Sunday 19th of November | २०७४ मङ्सिर ३ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

बि.सं.२०७३ साल कार्तिक २५ गते बिहीवारको राशिफल

न्यूजअभियान | प्रकाशित मिति : २०७३ कार्तिक २५ बिहिबार
newsabhiyan
newsabhiyan

आजको पञ्चाङ्ग –
नेपाली मितिः वि.सं. २०७३ । नेपाल सं. ११३६ । योग सं. ३७ । कार्तिक महिनाको २५ गते बिहीवार ।
अँग्रजी मितिः ई.सं. २०१६ नोभेम्बर महिनाको १० तारिख ।
योगः  व्याघात योग, १६:३० बजेपछि हर्षण योग ।
तिथीः शरद् ऋतु कार्तिक शुक्लपक्षको एकादशी तिथी ।
नक्षत्रः पूर्वभाद्रपदा, २३:१३ बजेपछि उत्तरभाद्रपदा ।
करणः वणिज १७:१८ बजेसम्म उपरान्त भद्रा करण ।
चन्द्रमाः  कुम्भ राशिमा, १७:२७ बजेपछि मीन राशिमा ।
काठमाडौंमा सूर्योदयः ०६:२२ बजे ।
काठमाडौंमा सूर्यास्तः १७:१२ बजे ।
राहुकालः १३:०८ बजेपछि १४:३० बजेसम्म ।
भद्राः १७:१८ बजपछि ।
यात्राः  १७:१८ बजेसम्म पश्चिम दिशाको लागि उपयुक्त ।

आजको राशिफल
मेष राशिः
मेष राशि हुनेहरुको लागि आज छन्लाई आम्दनानी हुनखोज्ने दिन परेको छ तर अपेक्षा गरेजति लाभ हुनलाई अल्लि गार्हो पर्ने देखिएको छ । तथापि केही मात्रामा आर्थिक  कोषमा धनद्रव्य सङ्कलन हुनेछ । व्यवसायिक व्यस्ततामा रहनुपर्ने छ । क्षणिक रुपमा भएपनि कमजोरी लुकाउन सकिनेछ । हर्ष एवम् सुखकर समाचार पनि मिल्नेछ । प्रयत्नले सहयोग जुटाउन पनि सकिनेछ । बढी इच्छाएको काम गराउन भने केही ग्रह उपचारको उपाय अवलम्बन गर्नु बुद्धिमानी हुनेछ । सामान्यतया दैनिकी कार्यमा पुरुषार्थ बृद्धि हुने र प्रसंशा पनि मिल्नेछ । आज यहाँले दुई अङ्क, सेतो रङ्गको प्रयोग र हनुमानदेवको साथमा माँ बगलामुखीको स्तुति गर्नु शुभकर हुनेछ ।

वृष राशिः
वृष राशिका व्यक्तिहरुको लागि आजको दिन गोचर केही मिश्रित छ । मुख्यकाम प्रभावित हुनसक्ने देखिन्छ । स्वार्थपरक सम्मान मिल्नसक्ने छ । प्रस्तावमा केही कुटिलपन पनि हुनसक्छ ख्याल गर्नु बुद्धिमानी होला । सामान्य दैनिकी कामकार्य भने ठिकै रुपमा सञ्चालित हुनेछन् । मान्यजनप्रतिको श्रद्धाव्यवहार अल्लि बढाउनु पर्ने देखिन्छ । केही विशेष योजना बन्नसक्ने, औकात अनुसारको सफलता मिल्ने, वरिष्ठताको श्रेणी एवं व्यवसायिक लाभ हुनसक्ने छ । आज तपाईँको लागि एक र दुई अङ्क, रातो र सेतो रङ्गको उपयोग उपयुक्त हुनेछ भने माँ बगलामुखीको साथमा भैरवदेवको श्रद्धाभक्ति एवं दर्शन सत्कार गर्नुले ग्रहको बाधक भूमिकामा न्यूनिकरण गर्न सकिनेछ ।

मिथुन राशिः
मिथुन राशिका व्यक्तिहरुको लागि आजको दिन यद्यपि ग्रहको बाधक भूमिका देखिएको छ  तथापि दिनलाई अनुकूलोन्मुख मान्न सकिन्छ । उच्चवर्गसँग संपर्कले तात्कालिन नभएपनि भविष्यप्रतिको आश्वासनिक उपलब्धि देखिने हुनाले केही महत्त्वाकांक्षा र मनोबल बढ्नसक्ने छ । धार्मिक आस्था एवं विचारमाबढोत्तरी हुनेछ भने सामान्यताय कामकार्यमा उन्नति प्राप्त भई केही अर्थलाभ पनि गर्नसकिने छ । मनोबललाई डग्न नदिइ विशेष गरी आफ्नो पेशा तथा व्यवसायिक क्षेत्रमा लगनशील रहनुले केही सफलता मिल्ने छ । ग्रहको बाधक दोषलाई निवारण गर्न आज यहाँले भगवान गणेशको साथमा माँ बगलामुखी देवीको भक्ति स्तुतिको साथमा नौ अङ्क तथा पहेंलो रङ्गको प्रयोग गर्नु हितप्रद हुनेछ ।

कर्कट राशिः
कर्कट राशिका व्यक्तिहरुको लागि आजको दिन त्यति अनुकूल समय देखिएको छैन । स्वास्थ्यमा समस्या बढ्नसक्ने तथा कामकार्यमा पनि झमेला आइलाग्नसक्ने सम्भावना छ । समयको प्रतिकूलतालाई नबुझि कुनै पनि कार्यमा हतार गर्दा उल्टो परिणाम आउनसक्ने र हानी नोक्सानी व्यहोर्नुपर्ने हुनसक्ने छ, ख्याल पुर्याउनु होला । दैनिक कार्यमा बढी परिश्रमको बाबजुत कम उपलब्धिले चित्तबुझाउनु पर्ला, संयम र धैर्य गरी प्रतिकूल समयलाई टर्न दिनु बुद्धिमानी हुनेछ । मानसिक चञ्चलतालाई संयम गरी स्वकर्ममा लगनशील हुनाले केही लाभ गर्न सकिनेछ । आज आठ अंक र रातो रङ्ग शुभ हुनेछ भने र रोगीको सेवाले पूण्य दिनेछ ।

सिंह राशिः
सिंह राशि हुनेहरुको लागि आजको दिन रमाइलो भएरै बित्नेछ तथापि मुख्य ठानिएको कामकार्यमा केही अबरोध सृजना हुने सम्भावना छ । सामान्यतया दैनिक व्यवसायिक पेशागत कार्य ठिकै रुपमा सुचारु हुनेछन् । व्यवहारिकता तथा औपचारिकता निभाउनु पर्ने वातावरण पनि बन्ने छ । कसैकसैलाई  वैचारिकद्वन्दको बाबजुत पनि दाम्पत्य एवं प्रेम जीवनमा समझदारी कायम गर्न सकिनेछ । प्रेमाभिलाषीहरुको लागि पनि अल्लि बल गरेमा कुरो मिलाउन सकिनेछ । मुख्यकाममा आउने बाधाब्याबधानको निवारणको लागि माँ बगलमुखी को दर्शनभक्ति गर्ने र गुरुजनको आर्शीवाद लिने गर्नु शुभप्रद हुनेछ ।


कन्या राशिः
कन्या राशि हुनेहरुको लागि आजको दिन केही पराक्रम बढ्ने रहेको छ । तथापि मुख्य एवम् महत्त्वपूर्ण काममा संघर्ष देखिएको छ, जस निवारणको लागि भैरवदेवलाई खुशि बनाउनु बुद्धिमानी हुनेछ । बाँकी गोचर स्थिति अनुकूल नै छ । शारीरिक बल बढ्ने, शत्रु मुकाविलामा वियजी भइने, आँटेताकेको काम अगाडि बढ्ने देखिन्छ । व्यापार व्यवसाय तथा पेशाकर्ममा सफलता र लाभ मिल्ने छ । समर्थक बढ्नेछन् । यात्रा योजनाको पनि सम्भावना देखिएको छ । घमण्ड नगर्ने र समयको सदुपयोगमा ध्यान दिने गर्नु आज यहाँको लागि बुद्धिमानी हुनेछ ।

तुला राशिः
तुला राशिहुनेहरुको लागि आजको दिन विद्वदताको फुर्ति अल्लि अस्वभाविक रुपमा हुनसक्ने सम्भावना छ । परमुणबाट हुने मुल्यांकनमा कमजोरी फेला पर्नसक्ने छ । निरर्थक प्रयासमात्र हुनसक्ने सम्भावना देखिएको छ । गम्भीरताको साथमा धैर्यधारणपूर्वक व्यवहार गर्नसके मात्रै केही उपलब्धि लिनसकिएला ।  पारिवारिक सामाञ्जस्यता मिलाउन प्रयत्न गर्नुपर्ने हुनेछ । वस्तुपरिस्थिति बुझेर अघिबढ्नु नै बुद्धिमानी हुनेछ । आज यहाँले पाँच अङ्क, रातो रङ्गको प्रयोग एवं माँ बगलामुखीको साथमा गुरुगणपतिको सेवा आराधना गर्नाले ग्रहको प्रतिकूलतालाई कम गर्न मद्दत हुनेछ ।

वृश्चिक राशिः
वृश्चिक राशिहुने व्यक्तिहरुको लागि आजको दिन अल्लि विपरित गोचर छ जसको कारण काममा अबरोध आउनसक्ने वा आरोप खेप्नुपर्ने हुनसक्नेछ । पारिवार एवं इष्टमित्रसँग विचारान्तर हु“दैमा हिम्मत नहारेर बुद्धिले कामलिनु आज यहाँको लागि बुद्धिमानी हुनेछ । मनमा केही संकोचित विचार बढ्नाले संसर्गीहरुसँग विवाद हुनसक्ने भय देखिएको हुनाले केही सावधानी एवम् संयम गर्नु मनासिव हुनेछ । अड्चनको सामना गर्दै भएपनि सकारात्मक दृढताको विकास गर्दै अघि बढेमा केही सफलता तथा पेशागत क्षेत्रबाट लाभ हातपार्न सकिने छ । आज यहाँको लागि आमाको सेवा सत्कार गरी आर्शिवाद लिनु शुभकर हुनेछ । 

धनु राशिः
धनु राशि हुनेहरुको लागि आजको दिन हुनलाई दिनलाई उपलब्धिमूलक बनाउन सकिने गोचर परेको छ । तथापि उन्मादी हौंस्याहट बढ्नाले कम उपलब्धिले चित्तबुझाउन पर्ने सम्भावना देखिन्छ । सावधानि र लगनशीलतापूर्वक आफ्नो पेशालाई निरन्तरता दिएमा व्यवसायले फट्को मार्ने र आर्थिक एवम् भौतिक कठिनाई कम गर्नसकिने छ । स्वजनको सहयोग र प्रसंशा मिल्नेछ । तीन अङ्क, हरियो रङ्गको प्रयोगको साथमा विशेष काममा आउने कष्ट एवम् कठिनाइको निवृतिको लागि गुरुवत् मान्यजनको मार्गदर्शन ग्रहण गर्नु र भैरवदेवको उपासना गर्नु हितकर हुनेछ । 

मकर राशिः
मकर राशिहुने व्यक्तिहरुको लागि आजको दिन सकारात्मक एवम् उपलब्धिमूलक रहने देखिएको छ । वाणीवृति हुनेहरुको लागि बोलीको प्रभाव राम्रो पर्ने गोचर परेको छ । बोलेर अरुलाई आकर्षण गर्न सकिनेछ । कोषमा धनधातु तथा खजाना भण्डारन गर्न सकिने योग परेको छ । परोपकार एवम् समाजसेवाका कार्यमा पनि ग्रहले साथ दिएको छ । नातागोता तथा कुटुम्ब जनलाई स्वागत सत्कार गर्न पाइनेछ । आज यहाँलाई दुई अंक, सेतो रंग उपयुक्त रहने छ भने माँ बगलामुखी एवं गुरु गणपतिको स्तुति सिद्धिप्रद रहने छ ।

कुम्भ राशिः
कुम्भ राशिका व्यक्तिहरुको लागि आजको दिन गोचरप्रभाव अनुकूल रहेकोले मानप्रतिष्ठामा विकास हुनेछ । स्वादिष्ट परिकारको  मेजमानी तथा मनोरञ्जन र भौतिक सुखसुविधा मिल्नसक्ने छ । उद्यमविषयमा चिन्तन एवम् व्यवसायिक उन्नति हुने र शुभेच्छुकसँग  भेटघाट हुन पाइनेछ । सफलता र लाभले मानसिक शान्ति एवम् सन्तोष प्राप्ति हुनेछ । मनोरम तथा ईच्छित क्षेत्रको भ्रमण गर्ने मौका मिल्नसक्ने छ । किशोर किशोरीहरुको लागि प्रेमसम्बन्ध जोड्न अवसर मिल्नसक्ने छ । विवाहित तथा प्रेमप्रेमिका बीचको सम्बन्ध प्रगाढ बन्ने छ । आज यहाँलाई एक अंक, रातो रङ्गको प्रयोग  र माँ बगलामुखीको सेवा भक्ति उपयुक्त हुनेछ । 

मीन राशि:
मीन राशिका व्यक्तिहरुको लागि आजको दिन केही संघर्षको सामना गर्नपर्ने देखिएको छ । कामकार्यमा बढी नै कोसिसले मात्रै थोरै सफलता मिल्नसक्ने छ । बहकावमा आएर कुनै पनि हल्लामा नलागेको राम्रो हुनेछ भने बुद्धिमततापूर्वक फजुलका विषयबाट तर्किनु आज तपाईँको लागि उपयुक्त हुनेछ, अन्यथा खतिक्षति हुनसक्ने र पश्चाताप पनि पर्नसक्ने सम्भावना रहेको गोचरले देखाएको छ । गोचरले अनावश्यक यात्रा हुनसक्ने कुरालाई पनि लक्षित गरिरहेको छ । यहाँको लागि आज तीन अंक र पहेंलो रंगको प्रयोग एवम् बगलामुखी एवं कूलदेवताको भक्तिभाव शुभप्रद हुनेछ ।  

आज जन्म दिन पर्ने सबैलाई न्यूज अभियान डट् कम परिवारको तर्फबाट सुस्वाथ्य एवम् दीर्घायु र उत्तरोत्तर प्रगतिको शुभकामना ....। एप मार्फत एंड्रोईड मोबाइलमा राशिफल हेर्नका लागि : Download Link : https://goo.gl/29PZux


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan