Wednesday 23rd of January | २०७५ माघ ९ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

पहिलो बेतको गाईभैंसीलाई दुई हजार सुत्केरी भत्ता

न्यूजअभियान | प्रकाशित मिति : २०७५ पौष २८ शनिबार |
newsabhiyan
newsabhiyan

प्रनिश थापा , चितवन , २८ पौष । चितवनको राप्ती नगरपालिका–७, वीरेन्द्रनगरस्थित शहीद बलराम दुग्ध उत्पादक सहकारी संस्थाले पहिलो बेतको गाईभैंसीलाई दुई हजार सुत्केरी भत्ता वितरण गर्ने भएको छ । स्थापनाको २५ बर्ष पुगेको अवसरमा सो संस्थाले पहिलो बेते गाईभैंसीलाई सुत्केरी भत्ता दिने घोषणा गरेको हो ।

दुग्ध उत्पादक किसानलाई पशुपालनमा प्रोत्सहान गर्न र सुत्केरी गाईभैंसीलाई पौष्टिक आहार खुवाउन भत्ता दिन लागेको संस्थाका अध्यक्ष छविलाल भुषालले बताए । सो संस्थाको २५ औं वार्षिक साधारणसभा तथा रजत जयन्तीले सो प्रस्ताव पारित गरेको छ ।

माघ महिनापछि ब्याउने पहिलो बेते गाईभैंसीलाई दुई हजार भत्ता दिने अध्यक्ष भूुाालले बताए । त्यस्तै, ठेलागाडा खरिदमा २० जना लाई २ हजार ५ सय, घाँस काट्ने मेसिन खरिदमा ५ जनालाई ७ हजार, चापकटर मेसिन खरिदमा १० जना लाई १० हजारका दरले अनुदान दिइने संस्थाका व्यवस्थापक खुदयराज पन्तले वताए ।

सहकारीले ८ वटा संकलन केन्द्रबाट दैनिक ६ हजार लिटर दुग्ध संकलन गर्दै आएको छ । सहकारीको ७ सय सदस्य छन् । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan