Sunday 19th of November | २०७४ मङ्सिर ३ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

बि.सं.२०७३ साल मंसीर ५ गते आइतवारको राशिफल

न्यूजअभियान | प्रकाशित मिति : २०७३ मङ्सिर ५ आइतबार
newsabhiyan
newsabhiyan

आजको पञ्चाङ्ग –
नेपाली मितिः वि.सं. २०७३ । नेपाल सं. ११३७ । योग सं. ३७ । मंसीर महिनाको ५ गते आइतवार ।
अँग्रजी मितिः ई.सं. २०१६ नोभेम्बर महिनाको २० तारिख ।
योगः  शुक्ल ०९:२८ बजेपछि, ब्रम्ह योग ।
तिथीः शरद् ऋतु मार्गशीर्ष कृष्णपक्षको षष्ठी तिथी, ०८:१७ बजेपछि सप्तमी तिथी ।
नक्षत्रः तिष्य, १०:०६ बजेपछि अश्लेषा ।
करणः वणिज ०८:१७ बजेसम्म उपरान्त भद्रा करण ।
चन्द्रमाः  कर्कट राशिमा ।
काठमाडौंमा सूर्योदयः ०६:३० बजे ।
काठमाडौंमा सूर्यास्तः १७:०८ बजे ।
राहुकालः १५:४८ बजेपछि १७:०८ बजेसम्म ।
यात्राः उत्तर दिशाको लागि उपयुक्त छ ।

आजको राशिफल


मेष राशिः
मेष राशि हुनेहरुको लागि आजको दिन मनमा संकोचित विचार बढ्नाले सहकमीसँग विवाद हुनसक्ने कुरालाई ग्रहगोचरले लक्षित गरिरहेको हुनाले संयम रहन जरुरी हुनेछ । पारिवारिक कार्यभार बढ्नसक्ने कुरालाई नकार्न सकिन्न । अभावको विषयलाई लिएर पारिवारिक असन्तुष्टिको सामना गर्नपर्न पनि सक्नेछ । आज तपाईको पक्षमा अभिमत दिने समर्थकको अभाव खट्किन सक्ने भएकोले सम्बन्धित पक्षमा सावधानी अप्नाउनु बुद्धिमानी हुनेछ । धैयैधारणले नै प्रतिकूलता टार्नसकिने कुरालाई गुरु मन्त्र बनाउनु होला । आज यहाँलाई चार अंक, सेतो रङ्गको प्रयोग फापकर हुनेछ भने भगवान सूर्यनारायणको दर्शनभक्ति शुभकर हुनेछ ।

वृष राशिः
वृष राशिका व्यक्तिहरुको लागि आज पुरुषार्थ बढ्ने र राम्रो उद्यम सम्पादनको दिन रहेपनि मुख्य ठानिएको काममा ग्रहको अबरोध देखिएको छ । अतिरिक्त पक्षमा ग्रहले राम्रै बल दिइरहेको देखिन्छ । कामकार्यमा रुचि बढ्ने छ । विशेष कार्ययोजना बन्नसक्ने छ  । आफन्तीसँग भेटघाट हुने र सहयोग पनि पाइने छ । महत्त्वपूर्ण काममा आउने विघ्नता निवारणको लागि विघ्नहर्ता गणेश भगवानको र पवनपुत्र श्रीहनुमान जीको तथा कुमारी देवीको दर्शन भक्ति उपयुक्त हुनेछ । आज यहाँलाई तीन अङ्क र हरियो रङ्गको प्रयोग गर्नु बढी फापसिद्ध बन्नसक्ने छ ।

मिथुन राशिः
मिथुन राशिका व्यक्तिहरुको लागि आजको दिन यद्यपि सोँचेकै कामकार्य पूर्णगर्न संघर्ष पर्नसक्छ । तथापि योजनाबाहिरको काम बनेर केही उपलब्धि हातपार्न सकिने छ । अनर्थ हुन खोजेपनि अन्ततः बोलीवचनको प्रभाव सकारात्मक नै पर्नेछ भने आर्थिक क्षेत्रमा पनि केही समयको प्रतिक्षा पछि अनुकूलता देखिने छ । बैंक ब्यालेन्स वा ढुकुटी बृद्धि हुनेछ । परोपकार एवम् समाजसेवाका कार्यमा पनि सरिक हुने मौका मिल्नसक्ने छ भने नाता–कुटुम्ब सम्बन्धमा सुधार आउनेछ । आज यहाँहरुको लागि दुई अंक, सेतो रंगको प्रयोग शुभ रहने छ भने अदृष्य रोकावट निवारणको लागि पवनपुत्र हनुमानको सेवा गर्नु हितप्रद हुनेछ ।

कर्कट राशिः
कर्कट राशिका व्यक्तिहरुको लागि आजको दिन फेरिएको तथा राहतप्रद देखिएको छ । तथापि मुख्य कार्यक्षेत्रमा शनि ग्रह बाधक देखिएको पनि छ । सामान्य दैनिकी कार्यमा केही उन्नति भएर व्यवसायिक लाभ एवम् भौतिक उपलब्धि हुनेछ । रोकिएर रहेका केही कार्य बनाउन सकिने छ । कार्यक्षेत्रमा जिम्मेवारी थपिनसक्ने छ भने सामाजिक कार्यमा सरिक हुनपाइने छ । नयाँ कार्यमा लगानीको सम्भावना पनि देखिन्छ । मुख्य एवम् महत्त्वपूर्ण कार्यमा सफलताको लागि शनिदेव नाममा केही उपाय अवलम्बन गर्नु, भगवान हनुमानको स्तुति र एक अंक, रातो रङ्गको प्रयोग आज तपाईलाई शुभ रहने छ ।

सिंह राशिः
सिंह राशि हुनेहरुको लागि आजको दिन अनपेक्षित रुपमा विभिन्न खालका अपजशको सामना गर्नु पर्ने हुनसक्छ । एकाएक खर्चमा बृद्धि हुने र गर्जोटार्न जुहो गरेको व्यस्थाले धौधौपर्ने तथा नहुनेकाममा मनजाने सम्भावना छ । अगाडि सारिएको काममा बाधाबिघ्नता आयो भन्दैमा हतास भइहाल्न भने परिहाल्दैन, संघर्ष एवम् अधिक परिश्रमले अपेक्षा गरिएको क्षेत्रमा थोरैलाभ हुनसक्ने छ भने अपेक्षा नगरिएको पक्षको काम बनेर विशेष लाभ एवं उपलब्धि प्राप्त हुनेछ । मठमन्दिरको दर्शन, तीर्थको यात्रा एवम् मान्यजन भेट्घाट आदिमा खर्चको सदुपयोग गर्नु उपयुक्त हुनेछ । भगवान सूर्यनारायणको भक्ति आज तपाईँको लागि उत्तम हुनेछ ।

कन्या राशिः
कन्या राशि हुनेहरुको लागि आजको दिन सदुपयोग गर्नजाने लाभकर दिन परेको छ । पेशागत कार्यमा उपयुक्त सफलता मिल्नेछ । अनुकूल गोचरप्रभावको सदुपयोग गरी व्यवसायबाट प्रचुर लाभ गर्नसकिने छ । पुरुषार्थ बृद्धि हुने रसोवापत मान्छेहरुबाट प्रसंशा मिल्ने तथा सहयोग पनि प्राप्ति हुने गोचर लक्षण छ । आफन्तजनबाट सहयोग प्राप्त गर्नसकिने तथा व्यवहारिक प्रगति एवम् स्याबासी मिल्ने र यश कृति पनि बढ्ने छ । प्रगतिकारक दिनको सदुपयोग गरी वैयक्तिक प्रगति एवं व्यवसायिक उन्नयन तर्फ चेष्टा दिनु बुद्धिमानी हुनेछ । गुमेको प्रतिष्ठा फर्काउन र बैंकब्यालेन्स बढाउनसकिने साथै विद्यामा पनि प्रगति हुनेछ ।

तुला राशिः
तुला राशिहुनेहरुको लागि आजको दिन ईज्जत प्रतिष्ठा एवम् प्रख्याति बढ्ने दिन हो तथापि ग्रहको केही अबरोध पनि देखिएको छ । विशेष प्रयत्न गरिएको कामकार्यमा केही अड्चन तथा संघर्षको सामना गर्न नपर्ला भन्न सकिन्न । तरपनि सामान्यतया पेशा एवम् व्यवसायिक क्षेत्रबाट लाभ गर्नसकिने छ । राजनीति, समाजसेवा तथा सांगठानिक क्षेत्रमा जिम्मेवारी तथा पदीय हैसियत बढाउने जमर्को हुनसक्ने छ । तुरुन्तै हातमा नलागेपनि भविष्यको लागि केही आश्वासन पनि मिल्नसक्ने छ । बढी महत्त्व दिइएको अथवा ईच्छ्याइएको विषयमा आउन बाधा निवारणको लागि गुरुगणपति एवं हनुमानदेवको स्तुति आराधना गर्नु गर्नु शुभदायक हुनेछ  ।

वृश्चिक राशिः
वृश्चिक राशिहुने व्यक्तिहरुको लागि आजको दिन माथिल्लो निकायबाट अनपेक्षित रुपमा दबाब, ईष्र्यालु तथा कमजोरी खोज्नेहरु सक्रिय रहेपनि आज गुरु एवं इष्टदेवको कृपा रहने हुनाले अन्तिम परिणाम सकारात्मक निस्कने छ । शुरुशुरुमा मिथ्या आरोप,  भयत्रासको वातावरण सृजना भएपनि सत् प्रयत्न गर्नाले परिणाम सुखद ल्याउन सकिनेछ । औपचारिक कार्यक्रम आदिमा सहभागी हुनसकिने छ भने आस्तिक भावना बृद्धि हुनाले धर्मकर्म पनि बढ्नेछ । केही धनलाभ एवं इष्टार्जन गर्न सकिनेछ । आज तपाईँको लागि नौं अङ्क, पहेंलो, रातो एवं सेतो रङ्गको उपयोग र भगवान श्री रामको श्रद्धाभक्ति गर्नु शुभकर हुनेछ ।

धनु राशिः
धनु राशि हुनेहरुको लागि आजको दिन त्यति अनुकूल मान्न नसकिने दिन देखिएको छ । सोँचेभन्दा बढी संघर्ष गर्नुपर्ने तथा स्वास्थ्यमा पनि समस्या देखिने र कार्यक्षेत्रमा अबरोध सृजना हुनसक्ने सम्भावना छ । आज दीर्घरोगीहरुले आफ्नो स्वास्थ्यको निकै ध्यान पुर्याउनु उपयुक्त हुनेछ भने आहारविहारमा पनि सजगता अप्नाउनु बुद्धिमानी हुनेछ । सकारात्मक समय नरहेकोले हतार नगरी धैर्यधारणा गर्नु नै श्रेष्कर हुनेछ । आज यहाँहरुको लागि आठ अंक, रातो रङ्गको प्रयोग एवम् बाधाबिघ्न निवारको लागि भगावन श्री सूर्यनारायणको भक्तिभाव तथा स्तुति गर्नु शुभकर हुनेछ ।

मकर राशिः
मकर राशिहुने व्यक्तिहरुको लागि आजको दिन यद्यपि विलासी प्रवृति बढ्ने गोचर परेको छ । तरपनि अभिष्ट चाहना पूरा गराउन केही अल्झनको सामना गर्नपर्ने देखिएको छ । तथापि दाम्पत्य सुखमा केही विकास हुनसक्ने छ । उन्मादि ऐयाशी जीवनशैलीको अभ्यास भने नहोला भन्नसकिन्न । व्यवसायबाट केही लाभ हुनेछ भने स्वजनमिलन र यात्राको सम्भावना पनि देखिएको छ । व्यापारकर्म तथा यात्रा आदिबाट सम्पादन हुने कार्यविशेषलाई ग्रहले उत्प्रेरणा दिएको छ । मुख्य कार्यमा आउने अल्झन तथा बाधा अबरोध हटाउन आज यहाँले भैरदेवको स्तुति गर्नु शुभप्रद रहनेछ ।

कुम्भ राशिः
कुम्भ राशिका व्यक्तिहरुको लागि आजको दिन छनलाई पराक्रम बढ्ने खालको गोचर रहेको छ तरपनि अनावश्यक उन्माद तथा घमण्डमा समय व्यतित हुने हो कि भन्ने भय पनि देखिन्छ । सामान्य दैनिकी कामकार्य ठिकै रहने देखिन्छ । मुख्य एवम् महत्त्वपूर्ण काममा अदृष्य रोकावट आउनसक्ने समभावनालाई पनि नकार्न सकिन्न । समयको सदुपयोग गर्नसकेको खण्डमा शारीरिक बल बढ्ने, शत्रु मुकाविलामा केहीहद्सम्म वियजी भइने, आँटेताकेको काम अगाडि बढ्ने देखिन्छ । व्यवसायमा पनि केही सफलता र लाभ मिल्ने छ । आउने उन्माद् एवं कार्यमा आउने रोकावट निवारणको लागि भगवान श्री गणेशलाई खुशि बनाउनु बुद्धिमानी हुनेछ ।

मीन राशि
मीन राशिका व्यक्तिहरुको लागि आजको दिन मध्यम रहेको देखिन्छ । आत्मरतीको चाहनामा बृद्धि हुने र बोलेर बाढो हुनखोज्ने मनोविज्ञान बढ्नाले परमुणबाट हुने मुल्याङ्कनमा तपाईँको कमजोरी फेला पर्नसक्ने छ । अर्काको निदिखोजीमा समय व्यतित हुने र आफ्नो महत्त्वपूर्ण कार्य अधुरो रहनसक्ने कुरालाई पनि ग्रहले देखाइरहेको छ । समयको सदुपयोग गर्न खोजेमा अध्ययन तथा सिक्ने सिकाउने विषयको पक्षमा भने उन्नति हुनेछ । दैनिक व्यवहार सामान्य नै चल्नेछ । पाँच अंक, रातो रङ्गको प्रयोगआज यहाँको लागि शुभ हुनेछ भने भगवान सूर्यनारायणको श्रद्धाभक्ति गर्नु थप हितकर हुनेछ ।

आज जन्म दिन पर्ने सबैलाई न्यूज अभियान डट् कम परिवारको तर्फबाट सुस्वाथ्य एवम् दीर्घायु र उत्तरोत्तर प्रगतिको शुभकामना ....। एप मार्फत एंड्रोईड मोबाइलमा राशिफल हेर्नका लागि : Download Link : https://goo.gl/29PZux


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan