Sunday 19th of November | २०७४ मङ्सिर ३ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

बि.सं.२०७३ साल कार्तिक २७ गते शनिवारको राशिफल

न्यूजअभियान | प्रकाशित मिति : २०७३ कार्तिक २७ शनिबार
newsabhiyan
newsabhiyan

आजको पञ्चाङ्ग –
नेपाली मितिः वि.सं. २०७३ । नेपाल सं. ११३६ । योग सं. ३७ । कार्तिक महिनाको २७ गते शनिवार ।
अँग्रजी मितिः ई.सं. २०१६ नोभेम्बर महिनाको १२ तारिख ।
योगः  बज्र योग, ११:०९ बजेपछि सिद्धि योग ।
तिथीः शरद् ऋतु कार्तिक शुक्लपक्षको त्रयोदशी तिथी ।
नक्षत्रः रेवती, २०:४६ बजेपछि अश्विनी ।
करणः कौलव १३:३७ बजेसम्म उपरान्त तैतिल करण ।
चन्द्रमाः  मीन राशिमा, २०:४६ बजेपछि मेष राशिमा ।
काठमाडौंमा सूर्योदयः ०६:२३ बजे ।
काठमाडौंमा सूर्यास्तः १७:११ बजे ।
राहुकालः  ०९:०५ बजेपछि १०:२७ बजेसम्म ।
यात्राः उत्तर दिशाको लागि उपयुक्त ।

आजको राशिफल

मेष राशिः
मेष राशि हुनेहरुको लागि आजको दिन कार्यक्षेत्रमा अल्लि बढी मेहनत गर्नुपर्ने देखिएको छ । शुरुमा केही अपजश पनि खेप्न नपर्ला भन्न सकिन्न तथापि केही संघर्षको बाबजुत पनि अन्त्यमा परिणाम सुखद आउने छ । खर्चको मात्रा भने बढ्ने नै देखिन्छ । व्यवहारिक औपचारिकता निर्वाह गर्नपर्ने भेट्घाट आदि पक्षमा दानदातव्य, सहयोग गरेर खर्चको सदुपयोग गर्नु उचित हुनेछ । आज यहाँलाई कुनै मातृशक्तिको सहयोग मिल्नसक्ने छ । त्यस्तै ३ अंक र पहेंलो रङ्ग यहाँलाई आज शुभ हुनेछ भने परोपकारले सन्तोष दिनेछ । साथै आज यहाँले अढैया शनिको दुष्प्रभावलाई न्यूनिकरण गर्न शनिमहामृत्युञ्जय पाठ वा शनिमहाँकाल दर्शन गर्न सक्नुहुनेछ ।

वृष राशिः
वृष राशिका व्यक्तिहरुको लागि आज प्रतिस्पर्धामा विजय र प्रख्याति मिल्ने दिन छ । पेशा तथा व्यवसायिक कार्यबाट आर्थिक लाभ गर्न सकिने छ । अध्यनअध्यापन एवं सन्तानको पक्षबाट पनि सन्तोष लिनसकिने छ । दिनको सदुपयोग गर्ने र अधुरा रहेका कामहरुलाई पूर्णता दिने गरी स्वकार्यलाई समय दिनु बुद्धिमानी हुनेछ । विवाह योग्य युवायुवतीको विवाह प्रसङ्ग चल्नसक्ने सम्भावना पनि छ भने प्रेमाभिलाषिहरुको लागि प्रेमसम्बन्ध जोडिनसक्ने पनि सम्भावना छ । आज यहाँलाई दुई अङ्क, सेतो रङ्गको उपयोग फापकर हुनेछ भने भगवान हनुमानदेवको भक्ति विशेष फापसिद्ध हुनेछ ।

मिथुन राशिः
मिथुन राशिका व्यक्तिहरुको लागि आजको दिन अपेक्षित उपलब्धि हुननसके पनि जनसंपर्क बढ्ने र तुलनात्मक रुपमा केही सहजवातावरण सृजना हुनेछ । कामकार्य तथा पेशा वा व्यवसायको क्षेत्रबाट आंशिकलाभ पनि हुनेछ । जसले गर्दा केहीहद्सम्म मानसिक सन्तुष्टि मिल्ने र साहस बढेर आउनेछ । तुरुन्तै फल प्राप्त गर्न नसकिएपनि केही महत्त्वाकांक्षी योजनाको बारेमा मानसिक चिन्तन तथा सरसल्लाह एवम् विचारविमर्श हुनसक्नेछ । मानसम्मान पाइने र भविष्यको लागि आश्वासन पनि मिल्नसक्ने छ । आशा गरेकै जति नभएपनि औकात अनुसारको पदप्रतिष्ठा र जिम्मेवारी मिल्नसक्ने छ । आज यहाँलाई गुरुजनको आर्शिवाद लिएर अघिबढ्नु शुभकर हुनेछ ।

कर्कट राशिः
कर्कट राशिका व्यक्तिहरुको लागि आजको दिन अपेक्षा गरिएकै कार्यमा सफलता पाउन अल्लि गार्हो पर्ने देखिएको छ । तथापि धार्मिक–आध्यात्मिक एवं सत्चिन्तन हुनगइ मानसिक शान्ति मिल्नसक्ने छ । सामान्यतया दैनिक एवं व्यवहारिक कामकार्यमा केही लाभ हातपार्न सकिने छ । उच्चवर्गसँग संपर्क जोडिने र भावनात्मक महत्त्वाकांक्षा बढ्नसक्ने छ । जिम्मेवारी एवं मनोबल उच्च हुनेछ । प्रेमसम्बन्धले उचाइ लिनेछ भने विवाह प्रस्तावले प्रसय पाउने छ । आज यहाँको लागि नौ अङ्क, पहेंलो रङ्गको प्रयोग र बढी चाहना गरिएको कार्यमा सफलताको लागि भगवान भैरवदेवको श्रद्धाभक्ति एवं दर्शन फलप्रद हुनेछ ।

सिंह राशिः
सिंह राशि हुनेहरुको लागि आजको दिन विपरित महसूस हुनसक्ने छ । बोलिचाली एवं जनव्यवहारमा  सोँचविचार र सावधानी अप्नाउनु उचित हुनेछ । व्यवसाय तथा कर्मक्षेत्रमा बाधा अड्चन परिशानीजन्य स्थिति सृजना हुनसक्ने गोचरको प्रभाव छ भने अपेक्षित एवं प्राप्त आश्वासन पूरा हुन कठिन पर्नेछ । स्वास्थ्यमा पनि समस्या रहनसक्ने छ, हृदयका दीर्घरोगीहरुले विशोष ध्यान दिन जरुरी देखिएको छ । उपर्युक्त संघर्ष एवं प्रतिकूलताको बाबजुत खासै सोँचविचार नभएको काम बनेर केही राहत भने मिल्नेछ । आज यहाँले गुरुजन तथा इष्टदेवको श्रद्धाभक्ति बढाउनु शभदायक हुनेछ ।  अढैया शनिले आक्रान्त तपाईले आज शनिदेवलाई खुशी बनाउने कुनै उपाय अवलम्बन गर्नु शुभदायक हुनेछ । 


कन्या राशिः
कन्या राशि हुनेहरुको लागि आजको दिन सांसारिक एवम् भौतिक सुखपूर्ण रहनेछ । व्यापार व्यवसाय आदिबाट राम्रो आर्थिक लाभ गर्न सकिनेछ । भने विभिन्न खालका उपलब्धि हातपर्ने छ । आफन्तजनको सहयोग मिल्ने हुनाले भावि कार्यको लागि हिम्मत तथा साहस बृद्धि हुनेछ । दाम्पत्य तथा पारिवारिक दिनचर्यामा सुधार आउनाले मानसिक शान्ति महसूस हुनेछ । यात्रा, मनोरञ्जन एवम् सांस्कृतिक परिवेशको वातावरणसँग पनि नजिक हुन पाइएला । आज यहाँलाई सात अंक, सेतो रङ्ग अनुकूल रहने छ भने नवदम्पतिलाई उपहार दिनुले प्रतिष्ठा बढाउनेछ ।

तुला राशिः
तुला राशिहुनेहरुको लागि आज केही पराक्रम बढ्ने दिन रहेको छ । तथापि मुख्य एवम् महत्त्वपूर्ण काममा संघर्ष देखिएको छ, जस निवारणको लागि गुरुजनको आर्शिवाद लिनु वा विद्वानजनलाई खुशि बनाउनु बुद्धिमानी हुनेछ । बाँकी गोचर स्थिति अनुकूल नै छ । शारीरिक बल बढ्ने, शत्रु मुकाविलामा वियजी भइने, आँटेताकेको काम अगाडि बढ्ने देखिन्छ । व्यापार व्यवसाय तथा पेशाकर्ममा सफलता र लाभ मिल्ने छ । समर्थक बढ्नेछन् । यात्रा योजनाको पनि सम्भावना देखिएको छ । घमण्ड नगर्ने र समयको सदुपयोगमा ध्यान दिने गर्नु आज यहाँको लागि बुद्धिमानी हुनेछ । 

वृश्चिक राशिः
वृश्चिक राशिहुने व्यक्तिहरुको लागि आजको दिनलाई सुधारोन्मुख त मान्न सकिन्छ । तरपनि कुनै कुनै क्षेत्रमा आक्रोश एवं रणनीतिक भूमिकाको चेष्टा हुनसक्ने छ । अध्ययन आदि प्राज्ञिककर्ममा सफलता एवं नीतिगत कार्यमा सम्मान पनि नमिल्ला भन्न सकिन्न । कुट्नैतिक कार्य तथा प्रस्तुतिमा सफलता र प्रशंसा पाइने छ । अदृष्य समस्या आइपर्ने र समयको दुरुपयोग हुने हो कि भन्ने डर पनि देखिएको छ । सैद्धान्तिक छलफल र अर्तिउपदेश जन्य वातावरणको संयोग जुट्न सक्नेछ । कसैकसैलाई सन्तानको बाटोबाट चिन्तित हुनपर्ने कुरालाई पनि नकार्न सकिन्न । आज यो राशि हुनेहरुले साढेसाती शनिको दुष्प्रभाव न्यूनिकरणको लागि शनिदेवलाई खुशी बनाउने उपाय अवलम्बन गर्नुको साथमा भैरवदेवको स्तुति गर्नु विशेष हितकर हुनेछ ।

धनु राशिः
धनु राशि हुनेहरुको लागि आजको दिन बोली व्यवहारमा सावधानी अप्नाउनु पर्ने देखिएको छ । वादविवाद तथा मनमुटाव जन्य अवस्थाको सामना गर्न पर्ने सम्भावना देखिएकोले होसियारी रहनुजरुरी हुनेछ । मानसिक संकिर्णता बढ्नसक्ने र स्वास्थ्यमा पनि केही ह्रास आउनसक्ने छ । थप पारिवारिक समस्यासँग मुकाविला गर्नपर्ने र आँटेताकेको काममा विलम्ब हुने तथा अल्लि बढी प्रयन्त गर्नपर्ने ग्रहगोचरले संकेत गरेको छ । आज यहाँको लागि चार अंक, सेतो रङ्गको उपयोग शुभ हुनेछ भने साढेसाती शनि शान्तिको लागि उपयुक्त उपायको अवलम्बन गर्नु बुद्धिमानी हुनेछ ।

मकर राशिः
मकर राशिहुने व्यक्तिहरुको लागि आजको दिन सकारात्मक मान्न सकिन्छ तथापि मुख्य एवम् महत्त्वपूर्ण कामकार्यमा केही समस्या भने झेल्न पर्नसक्ने छ । केही बाधाब्यावधानको बाबजुत पनि काम गर्ने शारीरिक जोशजाँगर एवम् आँटसाहस बढ्ने नै देखिन्छ । केही नयाँ उद्यमहरु सम्पादन गर्ने जमर्को हुनेछ भने दैनिक रुपमा चलिरहेको कामकार्य स्वभाविक रुपमा अघि बढ्ने छन् । पेशा तथा व्यवसायबाट ठिकै आर्थिक लाभ पनि गर्नसकिने छ । शुभचिन्तक बढ्ने देखिन्छ । दाजुभाईबीचको सम्बन्धमा पनि सुधार आउनसक्ने छ । विशेष काममा आउने अबरोध तथा बाधाब्याबधानलाई हटाउन गुरु बृहस्पतिका प्रतिक गुरुजन वा विद्वान मान्यजनको सेवाश्रद्धा गर्नु र आर्शिवाद लिनु फापकर हुनेछ ।

कुम्भ राशिः
कुम्भ राशिका व्यक्तिहरुको लागि आजको दिन धनवृद्धियोग परेको हुनाले व्यवसायिक धन्दा बढ्ने र धनसम्पत्ति सञ्चय गर्न सकिने छ । मनोनुकूल भोज्यवस्तु प्राप्ति हुनेछ । कुटुम्बको सेवा गर्ने मौका मिल्नसक्नेछ । शिक्षण, संभाषण, प्रवचन आदि वाकवृति हुनेहरुको लागि दिन विशेष अनुकूल रहनसक्ने छ । बोलीवचनबाट मान्छेहरुलाई प्रभाव पार्न सकिने तथा समर्थन मिल्ने हुनाले मन खुशी एवम् आनन्दित रहनेछ । समाज सेवाजन्य कार्य तथा संघसंस्था आदिको कार्यक्रम आदिमा सहभागी हुन पाइनसक्ने छ । परोपकार एवम् दानदातव्यजन्य आदिकार्यमा पनि आज यहाँको मन जानसक्ने छ ।

मीन राशि
मीन राशिका व्यक्तिहरुको लागि आजको दिन यश–कृति र सन्तोष एवम् शान्ति मिल्ने छ । मानसम्मान, पदप्रतिष्ठामा बढोत्तरी हुनेछ । स्वादिष्ट परिकारको भोजन मिल्नाले सौहार्दता र प्रसन्नता छाउनेछ । स्वकर्म एवम् व्यवसायिक क्षेत्रबाट लाभ तथा सफलता मिल्ने देखिएको छ । मनोकूल वातावरण बन्नाले आत्मिक सुख एवम् सन्तोष बढ्नेछ । नयाँ कार्य वा लगानीको लागि प्रस्ताव पनि आउनसक्ने छ भने सामाजिक कार्यमा सरिक हुनपाइने सम्भावना पनि देखिएको छ । आज यहाँको लागि एक अङ्क, रातो तथा हरियो रङ्गको प्रयोग र भगवान माँ जगदम्बाको स्तुति शुभकर हुनेछ । 

आज जन्म दिन पर्ने सबैलाई न्यूज अभियान डट् कम परिवारको तर्फबाट सुस्वाथ्य एवम् दीर्घायु र उत्तरोत्तर प्रगतिको शुभकामना ....। एप मार्फत एंड्रोईड मोबाइलमा राशिफल हेर्नका लागि : Download Link : https://goo.gl/29PZux


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan