । प्रतिस्पर्धा तथा खेलकुद आदिमा सफलता मिल्ने छ भने अभिष्ट कार्य सिद्धि हुनेछ । दाजुभाईबीचको द्वन्द पनि सुल्झाउन सकिनेछ । आज तपाईँको लागि तीन अङ्क, हरियो रङ्गको प्रयोग तथा माता भवानीको स्तुति गर्नु शुभप्रद हुनेछ ।

सिंह राशिः
सिंह राशि हुनेहरुको लागि आजको दिन सामान्य अनुकूल देखिएको छ । वाणीमा दोष लाग्नसक्ने ग्रहगोचरीय स्थिति रहेकोले बोलीवचनको व्यवहारमा ख्याल गर्नु उपयुक्त हुनेछ । व्यवसायिक कार्यमा भने प्रगति हुने देखिएको छ तथापि सन्चित धनको अपव्ययलाई भने नकार्न सकिन्न । समाजिक कार्यमा संलग्न हुने मौका मिल्नसक्ने छ । नाता–कुटुम्बिक सम्बन्धमा पनि केही सजग हुन जरुरी छ । आज यहाँको लागि दुई अङ्क, सेतो रङ्गको उपयोग गर्नु उपयुक्त रहने छ भने माँ इन्द्रायणीको सेवाआराधनाले प्रतिकूल ग्रहप्रभावको सामना गर्ने क्षमताको बृद्धि गर्नेछ ।

कन्या राशिः
कन्या राशि हुनेहरुको लागि आजको दिन ग्रहको बाधाब्याबधानको बाबजुत पनि दिनलाई सकारात्मक लिन सकिन्छ । अल्लि बढी आसक्ति गरेको काम प्रभावित हुनेछ रपनि ईज्जत तथा मानप्रतिष्ठामा विकास हुनेछ । दिन मनोरञ्जन एवम् खुशीयालीप्रद रहने छ । मनोवाञ्छित स्वादिष्ट भोजनद्वारा स्वागत सत्कार मिल्नसक्ने छ । इष्टमित्रको आगमन हुने र कोसेली आदि पनि  मिल्नसक्ने छ भने पारिवारिक सौहार्दता बढ्ने छ । नयाँकाममा लगानीको बारेमा विचारविमर्श हुनसकने छ । पेशागत कामकार्यमा लाभ एवम् सफलता प्राप्त हुनेछ । प्रेमसम्बन्ध गाँसिने तथा जोडिएको सम्बन्ध मज्बुत बन्नेछ । आज यहाँलाई एक अङ्क, रातो रङ्ग र भगवान श्री गणेशको साथमा माँ भुवनेश्वरीको दर्शनभक्ति तथा स्तुति गर्नु गोचरबाधा निवारणको उपाय हुनसक्नेछ ।

तुला राशिः
तुला राशिहुनेहरुको लागि आजको दिन संघर्षको अनुभूति गराउने खालको रहेको छ । साविकभन्दा बढी कोसिस गरेर मात्रै काम सुल्झाउन सकिएला । खर्चका बहानाहरु बढ्नसक्ने र काममा पनि केही झमेला तथा ब्याबधान आउनसक्ने सम्भावना छ । झुटो आरोपको पनि सम्भावना भएकोले सावधानीपूर्वक सामाना गर्नु पर्ला । हतारभन्दा पनि सोँचविचार गरेर मात्रै प्रस्तुत हुनु बुद्धिमानी हुनेछ । बुद्धि र संयमको अभ्यासले परिणाम आफ्नो पक्षमा ल्याउन र आकस्मिक केही लाभ एवं उपलब्धि हासिल गर्न सकिनेछ । आज यहाँलाई तीन अंक, पहेंलो रङ्ग र माँ इन्द्रायणीको सेवा आराधना शुभकर हुने छ ।

वृश्चिक राशिः
वृश्चिक राशिहुने व्यक्तिहरुको लागि आजको दिन कोषमा अर्थ सङ्कलन हुने योग परेको देखिन्छ । व्यापार तथा व्यवसायिक कामकार्यबाट राम्रो लाभ गर्नसकिने छ भने जागिर आदितिर पनि सन्तोषकर स्थिति रहनेछ । इष्टमित्र तथा सहयोगी जनको सकारात्मक भूमिका मिल्नेछ । अध्ययन अध्यापन तथा लेखनको कार्यमा पनि सफलता मिल्नेछ । समयको सदुपयोगले थाति रहेका तथा अपेक्षित काम पूरा गर्नसकिने छ । आज यहाँलाई दुई अंक, सेतो रङ्ग शुभ हुनेछ भने माँ भगवती इन्द्रायणीको दर्शन भक्ति हितप्रद हुनेछ ।

धनु राशिः
धनु राशि हुनेहरुको लागि आजको दिन मानसम्मान एवम् पदप्रतिष्ठा मिल्ने खालको रहेको छ । व्यापार व्यवसाय, राजनीति एवम् समाजसेवाको क्षेत्रमा जिम्मेवारी थपिनसक्ने तथा गरिएको कार्यको जश एवं प्रशंसा प्राप्त हुनेछ । उच्चवर्ग तथा उच्चपदस्थ व्यक्तित्तहरु सँगको भेटघाटले महत्त्वाकांक्षी भावना पनि बढाउनसक्ने छ । विशेष विषयमा गम्भीर चर्चाको वातावरण बन्नसक्ने छ । कार्यक्षेबाट यथोचित भौतिक लाभ हातपर्ने छ । यहाँलाई आज एक अंक, रातो रङ्गको प्रयोग अनुकूल रहने छ भने माँ इन्द्रायणीको श्रद्धाभक्ति अझ प्रभावकारी हुनेछ ।

मकर राशिः
मकर राशिहुने व्यक्तिहरुको लागि आजको दिन मेहनत एकातर्फ हुने र अर्को तर्फबाट उपलब्धि प्राप्त हुनसक्ने छ । केही दबाब आदिको सामना गर्नपर्ने भएपनि दिन भाग्यप्रद रहेको छ । मनमा सात्त्विक विचारले प्रसय पाउने र धार्मिक कार्य सम्पादन हुनेछ । तथापि सात्त्विकविचारको साथमा कतै सहज आर्जनको चाहनाको आसक्ति पनि नबढ्ला भन्नसकिन्न । व्यवसायिक कार्यमा सफलता मिल्नाले आँट बढ्नेछ । नोकरी आदिमा आएका अबरोधहरु पनि हट्ने र जिम्मेवारी एवम् भूमिका थप हुनसक्ने छ । आज यहाँको लागि नौ अंक, पहेंलो रङ्गको प्रयोग शुभ हुनेछ भने माँ इन्द्रायणी वा सन्तोषीको दर्शनभक्ति फापकर हुनेछ । 

कुम्भ राशिः
कुम्भ राशिका व्यक्तिहरुको लागि आजको दिन अनुकूल मान्न नसकिने देखिएको छ । स्वास्थ्यमा प्रतिकूलता पर्नसक्ने ग्रहप्रभाव छ । दीर्घरोगीले आहारविहारमा बढी ख्याल पुर्याउनुहोला । कार्यक्षेत्रमा पनि केही अबरोध सृजना हुनसक्ने तथा शत्रुप्रभाव बढ्ने सम्भावना रहेको छ ।  संयम नगुमाई धैर्य गर्नाले सम्भावित खतरा टार्न र शत्रुको प्रभावलाई न्यून गर्न सकिने छ । हतार नगर्नु नै बुद्धिमानी हुनेछ । आठ अंक, रातो रङ्गको प्रयोग आज यहाँको लागि उपयुक्त रहनेछ । कष्टनिवारको लागि माँ इन्द्रायणी तथा आफ्नो इष्टदेवको श्रद्धाभक्तिलाई बढाउनु होला ।

मीन राशि
मीन राशिका व्यक्तिहरुको लागि आजको दिन भौतिक सुखोन्नति हुने र सेवा सत्कार मिल्ने छ । जीवन साथी वा विपरित लिङ्गीको सहयोगले पनि आजको दिन रमाइलो बनाउने छ । प्रेम पारखीहरुको लागि प्रेमसम्बन्ध सुमधुर हुनेछ । विवाह योग्य युवायुवतीको लागि उपयुक्त स्थानबाट विवाह प्रस्ताव आउनसक्ने पनि सम्भावना छ । देश तथा विदेशको यात्राको संयोग पर्नसक्ने छ । व्यापार व्यवसायबाट लाभ र आफन्तजनको सहयोग मिल्ने छ । आज यहाँहरुको लागि सात अंक, सेतो रङ्ग अनुकूल रहने छ भने अर्धनारेश्वरको साथमा माँ भुवनेश्वरीको भक्तिआराधना गर्नु फापसिद्ध हुनसक्ने छ ।

आज जन्म दिन पर्ने सबैलाई न्यूज अभियान डट् कम परिवारको तर्फबाट सुस्वाथ्य एवम् दीर्घायु र उत्तरोत्तर प्रगतिको शुभकामना ....। एप मार्फत एंड्रोईड मोबाइलमा राशिफल हेर्नका लागि : Download Link : https://goo.gl/29PZux


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan